प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km04 डिसेम्बर p. ५
  • क्षेत्रीय सम्मेलनको पुनरावृत्ति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • क्षेत्रीय सम्मेलनको पुनरावृत्ति
  • हाम्रो राज्य सेवकाई—२००४
  • मिल्दोजुल्दो सामग्री
  • विशेष सम्मेलन दिनको पुनरावृत्ति
    हाम्रो राज्य सेवकाई—२००४
  • सम्मेलन कार्यक्रमहरू पुनरावृत्ति गर्ने नयाँ प्रबन्ध
    हाम्रो राज्य सेवकाई—२००४
  • नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रम
    हाम्रो राज्य सेवकाई—२००४
  • क्षेत्रीय सम्मेलनको पुनरावृत्ति
    हाम्रो राज्य सेवकाई—२००५
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००४
km04 डिसेम्बर p. ५

क्षेत्रीय सम्मेलनको पुनरावृत्ति

यो विषयवस्तु सन्‌ २००५ सेवा वर्षको दौडान हुने क्षेत्रीय सम्मेलन कार्यक्रमको पूर्वालोकन र पुनरावृत्ति गर्न चलाइनेछ। यसै परिशिष्टको पृष्ठ ४ मा दिइएको “सम्मेलन कार्यक्रमहरू पुनरावृत्ति गर्ने नयाँ प्रबन्ध” भन्‍ने लेखले यो पुनरावृत्ति सञ्चालन गर्ने तरिका बताउँछ। पुनरावृत्तिको दौडान सबै प्रश्‍नको छलफल गर्न भ्याउने गरी समय आफै हिसाब गरेर छुट्याउनुहोस्‌। प्रस्तुत गरिएको जानकारी हामी कसरी लागू गर्न सक्छौं भन्‍ने कुरामा पुनरावृत्ति केन्द्रित हुनुपर्छ।

पहिलो दिन बिहानको [वा अपराह्नको] कार्यक्रम

१. कुन कुराले हामीलाई ईश्‍वरीय बुद्धि प्राप्त गर्न मदत गर्नेछ?

२. धेरैभन्दा धेरै मानिसहरूलाई सुसमाचार सुनाउन क्षेत्रका भाइबहिनीहरूले के-कस्ता प्रयासहरू गरेका छन्‌?

पहिलो दिन अपराह्नको [वा साँझको] कार्यक्रम

३. मसीहीहरू भित्री तवरमा बिटुलो नहुनु किन अत्यावश्‍यक छ? यसको लागि हामीले के गर्नुपर्छ?

४. हामी कसरी आफ्ना भाइहरूसित शान्तिमा रहेको देखाउन सक्छौं?

५. व्यावहारिकता भनेको के हो र समय सदुपयोग गर्ने सन्दर्भमा हामी कसरी यो प्रदर्शन गर्न सक्छौं?

६. शाऊल र नूहको उदाहरणबाट हामी के सिक्छौं? “आज्ञा मान्‍न तयार” छौं भन्‍ने कुरा हामी कुन-कुन तरिकाहरूमा देखाउन सक्छौं? (याकू. ३:१७, NW)

७. दोहोरो जीवन बिताउनदेखि मसीहीहरू कसरी होसियार रहन सक्छन्‌?

८. परमेश्‍वरको बुद्धिका कुराहरू बोल्ने सन्दर्भमा हामी कसरी पावलको उदाहरण अनुकरण गर्न सक्छौं?

दोस्रो दिन बिहानको कार्यक्रम

९. कामकुरा छनौट गर्ने सन्दर्भमा हामी किन होसियार हुनै पर्छ र यसो गर्न हामीलाई कुन कुराले मदत दिनेछ?

१०. नियमित रूपमा सभाहरूमा उपस्थित हुन क्षेत्रका भाइबहिनीहरूले कस्ता प्रयासहरू गरिरहेका छन्‌ र यसो गर्दा उनीहरूले कसरी लाभ उठाएका छन्‌?

११. परिवारका शिरहरूले कसरी आफ्नो परिवारलाई बलियो बनाउन सक्छन्‌?

१२. क्षेत्रका कस्ता आवश्‍यकताहरूप्रति हाम्रो ध्यान खिचियो?

दोस्रो दिन अपराह्नको कार्यक्रम

१३. जनभाषणमा बताइएझैं माथिबाट आउने बुद्धिले कस्ता धार्मिक कार्यहरू सम्पन्‍न भएका छन्‌?

१४. आफैमाथि वा ईश्‍वरीय बुद्धिअनुसार नचल्ने व्यक्‍तिहरूमाथि भरोसा गर्नु किन बुद्धिमानी कुरा होइन? कुन-कुन क्षेत्रमा हामी होसियार हुनु जरुरी छ?

१५. ईश्‍वरीय बुद्धिले हामीलाई कस्ता खतराहरूबाट जोगाउँछ?

१६. क्षेत्रीय सम्मेलन कार्यक्रममा प्रदान गरिएको सल्लाह लागू गर्नु किन अत्यावश्‍यक छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने