प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km03 डिसेम्बर p. ६
  • पत्रिकाहरूबारे के भन्‍ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रिकाहरूबारे के भन्‍ने
  • हाम्रो राज्य सेवकाई—२००३
  • मिल्दोजुल्दो सामग्री
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००४
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००६
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००४
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००३
km03 डिसेम्बर p. ६

पत्रिकाहरूबारे के भन्‍ने

ब्यूँझनुहोस्‌! डिसे. ८

“के तपाईंलाई पृथ्वी प्रदूषित हुन रोकिनेछैन र यसका बासिन्दाहरूका लागि कुनै आशा छैन जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि यशैया ४५:१८ पढ्‌नुहोस्‌।] ब्यूँझनुहोस्‌!-को यस अंकले यस सन्दर्भमा पृथ्वीका रचनाकारले के गर्न लाग्नुभएको छ र त्यसबाट हामी कसरी लाभ उठाउन सक्छौं भनी छलफल गर्छ।”

प्रहरीधरहरा डिसे. १५

“वर्षको यस समयमा, थुप्रै मानिसहरू येशूको जन्मबारे सोच्ने गर्छन्‌। उहाँ कस्तो परिवारमा हुर्कनुभएको थियो होला भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि लूका २:५१, ५२ पढ्‌नुहोस्‌।] प्रहरीधरहरा-को यस अंकले येशूको लालनपालनबारे बाइबल रेकर्डबाट हामीले सिक्न सक्ने व्यावहारिक पाठहरू छलफल गर्छ।”

ब्यूँझनुहोस्‌! डिसे. ८

“आफ्नो कोही घनिष्ठ व्यक्‍ति तीक्ष्ण क्षमताका छन्‌ भने, के तपाईं रिस र हीनताबोधजस्ता भावनाले पिरोलिनुहुन्छ? [जवाफ दिने मौका दिनुहोस्‌ र पृष्ठ २७ मा दिइएको लेख देखाउनुहोस्‌।] यस पत्रिकाले तपाईं कसरी त्यस्ता भावनाहरूको सामना गर्न सक्नुहुन्छ भनी छलफल गर्छ।”

प्रहरीधरहरा जन. १

“थुप्रै मानिसहरू यस पृथ्वीमा शान्तिको तिर्सना गर्छन्‌। के तपाईंलाई कहिल्यै यी शब्दहरू पूरा भएको हेर्न पाइएला जस्तो लाग्छ? [भजन ४६:९ पढ्‌नुहोस्‌। त्यसपछि जवाफ दिने मौका दिनुहोस्‌।] प्रहरीधरहरा-को यस अंकले यो कसरी पूरा हुनेछ र युद्धरहित संसारबारे परमेश्‍वरको प्रतिज्ञामा हामी किन भरोसा राख्न सक्छौं भनी छलफल गर्छ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने