प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km03 जुलाई पृ. ३
  • यहोवाको प्रशंसा गर्न सँगै भेला हुने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको प्रशंसा गर्न सँगै भेला हुने
  • हाम्रो राज्य सेवकाई—२००३
  • मिल्दोजुल्दो सामग्री
  • ठूलो समुदायमा यहोवालाई धन्यवाद चढाउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००५
  • सन्‌ १९९९ “परमेश्‍वरको भविष्यसूचक वचन” जिल्ला अधिवेशन
    हाम्रो राज्य सेवकाई—१९९९
  • आध्यात्मिक भोज खाने र आनन्दित हुने अवसर
    हाम्रो राज्य सेवकाई—२००८
  • “हामी मिलेर उहाँको नाउँ उच्च पारौं”
    हाम्रो राज्य सेवकाई—२००४
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००३
km03 जुलाई पृ. ३

यहोवाको प्रशंसा गर्न सँगै भेला हुने

१. अधिवेशनको विषय के हो र किन यहोवा हाम्रो प्रशंसाको योग्य हुनुहुन्छ?

१ यहोवा सर्वशक्‍तिमान्‌, अपार बुद्धि भएको, न्यायमा सिद्ध र प्रेमको अमूर्त रूप हुनुहुन्छ। सृष्टिकर्ता, जीवनदाता र सार्वभौम सत्ताधारीको हैसियतमा उहाँ मात्र हाम्रो उपासनाको योग्य हुनुहुन्छ। (भज. ३६:९; प्रका. ४:११; १५:३, ४) “परमेश्‍वरलाई महिमा दिनुहोस्‌” भन्‍ने यस वर्षको जिल्ला अधिवेशनले एक मात्र साँचो परमेश्‍वरको रूपमा उहाँको प्रशंसा गर्ने हाम्रो संकल्पलाई सबल बनाउनेछ।—भज. ८६:८-१०.

२, ३. पूरापूर लाभ उठाउन कसरी राम्रो योजनाले हामीलाई मदत गर्नेछ?

२ राम्रो योजना आवश्‍यक: यहोवाले साँचेर राख्नुभएको आध्यात्मिक भोजभतेरबाट पूरापूर लाभ उठाउन राम्रो योजना बनाउनु अत्यावश्‍यक छ। (एफि. ५:१५, १६) के तपाईंले बस्ने ठाउँ, यातायातको प्रबन्ध मिलाउनुका साथै काम वा स्कूलबाट छुट्टी मागिसक्नुभयो? यी महत्त्वपूर्ण कुराहरू अन्तिम घडीमा गर्ने विचार नगर्नुहोस्‌। छुट्टी माग्न ढिलो गर्नुभयो भने, तपाईंले यस आनन्दमय अवसरको केही अंश छुटाउनुपर्ने हुन सक्छ। सबै कार्यक्रममा हामी सबै जना उपस्थित हुनु आवश्‍यक छ।

३ हरेक दिन अधिवेशन स्थलमा चाँडै आइपुग्ने लक्ष्य राख्नुहोस्‌। त्यसो गर्दा तपाईं सुरुको गीत सुरु हुनुभन्दा अघि नै आफ्नो सिटमा बसिहाल्न सक्नुहुनेछ र प्रस्तुत गरिने निर्देशनहरू ग्रहण गर्न सही मनोभावसहित तम्तयार रहन मदत पाउनुहुनेछ। हरेक दिन अधिवेशन भवनको ढोका बिहान ८ बजे खोलिनेछ। कृपया आफ्ना परिवारका सदस्यहरू वा सँगै आउनुभएका व्यक्‍तिहरूबाहेक अरूको लागि सिट नरोक्नुहोला।

४. अधिवेशनमा हामी सबैलाई खाजा लिएर आउन किन आग्रह गरिएको हो?

