प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km04 सेप्टेम्बर p. ४
  • बाइबलको सदुपयोग गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबलको सदुपयोग गर्नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—२००४
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईं आफ्नो सेवकाई पूर्ण रूपमा पूरा गर्दै हुनुहुन्छ?
    हाम्रो राज्य सेवकाई—२००१
  • पत्रिका प्रस्तुत गर्न कसरी तयारी गर्ने
    हाम्रो राज्य सेवकाई—२००६
  • प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने भाग ३:
    हाम्रो राज्य सेवकाई—२००४
  • बाइबल पद प्रभावकारी ढङ्‌गमा प्रस्तुत गर्नुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००४
km04 सेप्टेम्बर p. ४

बाइबलको सदुपयोग गर्नुहोस्‌

१. क्षेत्र सेवकाईको लागि तयारी गर्दा तपाईं के गर्न सक्नुहुन्छ?

१ सेवकाईमा जुनसुकै साहित्य प्रस्तुत गर्ने योजना बनाए तापनि सुन्‍नेहरूलाई पढेर सुनाउनको लागि सोच्न लगाउने शास्त्रपद छान्‍नु लाभदायी हुन्छ। (हिब्रू ४:१२) तपाईंले प्रस्तुत गर्नुहुने प्रकाशनमा चलाइएको शास्त्रपद छान्दा त्यसले प्रभावकारी ढङ्‌गमा प्रकाशन प्रस्तुत गर्न योगदान पुऱ्‍याउँछ। यसरी शास्त्रपद चलाउँदा हामी परमेश्‍वरको वचन श्रोताको हृदयसम्म पुऱ्‍याउन सक्छौं। गैर-मसीही धर्मका मानिसहरू तथा मसीहीहरूलाई मन नपराउने व्यक्‍तिहरूले समेत साधारणतया बाइबललाई आदर गर्ने गर्छन्‌।

२. (क) शास्त्रपद चलाएर हामी कसरी आफ्नो प्रस्तुति सुरु गर्न सक्छौं? (ख) तपाईंको इलाकाका मानिसहरूलाई कस्ता धर्मशास्त्रीय विषयहरू मनपर्छ?

२ शास्त्रपद चलाएर सुरु गर्नुहोस्‌: कोही-कोही प्रकाशकहरूले पढ्‌न लागेको बाइबल पदबारे घरधनीको दृष्टिकोण बुझ्ने एउटा सरल प्रश्‍न सोधेर आफ्नो प्रस्तुति सुरु गर्ने गर्छन्‌। यसले तुरुन्ता-तुरुन्तै परमेश्‍वरको वचनतर्फ ध्यानाकर्षित गर्छ। कतै निम्न परिचयहरू तपाईंको इलाकामा प्रभावकारी साबित हुन सक्छन्‌ कि?

◼ “तपाईंसित यी परिवर्तनहरू ल्याउन सक्ने शक्‍ति भइदिएको भए के तपाईं त्यसो गर्नुहुने थियो?” प्रकाश २१:४ पढ्‌नुहोस्‌।

◼ “हामी यस्तो डरलाग्दो समयमा बाँचिरहनुको कारणबारे के तपाईंले कहिल्यै सोच्नुभएको छ?” २ तिमोथी ३:१-५ पढ्‌नुहोस्‌।

◼ “सबैले यो सल्लाह पालन गरेको खण्डमा के तपाईंलाई हाम्रो समाज राम्रो ठाउँ हुनेछ जस्तो लाग्छ?” मत्ती ७:१२ पढ्‌नुहोस्‌।

◼ “वर्तमान समयको समस्याग्रस्त अवस्थाहरूलाई विचार गर्दा, के तपाईंलाई आफ्ना छोराछोरीले यहाँ वर्णन गरिएका अवस्थाहरूको आनन्द उठाउन सक्लान्‌ जस्तो लाग्छ?” भजन ३७:१०, ११ पढ्‌नुहोस्‌।

◼ “रोग तथा बिरामी बढिरहेको यस संसारमा के तपाईंलाई यी शब्दहरू पूरा हुने समय आउला जस्तो लाग्छ?” यशैया ३३:२४ पढ्‌नुहोस्‌।

◼ “यहाँ उल्लिखित सरकार परिवर्तनको विषयमा के तपाईंले सुन्‍नुभएको छ?” दानियल २:४४ पढ्‌नुहोस्‌।

◼ “के तपाईंलाई कहिल्यै यो प्रश्‍न परमेश्‍वरलाई सोध्न मन लागेको थियो?” अय्यूब २१:७.

◼ “के हाम्रा मृत प्रियजनलाई फेरि भेट्‌नु सम्भव छ?” यूहन्‍ना ५:२८, २९ पढ्‌नुहोस्‌।

◼ “के मरेका व्यक्‍तिहरूलाई जीवितहरूले के गरिरहेका छन्‌ भनी थाह हुन्छ?” उपदेशक ९:५ पढ्‌नुहोस्‌।

३. हामी कसरी मानिसहरूलाई आफूले पढ्‌ने बाइबल पदहरू बुझ्न मदत गर्न सक्छौं?

३ बुझीउनुहोस्‌, दृष्टान्त चलाउनुहोस्‌ र लागू गर्नुहोस्‌: कुनै व्यक्‍ति कुरा गर्न चाहन्छन्‌ भने, छलफलको दौडान हतार नगर्नुहोस्‌। तपाईंले पढ्‌नुहुने शास्त्रपदबारे बुझाउन, दृष्टान्त चलाएर बताउन र लागू गर्न समय लगाउनुहोस्‌ किनकि यसो गर्दा उक्‍त व्यक्‍तिले राम्रोसँग बुझ्न सक्छन्‌। (नहे. ८:८) परमेश्‍वरको वचनले सिकाउने कुरालाई बुझेर त्यसलाई स्वीकार्दा यसले उनीहरूको जीवनमा आमूल परिवर्तनहरू ल्याउन सक्छ।—१ थिस्स. २:१३.

४. पुनःभेट गर्दा हामी कसरी बाइबलको सदुपयोग गर्न सक्छौं?

४ चासो जगाउने प्रयत्न गर्नुहुँदा बाइबलको सदुपयोग गरिरहनुहोस्‌। पुनःभेटहरू गर्दा पनि तपाईं यही तरिका अपनाउन सक्नुहुन्छ: (१) उपयुक्‍त शास्त्रपद छान्‍नुहोस्‌। (२) पदबारे दृष्टिकोण बुझ्ने एउटा सरल प्रश्‍न सोध्नुहोस्‌। त्यसपछि त्यो पद पढ्‌नुहोस्‌। (३) बुझाउनुहोस्‌, दृष्टान्त चलाएर बताउनुहोस्‌ र यसलाई लागू गर्नुहोस्‌। पुनःभेट गरेपिच्छे त्यस व्यक्‍तिमा भएको परमेश्‍वरको वचनको ज्ञान बढाउने प्रयास गर्नुहोस्‌। एक न एक दिन बाइबल अध्ययन गर्न चाहने व्यक्‍ति कसो नभेट्टिएला!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने