पत्रिकाबारे के भन्ने
प्रहरीधरहरा नोभे. १
“आज मानिसहरूबीचको सम्बन्ध चिसिंदै गइरहेको छ। हामी कसरी साथीहरूसितको सम्बन्ध शान्तिमय बनाउन सक्छौं? [जवाफ दिने मौका दिनुहोस्।] आपसी सम्बन्ध शान्तिमय बनाउन के गर्नुपर्छ भन्नेबारे एउटा पुरानो लेखोटबाट पढेर सुनाऊँ कि? [घरधनी सुन्न इच्छुक भएमा रोमी १४:१९ पढ्नुहोस्।] यो लेखले अरूसित हाम्रो सम्बन्ध शान्तिमय बनाउनेबारे व्यावहारिक सुझाव दिएको छ।” पृष्ठ १० को लेख देखाउनुहोस्।
प्रहरीधरहरा डिसे. १
“डिसेम्बर महिनामा धेरै जना येशूबारे सोच्दैछन्। येशूले तपाईंको जीवनमा केही प्रभाव पार्नुभएको छ जस्तो तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्। घरधनीले चासो देखाएको जस्तो लागेमा प्रस्तुति अघि बढाउनुहोस्।] बाइबल हामीलाई येशूको उदाहरण पछ्याउन प्रोत्साहन दिन्छ। [१ पत्रुस २:२१ पढ्नुहोस्।] येशूको उदाहरण पछ्याउँदा हामी अझै असल र अझै आनन्दित मानिस हुन सक्छौं। त्यसको कारण यो पत्रिकाले बताएको छ।”