पत्रिकाहरूबारे के भन्ने
प्रहरीधरहरा नोभे. १५
“सबैको एउटै प्रश्न छ, मानिसको पीडा बढ्नु सिवाय किन घट्दैन? एउटा कारणबारे यो शास्त्रपद के भन्छ, हेर्नुहोस् त। [प्रकाश १२:९ पढ्नुहोस्। जवाफ दिने मौका दिनुहोस्।] मानिसलाई बहकाउने शैतानको चाल र त्यसको प्रतिकार कसरी गर्ने, यस पत्रिकाले बताउँछ।”
ब्यूँझनुहोस्! नोभे. ८
रक्सीले जीर्ण बनाइसकेको व्यक्तिलाई के तपाईं मदत गर्न चाहनुहुन्छ? यस पत्रिकामा रक्सीले निम्त्याउने समस्या मात्र होइन तर रक्सीले गर्ने हानि र कुलत त्याग्ने व्यवहारिक सुझाव पनि छ।” पृष्ठ १० को लेख देखाउनुहोस्।
प्रहरीधरहरा डिसे. १
“आरमागेडोन” भन्ने बित्तिकै धेरैले भयावह आमविनाशबारे सोच्छन्। [पृष्ठ ३ को पेटी हेर्नुहोस्।] तर के तपाईंलाई थाह छ, आरमागेडोन हालसम्मकै सबैभन्दा सुखद समाचार पनि हो? [जवाफ दिने मौका दिनुहोस्।] कसरी, जवाफ यो पत्रिकाले दिन्छ।” २ पत्रुस ३:१३ पढ्नुहोस्।
ब्यूँझनुहोस्! डिसे. ८
“हुन त पृथ्वीले सारा मानिसको लागि पुग्ने अन्न उमार्छ तर ८० करोड मानिस कुपोषित छन्। कस्तो दुःखलाग्दो, हैन र? [जवाफ दिने मौका दिनुहोस्।] यस लेखले भोजन आपूर्तिका बढ्दो समस्याहरू केलाएको छ। भोजनको अभाव नहुने बाइबल प्रतिज्ञाबारे पनि बताउँछ।” भजन ७२:१६क पढ्नुहोस्।