पत्रिकाहरूबारे के भन्ने
ब्यूँझनुहोस्! डिसे. ८
“बाइबल भविष्यवाणीले कसैले पनि ‘म बिरामी परें’ भन्नु नपर्ने समय आउनेछ भनी संकेत गर्छ। [यशैया ३३:२४ पढ्नुहोस्।] के त्यो अद्भुत हुनेछैन र? [जवाफ दिने मौका दिनुहोस्।] तथापि, आज मानिसजाति एड्सको महामारीलगायत धेरै रोगहरूले ग्रसित छन्। ब्यूँझनुहोस्!-को यस अंकले के एड्सको रोकथाम गर्न सकिएला? भन्ने प्रश्नको जवाफ दिन्छ।”
प्रहरीधरहरा डिसे. १५
“वर्षको यस समयतिर धेरैले येशूको जन्मबारे सोच्ने गर्छन्। उहाँको जन्मबारे बाइबल विवरणबाट हामी बहुमूल्य पाठहरू सिक्न सक्छौं भन्ने कुरा के तपाईंलाई थाह थियो? [जवाफ दिने मौका दिनुहोस्। त्यसपछि पृष्ठ ५ पल्टाएर देखाउनुहोस् र २ तिमोथी ३:१६ पढ्नुहोस्।] प्रहरीधरहरा-को यस अंकले हामीले सिक्न सक्ने केही पाठहरूबारे छलफल गर्छ।”
ब्यूँझनुहोस्! डिसे. ८
“युवा जनहरूलाई असल आचरण विकास गर्ने मदत दिन हामी के गर्न सक्छौं? [जवाफ दिने मौका दिनुहोस्।] उनीहरू कस्तो किसिमका मानिसहरूसित संगत गर्छन् त्यसले निकै ठूलो फरक पार्छ। यस विषयमा पुरानो हितोपदेशले के भन्छ हेर्नुहोस् न। [हितोपदेश १३:२० पढ्नुहोस्।] ब्यूँझनुहोस्!-को यस अंकले [पृष्ठ २० पल्टाउनुहोस्] साथीहरूको दबाबको सामना गर्ने व्यावहारिक सुझावहरू दिन्छ।”
प्रहरीधरहरा जन. १
“मानिसहरूले आफ्नो प्रियजन गुमाउँदा वा रोगले ग्रस्त पार्दा उनीहरू अक्सर ‘परमेश्वरले किन यस्तो हुन दिनुभएको होला?’ भनी सोच्ने गर्छन्। सायद तपाईंले पनि यस्तै प्रश्न सोध्नुभएको होला। परमेश्वरले त्यस्ता दुःखीहरूको चासो लिनुहुन्छ भनेर बाइबलले देखाउँछ। [यशैया ६३:९क पढ्नुहोस्।] परमेश्वरले दुःखकष्टको अन्त गर्नुहुनेछ भनी हामी किन पक्का हुन सक्छौं भन्ने विषयमा यस पत्रिकाले बताउँछ।”