पत्रिकाबारे के भन्ने
प्रहरीधरहरा जून १
“ईश्वरले हामीलाई आफ्नो जीवन कसरी बिताउने भनी छनौट गर्ने क्षमता दिनुभएको छ। तर हामी सही छनौट कसरी गर्न सक्छौं, तपाईंलाई थाह छ? [जवाफ दिने मौका दिनुहोस्। व्यवस्था ३०:२० पढ्नुहोस् र पृष्ठ २६ को लेख देखाउनुहोस्।] हामीले सही निर्णय गरेका छौं भनी देखाउन चाल्नुपर्ने तीनवटा कदमबारे यस लेखमा बताइएको छ।”
ब्यूँझनुहोस्! अप्रिल - जून
“अचेल स्कूलमा जवानहरू यौनसम्बन्धी कुराहरू गर्न धेरै रुचाउँछन्। यस्तो अवस्थामा जवानहरूले नैतिक स्वच्छता नगुमाउन के गर्न सक्छन् होला? [जवाफ दिने मौका दिनुहोस्। त्यसपछि हितोपदेश २२:३ पढ्नुहोस्। अनि पृष्ठ १६ को लेख देखाउनुहोस्।] स्कूल जाने केटाकेटीका लागि केही व्यावहारिक मदत यस लेखमा दिइएको छ।”
प्रहरीधरहरा जुला. १
“दुःखै दुःखले घेरिए तापनि सुखी हुन सकिन्छ जस्तो तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] जीवनमा आइपर्ने चुनौतीहरू सफलतापूर्वक सामना गर्न मदत गर्ने डोऱ्याइबारे यस पत्रिकामा बताइएको छ। साँचो आशाले हामीलाई अवश्यै सम्हाल्न सक्छ भनेर पनि यसमा बताइएको छ।” प्रकाश २१:३, ४ पढ्नुहोस्।
ब्यूँझनुहोस्! जुला. - सेप्टे.
“आतंकवाद नयाँ कुरा होइन तर अहिले आएर यसले झनै उग्र रूप लिएको छ र सबैलाई असर पार्नेगरि संसारभरि फैलिएको छ। यसको कारण के हो जस्तो तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] आतंकवादको अन्त कहिले हुनेछ र परमेश्वरले पृथ्वीमा कसरी साँचो शान्ति ल्याउनुहुनेछ भनी ब्यूँझनुहोस्!-को यस अंकमा बाइबलबाट स्पष्ट पारिएको छ।” मीका ४:४ पढ्नुहोस्।