प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km04 अगस्त p. ४
  • ठीक समयमा आध्यात्मिक खाना

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ठीक समयमा आध्यात्मिक खाना
  • हाम्रो राज्य सेवकाई—२००४
  • मिल्दोजुल्दो सामग्री
  • १९९६ “ईश्‍वरीय शान्तिका सन्देशवाहकहरू” जिल्ला अधिवेशन
    हाम्रो राज्य सेवकाई—१९९६
  • यहोवा आफ्ना आनन्दित जनलाई भेला गर्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • सन्‌ १९९९ “परमेश्‍वरको भविष्यसूचक वचन” जिल्ला अधिवेशन
    हाम्रो राज्य सेवकाई—१९९९
  • १९९७ “परमेश्‍वरको वचनमा विश्‍वास” जिल्ला अधिवेशन
    हाम्रो राज्य सेवकाई—१९९७
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००४
km04 अगस्त p. ४

ठीक समयमा आध्यात्मिक खाना

१. आज इजकिएल ३६:२९ कसरी पूरा हुँदैछ?

१ सार्वभौम प्रभु यहोवा यसो भन्‍नुहुन्छ, “म आज्ञा दिनेछु, र अन्‍न प्रशस्त हुनेछ। म तिमीहरूमाथि फेरि कहिल्यै अनिकाल पठाउनेछैनँ।” (इज. ३६:२९) ती भविष्यसूचक शब्दहरू आज परमेश्‍वरका जनहरूलाई लागू हुन्छ। लाक्षणिक अर्थमा भन्‍ने हो भने, यहोवाले आफ्ना जनहरूका लागि जीवन धान्‍ने अन्‍न प्रशस्त मात्रामा उमार्नुभएको छ। हाम्रा जिल्ला अधिवेशनहरू मार्फत दिइने समसामयिक आध्यात्मिक खानाले यस तथ्यलाई स्पष्ट पार्छ।

२. ठीक समयमा आध्यात्मिक खाना वितरण गर्न यहोवाले कसरी जिल्ला अधिवेशनहरू चलाउनुभएको छ?

२ सन्‌ १९३१ मा कोलम्बसको ओहायोमा आयोजित अधिवेशनमा यहोवाले आफ्ना उपासकहरूलाई यहोवाका साक्षीहरू भन्‍ने एउटा नयाँ नाउँ ग्रहण गर्न निर्देशित गर्नुभयो। (यशै. ४३:१०-१२) प्रकाश ७:९-१७ मा बताइएको ठूलो भीड १९३५ मा ठीकसित चिनाइयो। सन्‌ १९४२ मा भाइ नोरले “शान्ति—के यो रहिरहन्छ?” भन्‍ने विषयमा भाषण दिएका थिए। त्यस भाषणले विश्‍वव्यापी प्रचारकार्यलाई जोड दियो र त्यसै कार्यको लागि वाचटावर बाइबल स्कूल अफ गिलियड स्थापना भयो। हुन त कुनै-कुनै अधिवेशनहरू विशेष गरी अविस्मरणीय भए तापनि प्रत्येक अधिवेशन नै ठीक समयमा पोसिलो आध्यात्मिक खानाले भरिभराउ टेबुल साबित भएको छ।—भज. २३:५; मत्ती २४:४५.

३. जिल्ला अधिवेशनमा उपलब्ध हुने आध्यात्मिक भोजबाट लाभ उठाउन हामीले के गर्नै पर्छ?

३ तपाईंले कत्तिको राम्रोसँग खाइरहनुभएको छ? खान अल्छी गऱ्‍यौं भने, आफ्नो वरिपरि प्रशस्त खानेकुरा हुँदाहुँदै पनि कुपोषित हुने सम्भावना हुन्छ। (हितो. २६:१५) आध्यात्मिक अर्थमा पनि त्यसै भन्‍न सकिन्छ। कुनै-कुनै अधिवेशनहरूमा धेरै जना कार्यक्रमको दौडान त्यतिकै घुमिरहेका र अरूसित गफ गरिरहेका पाइएको छ। उत्थानदायी सरसंगति अधिवेशनको एउटा महत्त्वपूर्ण पक्ष भए तापनि यसको लागि हरेक कार्यक्रमको अघि वा पछि समय छ। (उप. ३:१, ७) ध्यान दिएर हामी आफ्नो सिटमा बसेका छैनौं भने, हामीले महत्त्वपूर्ण बुँदा छुटाउन सक्छौं। यात्रा र गर्मीले गर्दा झपझप निद्रा लाग्न सक्छ। तर राती पर्याप्त मात्रामा सुत्दा अर्को दिन जागा रहन मदत पाउनुका साथै कार्यक्रममा ध्यान दिन पनि सक्नेछौं। अधिवेशन विभागका निरीक्षक तथा असाइनमेन्ट पाएका भाइहरूलाई कहिलेकाहीं कार्यक्रम चलिरहेको बेला अधिवेशनसित सम्बन्धित कुरा छलफल गर्नुपर्ने हुन सक्छ। त्यस्तो काम नपरेको बेला कार्यक्रममा ध्यान दिएर तिनीहरूले असल उदाहरण बसाल्नुपर्छ। हरेक दिन सबै जना समापन प्रार्थनाको अन्तसम्मै बस्नुपर्छ। हामीमध्ये कसैले पनि हाम्रो लागि प्रबन्ध गरिएको कुनै पनि आध्यात्मिक खाना छुटाउनुहुँदैन।—१ कोरि. १०:१२; फिलि. २:१२.

४. यहोवाले प्रबन्ध गर्नुहुने प्रचुर आध्यात्मिक खानाको लागि हामी कसरी आफूलाई धन्यवादी देखाउन सक्छौं?

४ यहोवाले प्रबन्ध गर्नुहुने प्रचुर आध्यात्मिक सत्यका कुराहरूमा हामी औधी रमाउँछौं तर मसीहीजगत्‌को खडेरी लागेको झूटा सिद्धान्तहरूको अवस्था भने नाजुक छ! (यशै. ६५:१३, १४) हामीले ‘आफूलाई धन्यवादी देखाउने’ एउटा तरिका अधिवेशनलाई यहोवाबाट सिक्ने सुअवसरको रूपमा हेरेर हो। (कल. ३:१५) वक्‍तालाई होइन, वक्‍ताले प्रस्तुत गर्ने सन्देशमा ध्यान केन्द्रित गर्नुहोस्‌ र त्यस सन्देशलाई हाम्रो महान्‌ “गुरु[बाट]” आएको सन्देशको रूपमा लिनुहोस्‌। (यशै. ३०:२०, २१; ५४:१३) एकाग्रचित्त भई ध्यान दिनुहोस्‌। मुख्य बुँदाहरूको छोटो टिपोट लिनुको महत्त्व नबिर्सनुहोस्‌, जसले तपाईंलाई हरेक साँझ कार्यक्रमका विशेषताहरू पुनरावृत्ति गर्न मात्र होइन तर पछि सेवा सभामा छलफल गरिने मौखिक पुनरावृत्तिमा भाग लिन पनि मदत गर्नेछ। जे सिक्नुहुन्छ त्यसलाई लागू गर्नुहोस्‌।

५. जिल्ला अधिवेशनहरूले हामीलाई हर्षित हुने कस्ता कारणहरू दिन्छ?

५ चाहे शरणार्थी शिविरमा होस्‌ वा युद्धग्रस्त मुलुकमा अथवा शान्तिमय वातावरणमा भव्यताका साथ नै किन नहोस्‌, आरमागेडोन आउनुअघि आयोजना हुने हरेक अधिवेशन शैतानमाथिको एउटा विजय हो! एकताबद्ध भ्रातृत्वको हैसियतमा जिल्ला अधिवेशनहरूमा एक ठाउँमा भेला हुने सुअवसरको हामी कदर गर्छौं। (इज. ३६:३८) फेरि पनि यहोवाले हामीलाई मायालुपूर्वक “समय समयमा भोजन” दिनुहुनेछ भन्‍ने कुरामा हामी विश्‍वस्त छौं।—लूका १२:४२.

[पृष्ठ ४-मा भएको पेटी]

यहोवाको टेबुलको लागि मूल्याङ्‌कन देखाउनुहोस्‌

◼ उत्कट ध्यान दिनुहोस्‌

◼ मुख्य बुँदाहरूको टिपोट लिनुहोस्‌

◼ हरेक साँझ कार्यक्रमका विशेषताहरू पुनरावलोकन गर्नुहोस्‌

◼ जे सिक्नुहुन्छ त्यसलाई लागू गर्नुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने