पत्रिकाहरूबारे के भन्ने
ब्यूँझनुहोस्! जून ८
“चिकित्सा-विज्ञानले रोगहरू विरुद्धको सङ्घर्षमा उल्लेखनीय प्रगति गरेको छ तर रोगबिमारबाट पूर्णतया मुक्त संसार के कहिल्यै देख्न सकिन्छ र? [जवाफ दिने मौका दिनुहोस्।] यस पत्रिकाले एक दिन पृथ्वीका सबै जनाले यस प्रतिज्ञा अनुरूप सिद्ध स्वास्थ्यको आनन्द उठाउनेछन् भनी बताउँछ।” यशैया ३३:२४ पढ्नुहोस्।
प्रहरीधरहरा जून १५
“वर्तमान संसारमा बच्चाहरूलाई प्रशिक्षण दिनु एउटा चुनौती नै हो भन्ने कुरामा के तपाईं सहमत हुनुहुन्न र? [जवाफ दिने मौका दिनुहोस्।] आमाबाबुहरू सफल हुन सक्ने यो आश्वासन याद गर्नुहोस्। [हितोपदेश २२:६ पढ्नुहोस्।] प्रहरीधरहरा-को यस अंकले यस चुनौतीको सामना गर्न आमाबाबुलाई मदत गर्ने व्यावहारिक सल्लाह दिन्छ।”
ब्यूँझनुहोस्! जून ८
“हामी विवाहको पवित्रतामाथि विश्वास गर्छौं भनेर थुप्रै मानिसहरूले भन्लान्। त्यसोभए किन यति धेरै विवाहहरू छुटानाममा गएर टुङ्गिन्छन् त? [जवाफ दिने मौका दिनुहोस् र पृष्ठ २० पल्टाउनुहोस्।] यस पत्रिकाले मानिसले आफ्नो विवाहलाई सुरक्षित मात्र होइन तर यसलाई साँच्चै सफल पनि तुल्याउन सक्ने तरिकाहरूबारे छलफल गर्छ।”
प्रहरीधरहरा जुलाई १
“विपत्तिहरू आइपर्दा मानिसहरू परमेश्वरले साँच्चै मानिसहरूको चिन्ता गर्नुहुन्छ कि गर्नुहुन्न र तिनीहरूले भोगिरहेको दुःखकष्ट याद गर्नुहुन्छ कि गर्नुहुन्न होला भनेर प्रश्न गर्ने गर्छन्। त्यसबारे के तपाईंले कहिल्यै सोच्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्।] आज हामीप्रति परमेश्वरले कसरी चासो देखाउनुहुन्छ र उहाँले कसरी सम्पूर्ण दुःखकष्ट नामेट पार्नुहुनेछ भन्ने कुराको आधारबारे यस पत्रिकाले छलफल गर्छ।” यूहन्ना ३:१६ पढ्नुहोस्।