४ दिउँसो खाजा खाने बेलामा खानेकुरा किन्‍न अधिवेशन स्थल छोडेर अन्त कतै जानुभन्दा बरु सबैले खाजा लिएर आउन आग्रह गरिन्छ। यस प्रबन्धमा तपाईंहरूको सहयोगले शान्त वातावरण कायम राख्न योगदान पुऱ्‍याउनुका साथै सँगी विश्‍वासीहरूसित सरसंगत गर्ने प्रशस्त समय मिल्नेछ। (भज. १३३:१-३) फुट्‌ने भाँडाकुँडा र मादक पेय पदार्थहरू अधिवेशन स्थलमा ल्याउन मनाही छ भन्‍ने कुरा कृपया मनमा राख्नुहोस्‌।

५. अधिवेशनको लागि हामी कसरी आफ्नो हृदयलाई तयारी गर्ने सुरु गर्न सक्छौं?

५ सुन्‍नुहोस्‌ र सिक्नुहोस्‌: परमेश्‍वरको वचन ग्रहण गर्न एज्राले प्रार्थनापूर्वक आफ्नो हृदयलाई तयार पारे। (एज्रा ७:१०) तिनले आफ्नो हृदयलाई यहोवाका शिक्षाहरूतिर लगाए। (हितो. २:२) घरदेखि हिंड्‌नुअघि नै अधिवेशनको विषयमा मनन गरेर अनि आफ्नो परिवारसित यसबारे कुरा गरेर अधिवेशनको लागि हामी आफ्नो हृदयलाई तयारी गर्ने काम सुरु गर्न सक्छौं।

६. कार्यक्रममा ध्यान केन्द्रित गर्न हामीलाई कुन कुराले मदत गर्न सक्छ? (पेटी हेर्नुहोस्‌।)

६ ठूला सभाभवनमा हाम्रो ध्यान खिच्ने थुप्रै दृश्‍य तथा ध्वनिहरू हुन सक्छन्‌। यस्ता बाधाहरूले हाम्रो मन वक्‍ताले भनिरहेका कुराबाट सजिलै अन्तैतिर लैजान सक्छ। त्यसो भएको खण्डमा, मूल्यवान्‌ जानकारी प्राप्त गर्नबाट चुक्नेछौं। सँगैको पेटीमा दिइएका सुझावहरूले हामीलाई आफ्नो एकाग्रता विकास गर्न मदत गर्न सक्छन्‌।

७, ८. हामी कसरी अरूको ख्याल गर्न सक्छौं र हाम्रो कस्तो संकल्प हुनुपर्छ?

७ अरूको ख्याल गर्नुहोस्‌: कार्यक्रमको दौडान क्यामरा तथा क्यामकर्डर प्रयोग गर्न सकिन्छ तर अरूलाई बाधा नपुऱ्‍याउनका लागि आफ्नै सिटमा बसेर यी प्रयोग गर्नुहोस्‌। अरूको ध्यान भंग नगर्ने किसिमले सेल फोन र पेजरहरू मिलाएर राख्नै पर्छ। यद्यपि, कुनै-कुनै ठाउँहरूमा भने कार्यक्रमको दौडान अधिवेशन स्थानमा डुलिरहँदा कसै-कसैलाई ध्यान दिन गाह्रो भएको छ। कोहीचाहिं ढिला आउँछन्‌, जसले गर्दा भाइहरूले कार्यक्रमको सुरुमा केही मिनेटसम्म राम्ररी सुन्‍नै पाउँदैनन्‌। कृपया परिचारकहरूलाई सहयोग गर्नुहोस्‌ र अध्यक्षले बस्ने आग्रह गर्दा आ-आफ्नो सिटमा बस्नुहोस्‌।

८ यहोवाको प्रशंसा गर्न एक ठाउँमा भेला हुन हामी औधी उत्सुक छौं! सबै कार्यक्रममा उपस्थित भएर, ध्यान दिई सुन्‍नुका साथै आफूले सिकेका कुराहरू लागू गरेर हामी उहाँको महिमा गर्ने संकल्प गर्न सकौं।—व्यव. ३१:१२.

[पृष्ठ ३-मा भएको पेटी]

अधिवेशनहरूमा सुन्‍ने

▪ भाषणका विषयहरूमा गौर गर्नुहोस्‌

▪ शास्त्रपदहरू पल्टाएर हेर्नुहोस्‌

▪ छोटा टिपोटहरू लिनुहोस्‌

▪ लागू गर्न चाहेका बुँदाहरू छुट्याउनुहोस्‌

▪ आफूले सिकेका कुरा पुनरावलोकन गर्नुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने