पत्रिकाहरूबारे के भन्ने
ब्यूँझनुहोस्! फेब्रु. ८
“अहिले जत्ति असुरक्षित हामीले पहिला कहिल्यै महसुस गरेका थिएनौं। आफ्नो कुनै पनि कुरा गोप्य राख्न नसकिने समस्या बढ्दो छ। के तपाईंले यस विषयमा सुन्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्।] एक दिन यो पृथ्वी हाम्रो सुरक्षालाई खतरामा पार्ने सबै प्रकारका खतराहरूदेखि मुक्त हुनेछ भनी बाइबल प्रतिज्ञा गर्छ। [यशैया ११:९ पढ्नुहोस्।] यो कसरी सम्भव हुनेछ भनेर यस पत्रिकाले बताउँछ।”
प्रहरीधरहरा फेब्रु. १५
“कोही-कोही मानिसहरू हामीले परमेश्वरलाई व्यक्तिगत रूपमा चिन्न सक्छौं कि सक्दैनौं होला भनी सोच्ने गर्छन्। अरू कतिपयचाहिं उहाँ हुनुहुन्छ तर हामीदेखि धेरै टाढा हुनुहुन्छ भन्ठान्छन्। अरूले यस्तो महसुस गरेको के तपाईंले याद गर्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्।] परमेश्वरलाई व्यक्तिगत रूपमा चिन्नु किन महत्त्वपूर्ण छ विचार गर्नुहोस्। [यूहन्ना १७:३ पढ्नुहोस्।] यस सन्दर्भमा, यसै अंकमा दिइएको सुरुका लेखहरू तपाईंलाई रोचक लाग्नेछ।”
ब्यूँझनुहोस्! फेब्रु. ८
“स्कूल जाने केटाकेटीहरूलाई इमानदार हुनु नै सबैभन्दा उत्तम मार्ग हो भनेर सिकाइन्छ। तरैपनि किन धेरै केटाकेटीले परीक्षाको बेला चोर्ने गर्छ, के तपाईंलाई यसो गर्नु उचित लाग्छ? [जवाफ दिने मौका दिनुहोस् र हिब्रू १३:१८ पढ्नुहोस्।] ब्यूँझनुहोस्!-को यस अंकले [पृष्ठ १३ देखाउनुहोस्] चोर्नुमा के खराबी छ? भन्ने प्रश्नको उत्तर दिन्छ।”
प्रहरीधरहरा मार्च. १
“यस चाखलाग्दो शास्त्रपदबारे तपाईंको विचार कस्तो छ, हामी जान्न चाहन्छौं। [मत्ती ५:१० पढ्नुहोस्।] सतावट भोग्नुपर्दा मानिस कसरी खुसी हुन सक्छन् होला? [जवाफ दिने मौका दिनुहोस्।] यस पत्रिकाको प्रथम दुईवटा लेखले दुःखकष्टको बावजुद कसै-कसैले कसरी आनन्द कायम राख्न सके भनी बताउँछ। तिनीहरूले कसरी यसो गर्न सके भन्ने विषयमा पढ्न तपाईंलाई रोचक लाग्नेछ।”