पत्रिकाहरूबारे के भन्ने?
ब्यूँझनुहोस्! सेप्टे. ८
“आफ्ना छोराछोरीको जीवनमा बुबाहरू संलग्न हुनु कत्तिको महत्त्वपूर्ण छ जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] ब्यूँझनुहोस्!-को यस अंकले अनुपस्थित बुबाहरूको बढ्दो समस्याबारे छलफल गर्छ। बुबाहरूले आफ्ना छोराछोरीको जीवनमा कसरी सकारात्मक प्रभाव पार्न सक्छन् भनेर पनि यसले बताउँछ।” हितोपदेश १३:१ पढ्नुहोस्।
प्रहरीधरहरा सेप्टे. १५
“प्रख्यात प्रार्थनाको भागका यी शब्दहरू सायद तपाईंले सुन्नुभएको होला अथवा प्रार्थना गर्दा तपाईंले पनि यी शब्दहरू प्रयोग गर्नुभएको होला। [मत्ती ६:१० पढ्नुहोस्।] परमेश्वरको इच्छा पृथ्वीमा पूर्ण रूपमा पूरा भएको भए जीवन कस्तो हुने थियो जस्तो तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] यस पत्रिकामा हामीले भर्खरै पढेको भागलगायत प्रभुको प्रख्यात प्रार्थनाको हरेक भागको बहुमूल्य अर्थ जाँच गरिएको छ।”
ब्यूँझनुहोस्! सेप्टे. ८
केटाकेटीको शोषण भइरहेको खबर सुन्दा के हामीलाई दुःख लाग्दैन र? ‘के परमेश्वरले साँच्चै नै चासो राख्नुहुन्छ?’ [जवाफ दिने मौका दिनुहोस्। त्यसपछि भजन ७२:१२-१४ पढ्नुहोस्।] केटाकेटीहरूबारे परमेश्वर कस्तो महसुस गर्नुहुन्छ र दुर्व्यवहारको सिकार भइरहेका सबैलाई उहाँले कसरी सदाको लागि मुक्त गर्नुहुनेछ भन्ने कुरा यस लेखमा छलफल गरिएको छ।”
प्रहरीधरहरा अक्टो. १
“हामीले अपराध, हिंसा र युद्ध अन्त भएको हेर्न नपाउनुको कारण के होला भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ? के तपाईंलाई यी शब्दहरू पूरा भएको कहिल्यै हेर्न पाउनेछौं जस्तो लाग्छ? [भजन ३७:११ पढ्नुहोस् र जवाफ दिने मौका दिनुहोस्।] यस पत्रिकाले मानिसजातिको लागि परमेश्वरको सुरुको उद्देश्यसित यो प्रतिज्ञा कसरी सम्बन्धित छ र हामी कसरी यसमा भाग लिन सक्छौं भन्ने राम्रो जानकारी दिन्छ।”