प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w91 ९/१ pp. २०-२५
  • शुद्ध भाषाले उपासकहरूको ठूलो भीड़ एक गर्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • शुद्ध भाषाले उपासकहरूको ठूलो भीड़ एक गर्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “सबै राष्ट्रहरूका लागि एउटा शुद्ध भाषा”
  • शुद्ध भाषा सिक्न
  • ठोस आध्यात्मिक भोजन
  • शुद्ध भाषा बोल्नुको अर्थ हो भ्रातृ प्रेम दर्शाउनु
  • शुद्ध भाषा बोल्नु भनेको हाम्रो चालचलनमाथि ध्यान दिनु हो
  • परिवारका लागि शुद्ध भाषाको सल्लाह
  • अरूहरूसँग शुद्ध भाषा बोल्नु
  • सम्मेलनमा विमोचन गरिएका पुस्तकहरू
  • जन भाषण र समापन टिप्पणी
  • शुद्ध भाषा बोल्नुहोस्‌ र सदा बाँच्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • के तपाईं “शुद्ध भाषा” धाराप्रवाह बोल्दै हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • शुद्ध भाषाद्वारा एकताबद्ध हुनु होस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • “पृथ्वीका सबै मानिसको भाषा एउटै थियो”
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
w91 ९/१ pp. २०-२५

शुद्ध भाषाले उपासकहरूको ठूलो भीड़ एक गर्छ

परमेश्‍वरले दिनुभएको शुद्ध भाषा मसीहीहरूलाई एक गराउने शक्‍ति हो। यसको प्रमाण जुलाई २४ देखि २७, १९९०, मंगलवारदेखि शुक्रबारसम्म, पश्‍चिम बर्लिनमा भएको यहोवाका साक्षीहरूको जिल्ला सम्मेलनमा उपस्थित सबैले प्रष्टसँग देखे, कारण त्यहाँ ६४ विभिन्‍न देशका साक्षीहरू उपस्थित थिए।

१९८९ सालको ग्रीष्ममा, “ईश्‍वरीय भक्‍ति” जिल्ला सम्मेलन पोलाण्डमा हुँदा, हजारौं प्रतिनिधिहरू रूस र चेकोस्लोवाक्याबाट आए, तर पूर्व जर्मनीबाट चाहिं केही सय मात्र उपस्थित थिए। त्यस उप्रान्त, संसारको राजनैतिक परिस्थिति कति बदलिएको छ! यस पटक पूर्वीय जर्मनीका लगभग ३०,००० प्रतिनिधिहरूले पश्‍चिम जर्मनीका साक्षीहरूसँग ओलम्पीया स्टेडियममा भेट गर्न पाए। यो सम्मेलन, संसारका विभिन्‍न भागहरूमा आयोजित्‌, साधारणतया बिहिबार देखि आइतबारसम्म चल्ने, सयौं सम्मेलनहरू जस्तै थियो।

मंगलबारको दिन, अध्यक्षको स्वागत सम्बोधनमा, तिनले १९१९ देखि यहोवाका साक्षीहरूलाई शुद्ध भाषा बोल्न उन्‍नति गर्न सो सम्मेलनहरूले मद्दत गरेको छ भन्‍ने कुराको पुनः याद दिलाए। त्यस्तैगरी यो सम्मेलनले पनि उपस्थित सबैजनालाई शुद्ध भाषा बोल्न दक्ष बनाउनेछ र यो भाषासँग मिल्दो जीवन-शैली बिताउन मदद दिनेछ। तिनले प्रतिनिधिहरूलाई याद दिलाए कि आफ्नो पहिरन र चालचलन द्वारा नै यहोवाका जनहरूले आफू शुद्ध भाषा बोल्नमा प्रगतिशील भएको कुरा जाहेर गर्दछन्‌।

“सबै राष्ट्रहरूका लागि एउटा शुद्ध भाषा”

माथि उल्लेखित विषयमा नै सम्मेलनको मुख्य भाषण केन्द्रित हुनु अति नै सुहॉउदो थियो। यो विषय सपन्याह ३:९ मा आधारित थियो, जसमा परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको छ: “त्यसबेला त्यस देशका मानिसहरूलाई एउटा शुद्ध भाषा बोल्न लाउनेछु, र तिनीहरू सबैले यहोवाको नाउँको पुकारा गरेर एकै हृदयको भएर उहाँको सेवा गर्नेछन्‌।” परमेश्‍वर र उहाँका उद्देश्‍यहरूबारे साँचो कुरा उचित ढङ्‌गमा बुझ्नु र त्यस्को मूल्याङ्‌कन गर्नु, शुद्ध भाषामा समावेश छ। यस प्रकारको समझ यहोवाले मात्र उहाँका पवित्र आत्माद्वारा प्रदान गर्न सक्नुहुन्छ। सत्य प्रतिको प्रेम नै शुद्ध भाषा सिक्ने उत्प्रेरणा हुनुपर्छ, किनभने यो भाषामा कुनै प्रकारको नैतिक अशुद्धता छैन।

शुद्ध भाषा बोल्नु भनेको, कुनै विशेष शब्दावलीको प्रयोग गर्नु होइन। बरू, हाम्रा ओंठबाट निस्केका बोली-वचन अनुसारको हाम्रो जीवन-पद्धति पनि हुनु पर्दछ। भनौं भने, हाम्रो स्वरको ताल, अनुहारको अभिव्यक्‍ति र इशाराहरू पनि महत्त्वपूर्ण कुरा हुन्‌ किनभने तिनीहरू द्वारा हाम्रा भित्री व्यक्‍तित्व प्रकट हुन्छ। शुद्ध भाषाको बढ़ोत्तरी सँगसँगै अघि बढ्‌नका लागि, हामीले अध्ययनमा लागिरहने कार्यक्रम बनाउनु पर्छ र मण्डलीका सबै सभाहरूमा उपस्थित हुनुपर्छ।

शुद्ध भाषा सिक्न

मंगलबार अपरान्हको एउटा भाषण द्वारा शुद्ध भाषा सिक्नु भनेको “प्राथमिक कुराहरूबाट परिपक्वतातर्फ बढ्‌नु” हो भन्‍ने विषयमा जोड दिइयो। हामी निरन्तर आध्यात्मिक उन्‍नति गर्न चाहन्छौं भने, हामीले प्रगति गर्नु पर्दछ। यसको अर्थ, आत्मिक प्रगतिका लागि गरिएका सबै प्रबन्धहरूबाट लाभ उठाउनु र बाइबलका सिद्धान्तहरू दिनहुँ प्रयोगमा ल्याउनु।

शुद्ध भाषामा पोख्त हुन, हामीहरू “परमेश्‍वरबाट सिकाइएका” हुनुपर्छ, र बिहिबार बिहानको गोष्ठीको विषय यही नै थियो। यस कुरालाई “येशूले दर्शाउनुभएको” कुराको विवरण प्रथम वक्‍ताले दिए। येशूले यहोवाबाट नै शिक्षा पाउनु भएको थियो भन्‍ने कुरा उहाँका वचन र कार्यबाट प्रमाणित थियो। यसैकारण, हामी उहाँको शिक्षा दिने ढङ्‌गको अनुकरण गर्न चाहन्छौं। अनि, जसरी येशू सँधै आफ्ना पिताका इच्छा अगाड़ि झुक्नु हुन्‌थ्यो त्यसरी नै हामी पनि झुक्नु पर्छ।

यस पछिका अरू तीनजना वक्‍ताहरूले चाहिं सभाहरू र सम्मेलहरू द्वारा यहोवाले कसरी सिकाउनु हुन्छ भन्‍ने कुरा प्रस्तुत गरे। पाँचैवटा सभाहरू हाम्रालागि लाभदायक छन्‌ र यसकारण हामीले कुनै एउटाको पनि अवहेलना गर्नुहुँदैन। प्रत्येक सभा हाम्रो आत्मिक उन्‍नतिका लागि अत्यावश्‍यक छ। सर्किट सम्मेलन, जिल्ला सम्मेलन, र विशेष सम्मेलनहरूद्वारा पनि यहोवाले सिकाउनुहुन्छ। यी सबैबाट लाभ उठाउन हामीले ध्यानपूर्वक सुन्‍नुपर्छ र सिकेका कुराहरु प्रयोगमा ल्याउनु पर्छ।

यो गोष्ठी पछि अर्को भाषण थियो, “व्यक्‍तिगत अध्ययन गर्नका लागि अरू कुराहरूको त्याग गर्नु।” अध्ययनका निम्ति समय बनाउने हो भने, कम महत्त्वका कुराहरूबाट समय किनेर निकाल्नु पर्दछ भनेर एफिसी ५:१५, १६ मा उल्लेखित सल्लाह हामीले मान्‍नुपर्छ।

शुद्ध भाषा सिक्ने हाम्रो एउटा उद्देश्‍य स्वभाविकतः समर्पण र बप्तिस्मा हो। यस कुराको तथ्यलाई “शुद्ध भाषा सिक्नेहरूका लागि बप्तिस्मा” भन्‍ने भाषणमा जोड़ दिइएको थियो। यो भाषाले धेरैजनलाई समर्पण र बप्तिस्मा तिर डोऱ्‍याइरहेको छ। तथापि, त्यस उपरान्त पनि तिनीहरूले निरन्तर येशूको उदाहरण अनुसरण गर्दै जोसिला भएर राज्यको सुसमाचार प्रचार गरिरहनु पर्दछ, नयाँ व्यक्‍तित्व धारण गर्नु पर्दछ र संसारबाट अलग बस्नु पर्छ।

ठोस आध्यात्मिक भोजन

सम्मेलनमा उपस्थित हुनेहरूले नाटकीय भविष्यवाणीहरूको पूर्तिमा आधारित ठोस आत्मिक आहार प्राप्त गर्न पाउँदा, तिनीहरू हर्षित भए। बिहिबार अपरान्हका दुईवटा भाषणहरू इजकिएलको दर्शनमाथि आधारित थियो। “यहोवाको स्वर्गीय रथ अगाड़ि बढ़ी रहेछ,” भन्‍ने प्रथम भाषणमा एउटा विशाल, महिमापूर्ण र डरलाग्दा, चट्याँङ्‌गको गतिमा अगाड़ि बढिरहेको दिव्य सवारीको विवरण दिएको थियो। यो सवारी यहोवाको स्वर्गीय संगठनको एउटा प्रतीक हो। यसमाथि यहोवा सवार हुनु भएको छ भन्‍नुको अर्थ, यसको हर चाललाई प्रेमपूर्ण निर्देशन दिनुहुँदै त्यसबाट आफ्नो उद्देश्‍य पूरा गर्नु हुन्छ। १९१९ देखिन्‌ आत्माबाट अभिषिक्‍त शेष जनलाई इजकिएलले चित्रित गर्दछ। यी अभिषिक्‍त जनहरूलाई विशेषगरि १९३५ देखिन्‌ “ठूलो भीडले” पनि साथ दिएको छ।—प्रकाश ७:९.

त्यस पछिको भाषणको विषय थियो “यहोवाको दृश्‍य सङ्‌गठन्‌ सँग-सँगै अगाड़ि बढ्‌।” यहोवाको दृश्‍य सङ्‌गठन्‌ उहाँको दिव्य रथरूपी सङ्‌गठन्‌ सँग-सँगै अगाड़ि बढिरहेको छ भन्‍ने कुरामा केही शङ्‌कै छैन। इजकिएलले झैं, यहोवाका साक्षीहरूले आज पनि आज्ञाकारी भएर, अपेक्षा, ठट्टा र विरोधको सामना गर्दै, भविष्यवक्‍ताको भूमिका निभाउने आफ्नो जिम्मेवारी पूरा गर्नु परेको छ। सँगसँगै अघि बढ्‌नाले, वर्तमानमा पनि धेरै आशिषहरू पाउन सकिन्छ र चाँडै आउने नया संसारमा अनन्त जीवन प्राप्त हुनेछ।

शुक्रबार बिहान, यशैया २८ मा आधारित, तीनवटा भाषणद्वारा ठोस आत्मिक आहार उपलब्ध गराइयो। प्राचीन इस्राएल र यहूदाका मतवालाहरू आज मसीही जगतका आत्मिक मतवालाहरूको प्रतीक हुन्‌ भनेर प्रथम भाषणले जोरदार ढङ्‌गमा प्रष्ट पारि दियो। र जसरी उहिलेकाहरूले यहोवाबाट विनाशको फैसला पाए, त्यसरी नै मसीही जगतकाहरूले पनि पाउने छन्‌।

त्यसपछिको भाषणको विषय थियो, “तिनीहरूको शरण—एउटा झूट!” यो भाषणमा एउटा कड़ा चेतावनी समावेश थियो: जसरी प्राचीन यहूदाको मिश्रसँगको मित्रता एउटा व्यर्थको आश्रय साबित भयो, त्यसरी नै मसीही जगतले हाम्रा दिनमा राजनैतिक शक्‍तिहरूसँग गरेको मित्रता व्यर्थ जानेछ। यशैया २८ मै आधारित “यहोवाका असामान्य कामको जनाउ दिन न छाड़” भन्‍ने तेस्रो भाषणमा यहोवाका जनहरूलाई सम्बोधन गरिएको थियो। यहोवाले मसीही जगतमाथि गर्नु हुने कुरालाई असामान्य भन्‍नु सुहाउँदछ, कारण त्यो मसीही जगतले कहिले न सोंचेको कुरा हुनेछ। आज, अभिषिक्‍त मसीहीहरूको सानो झुण्ड र ४० लाख भन्दा बढ़ी “अरू भेंडाहरू” को महिमाको श्रीपेच यहोवा हुनुहुन्छ। (यूहन्‍ना १०:१६) भाषणका वक्‍ताले यी उत्तेजक शब्दहरूसाथ भाषण टुङ्‌ग्‌याए: “हाम्रो जोश, दृढता, अनि भक्‍तिले सदा हाम्रा परमेश्‍वर यहोवाको अनन्त प्रशंसा पुऱ्‍याओस्‌!”

शुद्ध भाषा बोल्नुको अर्थ हो भ्रातृ प्रेम दर्शाउनु

शुद्ध भाषा बोल्नु भनेको “विधवा र टुहुराहरूलाई हेर्नु” हो भनेर, बुधबार अपरान्ह सम्मेलनमा उपस्थित सबैजनाको मनमा हाल्ने कोशिश गरियो। टुहुरा केटाहरूले व्यक्‍तिगत प्रशिक्षण द्वारा मद्दत पाउन सक्छन्‌। विधवाहरूसँग हामीले मायालु प्रोत्साहनको बोली बोलेर, तिनीहरूलाई मसीही र सामाजिक क्रियाकलापमा समावेश गरेर, र भौतिक कुराहरूको खाँचोमा परेकाहरूलाई तिनीहरू वास्तवमा यस प्रकारको मददको योग्य छन्‌ भने मदद दिएर, तिनीहरूको हेर विचार गर्न सक्छौं। यी कुराहरू कसरी गरिन्दैछ भनी विभिन्‍न अन्तर्वार्ता द्वारा प्रदर्शित गरियो।

बिहिबार अपरान्ह अर्को हृदयस्पर्शी भाषण द्वारा, “मसीहीहरूले एक अर्काको हेरविचार कसरी गर्छन्‌” भन्‍ने कुरा प्रदर्शित गरियो। आँधी बेहरी र भुइँचालो जस्ता विपत्तिहरू आइपर्दा, अधिकृतहरूलाई निवेदन लेख्ने अथवा स्थानीय आवश्‍यकताहरू आइपर्दा, एक अर्काको हेर विचार गर्नमा, यहोवाका साक्षीहरूले असल नाम कमाएका छन्‌। तर मानव असिद्धताले गर्दा समस्याहरू उठ्‌दा, हामीले मत्ती ५:२३, २४ र १८:१५-१७ मा येशूले दिनु भएको सल्लाहमा आधारित सिद्धान्तहरू प्रयोगमा ल्याउनु पर्छ। खासगरि जब भाइहरू बीच व्यापारिक प्रबन्धको कुरा आउँछ, तब पारस्परिक आदर र एक अर्का प्रतिको चासो आवश्‍यक पर्छ ताकि प्रर्वतक र कर्मचारी दुवैले आध्यात्मिक सम्बन्धको स्वार्थपूर्ण फाइदा नउठाउन्‌।

शुद्ध भाषा बोल्नु भनेको हाम्रो चालचलनमाथि ध्यान दिनु हो

आफ्नो चालचलनमाथि ध्यान दिनु भन्‍ने कुरामा लगातार जोड़ दिइयो। तदनुसार, मंगलबार दिउँसोका वक्‍ताले “सुन्‍ने र परमेश्‍वरको वचन पालन गर्ने” विषयमा बोले। तिनले हामी सम्मेलनमा आएको दुई मुख्य कारण छ भने: सही ज्ञान लिनु र सो ज्ञान अनुसार हिंड्‌न प्रेरित हुनु।

बुधबार बिहानको भाषण द्वारा यो एउटा सोधक प्रश्‍न खडा गरियो: “ख्रीष्टले ‘अर्धमलाई घृणा गर्नुभयो’—के तपाईं गर्नु हुन्छ?” धार्मिकतालाई मात्र प्रेम गर्नु पर्याप्त हुँदैन। यहोवाको नाउँमा कलङ्‌क नल्याउन र अधर्मको फल—भ्रष्टता र मृत्यु न भोग्नका लागि, एउटा स्वच्छ अन्तस्करण र यहोवासँग राम्रो सम्बन्ध कायम राख्न, हामीले अधर्मलाई घृणा गर्नु पर्दछ।

त्यसै भाषणसँग सम्बन्धित अर्को भाषणको विषय थियो “सांसारिक स्वप्नहरूलाई तिरस्कार गर्नुहोस्‌, राज्यको वास्तविकता पछ्याउनुहोस्‌।” शैतान, हब्बा र पथभ्रष्ट भएका स्वर्गदूतहरू सबैले आफ्नो अवनति ल्याउने स्वप्नहरूको पिछा गरे। भौतिकवाद अथवा अनैतिकतापूर्ण सांसारिक स्वप्नहरूले मानिसलाई नैराश्‍य अथवा घोर गलत काम तिर लैजान्छ। यी स्वप्नहरूको प्रतिकार गर्न, हामीले अध्ययन, प्रार्थना, सभाहरूमा उपस्थिति, र सार्वजनिक सेवकाई द्वारा राज्यका वास्तविकताहरूको पिछा गर्नु पर्दछ।

इमानदार मसीही जीवन यापन गर्न, बुधबार अपरान्ह दिइएको भाषणको हामीले सल्लाह मान्‍नुपर्छ। यो भाषणको शीर्षक थियो “मसीहीहरू हो—आफ्नो आर्थिक सीमा भित्र बाँच्नु होस्‌।” यो न गर्दा, निःसन्देह शारीरिक र आध्यात्मिक हानि हुन सक्दछ। बुद्धिमान मार्ग यही हो कि आफ्नो स्वार्थपूर्ण आकांक्षाहरूलाई नियंत्रणमा राख्दै, अनावश्‍यक ऋणमा नडुब्नु र एउटा सुहाउँदो बजेट बनाएर सो अनुसार चल्नु। हर समय हामीले ईश्‍वरीय भक्‍तिको खेती गर्नुपर्छ। किनकि आत्म-निर्भरताका साथ ईश्‍वरीय-भक्‍ति धेरै नै लाभदायक हुनेछ।—१ तिमोथी ६:६-८.

आफ्नो संगतिबारे ध्यान दिनु कति आवश्‍यक छ भन्‍ने कुरामा मंगलबारको भाषण जोड़ दियो। त्यो भाषणको विषय थियो: “के तपाईंका मित्रहरू, यहोवाका मित्रहरू हुन्‌?” हाम्रा साथीहरू ती मसीहीहरू हुनुपर्छ जसले ख्रीष्टका जस्तै व्यक्‍तित्व धारण गरेका छन्‌ र क्षेत्र सेवकाईमा जोशिला छन्‌। सांसारिक चिनजानहरू परमेश्‍वरका मित्रहरू होइनन्‌। तिनीहरूसंग सङ्‌गत गर्नु हाम्रा लागि निश्‍चय नै हानिकारक हुन्छ। हामी वास्तवमा सबैको हितहुने प्रकारका मित्रताहरू बढ़ाउन चाहन्छौं भने, मण्डली भित्रै पनि हामी साथी सङ्‌गति रोज्दा होशियार हुनु पर्दछ।

आचरण सम्बन्धी माथि उल्लेखित सल्लाहलाई आधुनिक नाटक द्वारा विशेष जोड़ दिएको थियो। यसको शीर्षक थियो “शैतानको धूर्त चालहरूसँग बराबर लड्‌न सक्नु।”

परिवारका लागि शुद्ध भाषाको सल्लाह

बुधबारको भाषण अति आवश्‍यक थियो। भाषणको विषय थियो: “आमाबाबु हो—तपाईंको दायित्व पूरा गर्नुहो!” आमाबाबु आफैलाई पनि परमेश्‍वरको इच्छा थाहा हुनु पर्छ र त्यसलाई पूरा गर्न आफूले हर कोशिश गर्नु पर्दछ। तिनीहरूले आफ्ना छोराछोरीहरूको हृदयमा पनि परमेश्‍वरको वचनका कुराहरू हालिदिनु पर्छ। तिनीहरूले बच्चाहरूलाई मसीही सभाहरूमा र क्षेत्र सेवकाईमा लगेर मात्र पुग्दैन। तिनीहरूले यहोवालाई प्रेम गर्नु र ईश्‍वरीय कामहरूगर्ने व्यावहारिक बुद्धिमता हो भनी बुझ्नु पर्दछ।

त्यसपछि गोष्ठीको विषय थियो: “हाम्रो समयमा परिवार।” प्रथम वक्‍ताले देखाए कि परिवारको शुरूवात परमेश्‍वरबाट नै भएको थियो। आध्यात्मिक विषयहरूमा बाबुहरूले राम्रोसँग कुराकानी गर्नु सक्नु पर्दछ। आमाहरू असल गृहिणी हुनुपर्छन्‌ र बच्चाहरूले आमाबाबुसँग सहयोग गर्दै, यहोवाप्रति आदर देखाउनु पर्छ।

त्यसपछि वक्‍ताले परिवार “शत्रुहरूको आक्रमणमा परेको” कुरा व्यक्‍त गरे। आर्थिक दबावले मानिसलाई चारैतिरबाट घेरिरहेको छ। काम गर्ने ठाउँहरूमा नराम्रो काम गराउने प्रलोभन प्रशस्तै छ। संचार माध्यमहरू हिंसा, गैर कानूनी योन सम्बन्ध र भौतिकवादले पूर्ण छ। सानै उमेर देखिन्‌ सहि निर्देशन दिन खाँचो छ र सांसारिक प्रभावहरूमाथि विजयी हुने हो भने, धेरै परिश्रमको आवश्‍यकता पर्छ। वाचटावर सोसाइटीले प्रबन्ध गरेका सबै ईश्‍वरतन्त्रीय हतियारहरूको राम्रो प्रयोग गर्नुपर्छ।

अर्को भाषण “नयाँ दुनियाँमा परिवारको रक्षा,” भन्‍ने विषयमा थियो। भाषणमा आमाबाबुको अझ गहन जिम्मावारीलाई रेखाङ्‌कन गरियो। बच्चाहरूको तालिम एकाग्रचित्तसाथ गरिनु पर्छ। बच्चाहरूको हृदयमाथि प्रभाव पार्ने उद्देश्‍य राखेर, पारिवारिक बाइबल अध्ययनहरू गर्ने र त्यसमा छलफल गर्ने विषय वस्तु रोज्ने सम्बन्धमा राम्रो सल्लाह प्रस्तुत गरिएको थियो। यी सबै गरेको खण्डमा मात्र आमाबाबु र बच्चाहरू, एउटा परिवारको रूपमा, नयाँ संसारमा प्रवेश गर्ने आशा राख्न सक्नेछन्‌।

“विभाजित घर भित्र बसेर चुनौतिको साम्ना गर्न” भन्‍ने भाषण द्वारा, धेरै साक्षीहरूले आ-आफ्ना परिवारमा साम्ना गर्नु परेको परिस्थितिहरूका निम्ति सल्लाह प्रस्तुत गरियो। यस प्रकारको परिस्थितिमा भएका सबैले, अविश्‍वासी एक दिन विश्‍वासी हुन सक्छ भन्‍ने आशा कहिले नमार्नु भनेर सल्लाह दिइयो। अविश्‍वासी पति वा पत्नीसँग समय बिताउने गर्नु होस्‌ र मसीही पति वा पत्नीले गर्नुपर्ने सबै कुराहरू जसरी भएपनि गर्नु होस्‌। तपाईंले शायद प्राचीनहरू र यस्ता अरू विभाजित परिवारका सदस्यहरूबाट मद्दत पाउन सक्नु हुन्छ।

अरूहरूसँग शुद्ध भाषा बोल्नु

हामीहरूले अरूहरूलाई शुद्ध भाषा सिकाउने मौका छोप्ने विषयमाथि अति नै सुहाउँदो ढङ्‌गमा विशेष ध्यान दिइयो। यसैले, बुधबार बिहान सम्मेलनमा उपस्थित सबैले, “बुद्धिमानीसित तपाईंको समयको उपयोग गर्नु” भन्‍ने भाषण सुने। सो गर्न हामीले आफ्ना प्राथमिकताहरूलाई क्रम अनुसार स्थान दिंदै, मत्ती ६:३३ मा उल्लेखित्‌ यो सल्लाह याद राख्नु पर्छ: “पहिले उहाँको राज्य र धार्मिकताको खोजी गर।” यो सल्लाह प्रयोगमा ल्याउनुको अर्थ, व्यक्‍तिगत बाइबल अध्ययन गर्न, सभाहरूमा उपस्थित हुन, र नियमित रूपमा क्षेत्र सेवकाईमा भाग लिनका लागि समय निकाल्नु हो। यी कुराहरूका निम्ति, कम महत्वका तर हामीलाई रमाइलो लाग्ने कार्यहरूबाट समय निकाल्नु आवश्‍यक पर्दछ। केहीले सो कसरी गरिरहेका छन्‌ भन्‍ने कुरा विभिन्‍न अन्तर्वार्ताद्वारा देखाइयो।

हामी यहोवाका साक्षीहरू हौं भनी हामीले कहिले बिर्सनु भएन। यसै कुरालाई विभिन्‍न प्रदर्शनद्वारा “हर समय निरन्तर शुद्ध भाषा बोल” भन्‍ने भाषणमा, बिहिबार अपरान्ह हामीलाई राम्रोसँग बुझाइयो। सड़कहरूमा उभिएर साक्षी दिंदै, अनौपचारिक गवाही द्वारा र टेलीफोनको प्रयोगबाट हामी हर समय यहोवाका साक्षीहरू हौं भनी याद गर्न सक्छौं भन्‍ने कुरा ती प्रदर्शनहरूले देखाए। यहोवा परमेश्‍वर र आफ्ना छिमेकीप्रति हामीमा निःस्वार्थ प्रेम छ भने, प्रत्येक अवसरमा शुद्ध भाषा बोल्न हामी प्रेरित हुनेछौं।

यसै विषयसँग सम्बन्धित अर्को यो विषय थियो: “निहुँ खोज्दै पछि नहट्‌नेहरूले पाउने आशिष।” मसीही जगतको ठिक विपरीत, यहोवाका साक्षीहरूको विश्‍वव्यापी शैक्षिक सङ्‌गठन छ। व्यक्‍तिगत रूपमा हामीले अख्तियारवालाहरूबाट आएको विरोध, जता ततै छाएको उदासिनता र आर्थिक समस्याहरूसँग सङ्‌घर्ष गर्नु पर्दछ। यी दबावहरूको सामना कसरी गर्न सकिन्छ भन्‍ने कुरा, रीजनिङ्‌ग फ्रम द स्क्रीपचर्स पुस्तकमा आधारित प्रर्दशनीहरू द्वारा देख्न पाइयो।

जोशिला भएर प्रचार गर्ने प्रोत्साहन, परमेश्‍वरको इच्छा जोशिला भएर गर्नु शीर्षक भएको नाटकबाट पायौं। येहू यहोवाका नाउँका लागि कति जोसिला थिए र परमेश्‍वरका कामका लागि, हामीले पनि त्यस्तै साहस र जोश देखाउनु कति महत्वपूर्ण छ भन्‍ने कुरा यो नाटकमा देख्न पायौं।

सम्मेलनमा विमोचन गरिएका पुस्तकहरू

सम्मेलनमा अंग्रेजी र जर्मन भाषामा दुइवटा विशेष पुस्तकहरूलाई विमोचन गरियो। “सेविंग लाइफ विथ ब्लड—हाउ?” भन्‍ने शीर्षक भएको भाषणका साथै, प्रथम प्रकाशनको विमोचन गरियो। यस भाषणका वक्‍ताले सर्वप्रथम रक्‍तसारी सम्बन्धित खतराहरूबारे बताए। धेरै रगत बगेर गएको खण्डमा, त्यसको ठाउँमा, रगतको सट्टा प्रयोग गर्न सकिने अन्य विकल्पहरू छन्‌ भनी तिनले औंलाएर देखाए। तर यहोवाका साक्षीहरू आफूलाई रगतबाट अलग राख्छन्‌। रगत अस्वस्थकर भएको हुनाले होइन तर रगत स्वीकार गर्नु एउटा अपवित्र कुरा भएको हुनाले। तिनीहरू रगतबाट अलग बस्छन्‌ किनभने रगत दूषित हो भनेर होइन तर रगत परमेश्‍वरको नजरमा मूल्यवान छ भनेर। साँच्चिकै जीवन बचाउने रगत येशू ख्रीष्टले चढ़ाउनु भएको आफ्नो रगत मात्र हो। अन्तमा, वक्‍ताले हाउ क्यान ब्लड सेभ योर लाइफ? भन्‍ने ३२ पाने पुस्तिकाको प्रर्दशन गरेर सबैलाई हर्षित पारे।

“यहोवाको खोजी गर, हे मानिसहरू हो” भन्‍ने भाषणको सन्दर्भमा दोस्रो मूल्यवान पुस्तकको विमोचन भयो। बहुसंख्यक व्यक्‍तिहरूले परमेश्‍वरको खोजी गरिरहेका छैनन्‌। विभिन्‍न धर्मको अस्तित्वले प्रमाणित गर्दछ कि मानिसले परमेश्‍वरको वचनको अवहेलना गरेका हुनाकारण, तिनीहरूले परमेश्‍वरको खोजी गलत ढङ्‌गमा गरेका छन्‌। प्रत्येक साल, स्मरणार्थको भोजको रिपोर्टले देखाउँछ कि लाखौं व्यक्‍तिहरूलाई परमेश्‍वरको पक्ष लिनमा मदद दिनु परेको छ। यशैया ५५:६, ७ ले देखाउँछ कि यहोवा साँच्चै नै कृपालु र दयालु र “प्रशस्तगरि क्षमा गर्नुहुने” परमेश्‍वर हुनुहुन्छ। हामी उहाँका साक्षीहरूले अरूहरूलाई पनि हामीसँग काँधमा काँध मिलाइ, यहोवाको सेवा गर्ने मदद दिन सकौं भनेर, हामीलाई यो शुद्ध भाषा दिइएको हो।

आज, धेरै मानिसहरू एक ठाउँबाट अर्को ठाउँ सर्ने गरेका हुनाले, यहोवाका जनहरूको सामुन्‍ने एउटा चुनौती खड़ा भएको छ। प्रचार गर्ने इलाकामा हर प्रकारका धर्म मान्‍ने व्यक्‍तिहरू होलान्‌। हामीले हिन्दू, बौद्धधर्म मान्‍नेहरू, शिन्टो मतका र अरू अन्य धर्मका अनुयायीहरूलाई हामीले मदद गर्न सकौं भनेर, हाम्रो सोसाइटीले मेनकाइन्ड्‌स सर्च फर गड भन्‍ने ३८४ पाना भएको पुस्तक प्रकाशित गरी दिएको छ। यसले आधिकारिक तवरमा मसीही जगतका साथै अरू प्रमुख धर्महरूको आधारभूत शिक्षाहरू प्रस्तुत गर्दछ। तर यसले मसीही जगत भित्रै भएको झूटो धर्मको इतिहासको पनि छानबिन गर्दछ। यस किताब द्वारा विभिन्‍न धर्म मान्‍ने व्यक्हिरूसँग पनि बाइबल अध्ययन स्थापना गर्ने बाटो खोल्न सकिनेछ।

जन भाषण र समापन टिप्पणी

शुक्रवारको जन-भाषणको विषय थियो: “शुद्ध भाषाद्वारा एक हुनु होस्‌।” वक्‍ताले देखाउनु भयो कि आज ३,००० विभिन्‍न भाषाहरू एकताको मार्गमा वाधा भएतापनि, शुद्ध भाषा एकता ल्याउन सक्ने एउटा ताकतवर शक्‍ति हो। यस भाषाको कारण, यहोवाका साक्षीहरू बेबिलोनी शिक्षाहरूबाट बचेर अलग्ग बस्न सकेका छन्‌, जीवन र रगतको पवित्रतालाई श्रद्धा गर्न सिकेका छन्‌, र आफ्नै शारीरिक र आध्यात्मिक लाभ गराउने बाइबल सिद्धान्तहरू अनुसार जीवन बिताउने सहायता पाएका छन्‌। सबै जनाले नै शुद्ध भाषा सिक्न र बोल्न चासो लिनु पर्दछ किनभने सो गर्नेहरूले मात्र आर-मागेडोन पार गर्नेछन्‌। सपन्याह २:१-३ मा दिइएको सल्लाह मान्‍न अबेर गर्ने समय छैन।

“प्रार्थनाको विचार राख्दै सर्तक हुनुहोस्‌” भन्‍ने विषयमा केही शास्त्रीय सल्लाहहरू दिइसकेपछि, “शुद्ध भाषा अनुसार लगातार हिंड्‌ने” भन्‍ने विषयमा समापन टिप्पणीहरू आधारित थियो। शुद्ध भाषा अनुसार हिंड्‌नेहरूको संख्या आज साँच्चै नै बढ़दो छ। सम्मेलनमा उपस्थित भएकाहरूले आफ्नो सफाइ, व्यवस्थितता र संगठनात्मक सामंजस्यबाट शुद्ध भाषा प्रति श्रद्धा व्यक्‍त गरे। भर्खरै विमोचन भएका प्रकाशनहरूबाट, यहोवाका सबै साक्षीहरूले शुद्ध भाषा अझ प्रभावशाली ढङ्‌गमा फैलाउने सहायता पाउनेछन्‌।

सम्मेलनको अन्तिम वक्‍ताले सबै जनालाई धैर्यको आवश्‍यकताबारे याद गराए। यस सम्मेलनले गर्दा, अघि बढ्‌ने आफ्नो फैसलामा सबै जना अझ दृढ़ हुनु पर्दछ भन्‍ने कुरा वक्‍ताले औंलाएर देखाए। र यी शब्दहरूबाट तिनले आफ्नो भाषण टुङ्‌ग्‌याए: “हामी सदैव परमेश्‍वरले दिनु भएका शुद्ध भाषा अनुसार हिंडौं जसद्वारा हामीले आफ्ना मायालु स्वर्गीय पिता, यहोवा परमेश्‍वरको प्रशंसा आज मात्र होइन, तर संधैभरि गर्न सक्नेछौं।” (w91 1/15)

[पृष्ठ २४-मा भएको पेटी]

पश्‍चिम बर्लिनमा भएको सम्मेलनमा, ४४,५३२ जना मानिसहरू सम्म उपस्थित थिए र १,०१८ ले बप्तिस्मा लिए। बप्तिस्मा लिने उम्मेदवारहरूलाई ओलम्पिया स्टेडियमबाट बाहिर निस्कन १९ मिनेट लाग्यो, र त्यो अवधि भित्र लगातार करतलध्वनि भइरह्‌यो। अंग्रेजी बोल्ने प्रतिनिधिहरूका लागि बस्ने एउटा बेग्लै भाग थियो। यिनीहरू मध्ये लगभग ६,००० जतिले यो सम्पूर्ण कार्यक्रम आफ्नै भाषामा सुन्‍न पाए। यो सम्मेलनमा पोल्याण्डबाट ४,५०० उपस्थित थिए; दुई दिनको अपरान्हको कार्यक्रममा, सञ्चलाक समितिका सदस्यहरूले तिनीहरूलाई लाभ हुने गरी छोटो भाषणहरू दिए।

[पृष्ठ २२, २३-मा भएका चित्रहरू

१. ओलम्पिया स्टेडियम

२. सम्मेलन कार्यक्रमको एक प्रति

३. २०० वटा बसबाट, पूर्व जर्मनीका प्रतिनिधिहरू आए

४. पोल्याण्डको प्रतिनिधिहरू नया प्रकाशनहरू पाएर आनन्दित भए

५. फूलको श्रृगांरले दृश्‍यलाई मनोरम बनाएको थियो

६. पश्‍चिम जर्मनीको कार्यक्रममा, ए. डी. श्रोडर, सञ्चालक समितिका एकजना सदस्य

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने