क्षेत्रीय सम्मेलनको पुनरावृत्ति
सन् २००६ सेवा वर्षको क्षेत्रीय सम्मेलनमा उपस्थित हुनुभन्दा केही अघि र केही पछिको सेवा सभामा यो विषयवस्तु प्रयोग गरिनेछ। डिसेम्बर २००४ को हाम्रो राज्य सेवकाई, पृष्ठ ४ मा दिइएको निर्देशनअनुसार मण्डलीका अध्यक्षले पूर्वालोकन र पुनरावृत्ति गर्ने प्रबन्ध मिलाउनेछन्। प्रस्तुत जानकारी कसरी प्रयोग गर्न सक्छौं, त्यसमा पुनरावृत्ति केन्द्रित गर्दै सबै प्रश्नहरू सोध्नुपर्छ।
पहिलो दिन
१. नयाँ स्वभाव कसरी धारण गर्न सक्छौं र यसलाई किन सुरक्षित राख्नै पर्छ?
२. कसै-कसैले प्रचारकार्यमा अझ बढी समय कसरी बिताउन सकेका छन्?
३. अरूसित किन आफ्नो तुलना गर्नु हुँदैन?
४. परिवारका प्रत्येक सदस्यले कसरी नयाँ स्वभाव प्रकट गर्न सक्छन्?
५. मण्डलीले गरेका विभिन्न प्रबन्धहरूलाई वफादार भई कसरी समर्थन गर्न सक्छौं?
६. हामीले क्षेत्र सेवकाईमा नयाँ स्वभाव देखाउनु किन आवश्यक छ?
७. ठीकसँग मनन गर्नुको अर्थ के हो र यसरी मनन गर्दा हामी कसरी लाभ उठाउन सक्छौं?
८. हामीसित कस्ता गुणहरू छन् भने यहोवाले हामीलाई सजिलै आकार दिन सक्नुहुन्छ?
दोस्रो दिन
९. हामीले आफ्नो जिब्रो ठीकसँग चलाउनु किन महत्त्वपूर्ण छ?
१०. सहकर्मी, सहपाठी अनि अरूसित राम्रो कुराकानी गर्दा के-कस्ता फाइदाहरू हुन्छन्?
११. सँगी विश्वासीहरूसित व्यवहार गर्दा एफिसी ४:२५-३२ मा पावलले दिएका सल्लाह कसरी प्रयोग गर्न सक्छौं?
१२. हामी आफ्नो जिब्रो कसरी सबैभन्दा आदरणीय ढङ्गमा प्रयोग गर्न सक्छौं?
१३. शैतानलाई जित्न हामीले के गर्नै पर्छ?
१४. जीवनका कुन-कुन पक्षमा दुनियाँबाट निष्कलङ्क रहन हामीले प्रयत्न गर्नुपर्छ?
१५. हामीले किन र कसरी आफ्नो भित्री मनुष्यत्वलाई दिनदिनै नयाँ बनाउनै पर्छ?
१६. यस वर्षको क्षेत्रीय सम्मेलन कार्यक्रममा सिकेका के-कस्ता सरसल्लाह तपाईंले प्रयोगमा ल्याउने विचार गर्नुभएको छ?