विशेष सम्मेलन दिनको पुनरावृत्ति
यो विषयवस्तु सन् २००५ सेवा वर्षको दौडान हुने विशेष सम्मेलन दिन कार्यक्रमको पूर्वालोकन र पुनरावृत्ति गर्न चलाइनेछ। यसै परिशिष्टको पृष्ठ ४ मा दिइएको “सम्मेलन कार्यक्रमहरू पुनरावृत्ति गर्ने नयाँ प्रबन्ध” भन्ने लेखले यो पुनरावृत्ति सञ्चालन गर्ने तरिका बताउँछ। पुनरावृत्तिको दौडान सबै प्रश्नको छलफल गर्न भ्याउने गरी समय आफै हिसाब गरेर छुट्याउनुहोस्। प्रस्तुत गरिएको जानकारी हामी कसरी लागू गर्न सक्छौं भन्ने कुरामा पुनरावृत्ति केन्द्रित हुनुपर्छ।
बिहानको कार्यक्रम
१. यहोवाको कुरा सुन्नुपर्ने आवश्यकता किन झन्-झनै बढिरहेको छ? सुन्नुको अर्थ के हो? (“किन यहोवाको सोर सुन्ने”)
२. परिवारहरूले कसरी आध्यात्मिक गतिविधिको राम्रो तालिका कायम राख्न सक्छन्? (“नअलमलीकन परमेश्वरको वचन सुन्ने परिवारहरू”)
३. क्षेत्रका भाइबहिनीहरूले अनौपचारिक साक्षी दिने कस्तो मौकाको फाइदा उठाएका छन्? (“सबै परमेश्वरकै महिमाको निम्ति गर्ने”)
४. हिब्रू अध्याय ३ र ४ मा पाइने चेतावनीमूलक उदाहरणबाट हामी कस्ता पाठहरू सिक्न सक्छौं? यहोवा आज हामीसित कसरी कुरा गरिरहनुभएको छ? (“परमेश्वरले बोल्नुहुँदा सुन्दा हाम्रो सुरक्षा हुन्छ”)
५. बप्तिस्मा भाषणबाट तपाईंले कसरी लाभ उठाउनुभयो? (“समर्पण तथा बप्तिस्मा”)
अपराह्नको कार्यक्रम
६. युवावस्थामा येशू कस्तो हुनुहुन्थ्यो र क्षेत्रका युवाहरूले कसरी उहाँको उदाहरण अनुकरण गरिरहेका छन्? (“ध्यानपूर्वक परमेश्वरको वचन सुन्दा कसरी हाम्रा युवाहरू सुदृढ हुन्छन्”)
७. यहोवाका तौरतरिकाहरूमा आफ्नो साना बच्चा तथा छोराछोरीलाई प्रशिक्षण दिन थाल्ने केही तरिकाहरू के-के हुन्? (“परमेश्वरको कुरा सुन्ने तथा सिक्ने साना केटाकेटीहरू”)
८. हामीले यहोवा, उहाँको पुत्र, र “विश्वासी र बुद्धिमान दास[को]” कुरा सुन्नुपर्ने केही खास क्षेत्रहरू के-के हुन्? (मत्ती २४:४५) हामीले यसो गर्नु किन अत्यावश्यक छ? (“ईश्वरीय निर्देशनलाई निरन्तर ध्यान दिइरहनुहोस्”)