प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km04 अगस्त पृ. ३
  • “हामी मिलेर उहाँको नाउँ उच्च पारौं”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “हामी मिलेर उहाँको नाउँ उच्च पारौं”
  • हाम्रो राज्य सेवकाई—२००४
  • मिल्दोजुल्दो सामग्री
  • ठूलो समुदायमा यहोवालाई धन्यवाद चढाउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००५
  • आध्यात्मिक भोज खाने र आनन्दित हुने अवसर
    हाम्रो राज्य सेवकाई—२००८
  • यहोवाको प्रशंसा गर्न सँगै भेला हुने
    हाम्रो राज्य सेवकाई—२००३
  • के तपाईं आध्यात्मिक भोजको लागि तयार हुनुहुन्छ?
    हाम्रो राज्य सेवकाई—२००९
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००४
km04 अगस्त पृ. ३

“हामी मिलेर उहाँको नाउँ उच्च पारौं”

१. मिलेर परमेश्‍वरको नाउँ उच्च पार्ने हामी कस्तो सुअवसर पाउनेछौं र तयारीको लागि हामीले अहिल्यै के गर्न सक्छौं?

१ भजनहारले यसो भनेर गाए, “मसँगसँगै परमप्रभुको बढ़ाइ गर, र हामी मिलेर उहाँको नाउँ उच्च पारौं।” (भज ३४:३) “परमेश्‍वरसित हिंड्‌नुहोस्‌” विषयको आगामी जिल्ला अधिवेशनमा हामी थुप्रै मण्डलीहरूबाट आएका भाइबहिनीहरूसित मिलेर यहोवाको नाउँ उच्च पार्ने सुअवसर पाउनेछौं। के तपाईंले बास तथा यातायातको प्रबन्ध मिलाइसक्नुभयो अथवा के तपाईंले कामबाट छुट्टी मागिसक्नुभयो? यी कुराहरूमा पहिल्यै ध्यान पुऱ्‍याउनु बुद्धिमानी हुन्छ।—हितो. २१:५.

२. अधिवेशनस्थलमा चाँडै आइपुग्ने योजना बनाउनु किन लाभदायी कुरा हो?

२ अधिवेशनस्थल आउँदा: अधिवेशनमा उपस्थित हुँदा हामीले थुप्रै कुराहरूमा ध्यान पुऱ्‍याउनु जरुरी छ। घरबाट समयमै हिंड्‌दा बाटोमा केही अप्रत्याशित घटनाहरू भइहाले तापनि हामी अधिवेशनस्थल समयमै आइपुग्न सक्नेछौं अनि सुरुको गीत र प्रार्थनामा तनमनले भाग लिन पहिल्यै सिटहरूमा बसिसकेका हुनेछौं। (भज. ६९:३०) हृदयदेखि नै गीतमा भाग लिन सक्नको लागि दुलियाजन, नयाँ दिल्ली, पोर्ट ब्लेयर र सिकंदरबादमा हुने अधिवेशनहरूमा उपस्थित हुनेहरू जतिलाई स्थानीय भाषाका गीति पुस्तिका (sb-29) ल्याउन आग्रह गरिन्छ। यी अधिवेशनहरूका लागि सम्पूर्ण गीतहरू यसै पुस्तिकाबाट छानिएका छन्‌। कार्यक्रमको सुरुको गीत गाउनुअघि केही मिनेट बजाइने राज्य धुन बजिरहेको बेला अध्यक्ष मञ्चमा आएर बसिसकेका हुन्छन्‌। त्यतिखेर हामी सबै जना आ-आफ्नो सिटमा बस्नुपर्छ किनभने यसो गर्दा कार्यक्रम मर्यादित ढङ्‌गमा सुरु हुन सक्नेछ। (१ कोरि. १४:३३, ४०) दुलियाजन र आइज्वलमा हुने अधिवेशनमा हरेक दिन कार्यक्रम बिहान ८:३० बजे सुरु हुनेछ। अधिवेशन आएका व्यक्‍तिहरूलाई अँध्यारो हुनुअघि नै आ-आफ्नो बास बस्ने ठाउँमा पुग्न मदतको लागि यसो गरिएको हो।

३. यो वर्ष किन ठूलठूला अधिवेशनहरूको योजना बनाइएको छ?

३ यो वर्ष भारतमा सम्पन्‍न हुने अधिवेशनहरूको संख्या घटाइएको छ। हाम्रा जमघटहरूलाई अझ ठूलो बनाउन यसो गरिएको हो। यसको मतलब कसै-कसैलाई धेरै यात्रा गर्नुपर्ने हुन सक्छ र खर्च पनि बढी लाग्न सक्छ। तर हामी धेरै भाइबहिनीहरूसित सरसंगत गर्ने सुअवसर पाउनेछौं र गुणस्तरीय कार्यक्रमबाट आनन्द उठाउनेछौं। यस्ता ठूलठूला अधिवेशनहरूले समुदायलाई राम्रो साक्षी दिने काम पनि गर्छ। त्यसकारण आशिष्‌को लागि यहोवालाई प्रार्थना गर्नुहोस्‌, दृढ प्रयास गर्नुहोस्‌ र तीनै दिन उपस्थित हुनको लागि पैसा र छुट्टी जोगाउनुहोस्‌।

४. सिट खोज्दा हामी कसरी अरूको पनि ख्याल गरेको देखाउन सक्छौं?

४ परमेश्‍वरको वचन हामीलाई ‘हामी जे गर्छौं ती सबै प्रेममा गरिएका होऊन्‌’ भन्‍ने सल्लाह दिन्छ। (१ कोरि. १६:१४) अरूको पनि ख्याल गऱ्‍यौं भने, बिहान ८:०० बजे ढोका खोलेपछि आफूलाई मनपरेको सिट ओगट्‌न हामी दौडादौड अथवा घचेटाघचेट गर्नेछैनौं। आफ्नै परिवारका सदस्यहरू वा आफ्ना बाइबल विद्यार्थीहरूका लागि मात्र ठाउँ ओगटेर राख्न सकिन्छ।—१ कोरि. १३:५; फिलि. २:४.

५. दिउँसो खाजा खाने बेलाको लागि कस्ता प्रबन्धहरू गरिएका छन्‌ र यो कसरी लाभदायी छ?

५ दिउँसो खाजा खाने बेलामा खानेकुरा किन्‍न अधिवेशनस्थल छोडेर अन्त कतै जानुभन्दा बरु कृपया साधारण खाजा लिएर आउनुहोस्‌। यसो गर्दा सबैले उत्थानदायी संगतिबाट आनन्द उठाउनुका साथै अपराह्नको कार्यक्रमको सुरुदेखि नै उपस्थित हुन सकिनेछ। परिवारका सदस्य तथा अरूले अधिवेशनको लागि बहिनीहरूले घरमा थरीथरीका परिकारहरू तयार पारून्‌ भन्‍ने आशा गर्नु त्यति मायालु कुरा होइन। अधिवेशन आइपुगुन्जेल यसले बहिनीहरूलाई थकित तुल्याउँछ र उनीहरूले कार्यक्रममा ध्यान दिन सक्नेछैनन्‌। मादक पेयपदार्थहरू अधिवेशनस्थलमा ल्याउन मनाही छ।

६. हामीले प्राप्त गर्ने निर्देशनको लागि हामी कसरी आफ्नो हृदयलाई तयार पार्न सक्छौं?

६ आध्यात्मिक भोज हाम्रो प्रतीक्षामा छ: राजा यहोशापात एक जना यस्ता व्यक्‍ति थिए, जसले “परमप्रभुबाट अगुवाइ खोज्न परमेश्‍वरतिर [आफ्नो] मन” लगाए। (२ इति. १९:३) अधिवेशनअघि हामी कसरी आफ्नो हृदयलाई तयार पार्न सक्छौं? अक्टोबर ८ को ब्यूँझनुहोस्‌! अंकको अन्तिम पृष्ठमा हामीले उपभोग गर्न सक्ने आध्यात्मिक भोजको पूर्वझलक दिइएको छ। हाम्रो लागि यहोवाले के-कस्ता आध्यात्मिक भोज साँचेर राख्नुभएको रहेछ भन्‍ने उत्सुकता बढाउँदै त्यो लेखबारे विचार गर्न किन समय ननिकाल्ने? हाम्रो हृदयलाई तयार पार्नुमा हामीले प्राप्त गर्ने निर्देशन बुझ्न अनि त्यसलाई लागू गर्न यहोवासँग मदत माग्नु पनि समावेश छ।—भज. २५:४, ५.

७. हाम्रो इच्छा के हो र किन?

७ परमेश्‍वरको वचनबाट हामी धेरै कुरा सिक्न चाहन्छौं किनभने त्यसबाट हामी मुक्‍तिको निम्ति बढ्‌दै जान सक्छौं भन्‍ने कुरा हामीलाई थाह छ। (१ पत्रु. २:२) तसर्थ, आउनुहोस्‌ “परमेश्‍वरसित हिंड्‌नुहोस्‌” विषयको हाम्रो जिल्ला अधिवेशनमा उपस्थित होऔं र ‘मिलेर यहोवाको नाउँ उच्च पारौं।’—भज. ३४:३.

[पृष्ठ ३-मा भएको पेटी]

परमेश्‍वरको नाउँ उच्च पार्ने तरिकाहरू

◼ अग्रिम तयारी गर्नुहोस्‌

◼ अरूप्रति प्रेम देखाउनुहोस्‌

◼ आफ्नो हृदय तयार पार्नुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने