पत्रिकाहरूबारे के भन्ने
ब्यूँझनुहोस्! नोभे. ८
“औषधोपचारलाई प्रतिरोध गर्न सक्ने जीवाणुहरूबारे निकै चर्चा चलेको के तपाईंले याद गर्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्।] यस पत्रिकाले यसका कारणहरू बताउनुका साथै आफूलाई सुरक्षित राख्न हामी के गर्न सक्छौं, त्यसबारे सुझाव दिन्छ। यसले कोही पनि बिरामी नहुने बाइबलमा प्रतिज्ञाकृत संसारबारे पनि छलफल गर्छ।” यशैया ३३:२४ पढ्नुहोस्।
प्रहरीधरहरा नोभे. १५
“पहिला-पहिला, धेरै जनाले पृथ्वी एक दिन प्रमोदवन हुनेछ भन्ने कुरामा विश्वास गर्थे। आज, कोही-कोही यो पृथ्वी रहिरहला कि नरहला भनी शंका गर्छन्। पृथ्वीको भविष्यबारे तपाईंको कस्तो धारणा छ? [जवाफ दिने मौका दिनुहोस्।] यसबारे बाइबलले के भन्छ हेर्नुहोस् न। [भजन ३७:११ पढ्नुहोस्।] पृथ्वीको विषय लिएर बाइबलमा कस्तो भविष्यवाणी गरिएको छ, त्यसबारे यस पत्रिकाले छलफल गर्छ।”
ब्यूँझनुहोस्! नोभे. ८
“के तपाईंलाई यहाँ वर्णन गरेजस्तै अवस्थामा मानिसजातिले आनन्द उठाउनेछन् जस्तो लाग्छ? [रोमी ८:२१ पढ्नुहोस्। त्यसपछि जवाफ दिने मौका दिनुहोस्।] यस पत्रिकामा व्यावहारिक जानकारी दिइएको छ, जसले परमेश्वरका प्रतिज्ञाहरू पूरा हुने समय पर्खंदै गर्दा हामीलाई लाभ पुऱ्याउन सक्छ।” “वैकल्पिक जीवन शैली—के परमेश्वरले स्वीकार्नुहुन्छ?” भन्ने लेख देखाउनुहोस्।
प्रहरीधरहरा डिसे. १
“आज कसै-कसैले परमेश्वरमा विश्वास गर्न छाड्दैछन्। यसो हुनुको एउटा कारण तिनीहरूले अन्योलमा पार्ने प्रश्नहरूको चित्तबुझ्दो जवाफ पाएका छैनन्। जस्तै यहाँ हेर्नुहोस् न। [पृष्ठ ६ मा दिइएको पेटीबाट एउटा उदाहरण दिनुहोस्।] प्रहरीधरहरा-को यस अंकले परमेश्वरमा साँचो विश्वास विकास गर्ने एउटा कुञ्जीबारे छलफल गर्छ।” फिलिप्पी १:९ पढ्नुहोस्।