स्मरणार्थका सम्झौटाहरू
यस वर्षको स्मरणार्थ उत्सव बुधबार, अप्रिल १६ तारिखमा पर्छ। प्राचीनहरूले निम्न कुराहरूमा ध्यान दिनुपर्छ:
◼ सभाको समय निर्धारण गर्दा, स्मरणार्थका प्रतीकहरू सूर्य अस्ताउनुअघि पास गरिने छैन भन्ने कुरा पक्का गर्नुहोस्।
◼ वक्तालगायत अरू सबैलाई उत्सव हुने स्थान र समयको सही जानकारी दिनुपर्छ।
◼ उचित प्रकारको रोटी र दाखमद्यको प्रबन्ध मिलाउनुपर्छ र तयार राख्नुपर्छ।—फेब्रुअरी १५, १९८५ को वाचटावर पृष्ठ १९ हेर्नुहोस्।
◼ प्लेटहरू, गिलासहरू, ठिक्कको टेबल र टेबलपोस पनि सभा हुने भवनमा ल्याउनुपर्छ र पहिले नै मिलाएर राख्नुपर्छ।
◼ राज्यभवन होस् या अरू कुनै सभा गर्ने स्थान, पहिले नै सरसफाइ गर्नुपर्छ।
◼ परिचारक र प्रतीक वितरण गर्ने भाइहरू पहिले नै छान्नुपर्छ अनि उनीहरूको जिम्मेवारी, प्रतीक टक्राउने उचित तरिका र भद्र पहिरन तथा कोरीबाटीको आवश्यकताबारे पहिले नै निर्देशन दिनुपर्छ।
◼ अशक्तताको कारण उपस्थित हुन नसक्ने कुनै पनि अभिषिक्त जनलाई प्रतीकहरू पुऱ्याउन प्रबन्ध मिलाउनुपर्छ।
◼ एउटै राज्यभवनमा एकभन्दा बढी मण्डलीहरूले उत्सव मनाउने तालिका बनाएका छन् भने, मण्डलीहरूबीच राम्रो समझदारी हुनुपर्छ ताकि भवनको मूलढोका, सार्वजनिक बाटोघाटो अनि सवारी साधन बिसाउने ठाउँमा अनावश्यक भीड नहोस्। सम्भव भए, दुइटा समारोहबीच ४५ मिनेटको अन्तराल भए बेस हुनेछ।