पत्रिकाबारे के भन्ने
प्रहरीधरहरा डिसे. १
“घृणा अनि झै-झगडाले भरिएको यस संसारमा कुन कुराले शान्तिसित बस्न मदत गर्ला? [जवाफ दिने मौका दिनुहोस् र मत्ती २२:३९ पढ्नुहोस्। त्यसपछि पृष्ठ २६ को लेख देखाउनुहोस्।] यस लेखले हाम्रा छिमेकी को हुन् र उनीहरूलाई हामीले कसरी प्रेम गर्नुपर्छ भनेर बताउँछ।”
ब्यूँझनुहोस्! अक्टो. – डिसे.
“धेरैजसो मानिसहरू परमेश्वरले हामीलाई सृष्टि गर्नुभएको हो भनेर विश्वास गर्छन्। अरू चाहिं क्रमविकास हुँदै मान्छे बनेका हौं भन्छन्। यस विषयमा तपाईं के भन्न चाहनुहुन्छ? [जवाफ दिने मौका दिनुहोस्।] तपाईंलाई सही निष्कर्षमा पुग्न मदत गर्ने एउटा सुझाव म सुनाउन चाहन्छु [अय्यूब १२:७, ८ पढ्नुहोस्।] ब्यूँझनुहोस्!-को यस विशेष अंकमा प्रकृतिका विभिन्न रचना तथा बुद्धिका उदाहरणहरूले हामीलाई के सिकाउन सक्छ, छलफल गरिएको छ।”
प्रहरीधरहरा जन. १
“के तपाईंलाई धन-सम्पत्ति नहुने मान्छे सफल हुन सक्दैन जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्। त्यसपछि १ तिमोथी ६:९, १० पढ्नुहोस्।] धन-सम्पत्ति हुनु खराब हो भनेर बाइबलले भन्दैन। तर सफल हुन धन-सम्पत्ति हुनै पर्छ भनेर पनि त्यसले सिकाउँदैन। यस विषयमा तपाईंले अरू जानकारी यस पत्रिकामा पाउन सक्नुहुन्छ।”
ब्यूँझनुहोस्! जन. – मार्च
“यदि मायालु, न्यायी अनि शक्तिशाली परमेश्वरको अस्तित्व हुँदो हो त, यतिका दुःखकष्ट किन भइरहन्छन् भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्।] दुःखकष्ट किन हुन्छ, म तपाईंलाई एउटा शास्त्रपद पढेर सुनाउन चाहन्छु। [१ यूहन्ना ५:१९ पढ्नुहोस्।] परमेश्वरले दुःखकष्टको अन्त गर्दै हुनुहुन्छ भनेर बाइबलले कसरी बताएको छ, यस विषयमा तपाईंले अरू जानकारी यस पत्रिकामा पाउन सक्नुहुन्छ।”