प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km04 डिसेम्बर पृ. १
  • प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने
  • हाम्रो राज्य सेवकाई—२००४
  • मिल्दोजुल्दो सामग्री
  • प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने
    हाम्रो राज्य सेवकाई—२००५
  • प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने
    हाम्रो राज्य सेवकाई—२००४
  • सिकाउनको लागि राम्ररी तयारी गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००९
  • बाइबल विद्यार्थीलाई बप्तिस्मासम्म पुग्न कसरी मदत गर्न सकिन्छ?—भाग १
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००४
km04 डिसेम्बर पृ. १

प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने

भाग ४: तयारी गर्न विद्यार्थीहरूलाई प्रशिक्षण दिने

१ अध्ययन गर्ने पाठ पहिल्यै पढ्‌ने, जवाफमा चिह्न लगाउने र त्यसलाई आफ्नै शब्दमा कसरी बताउन सकिन्छ भनी सोच्ने विद्यार्थीले साधारणतया छिटो आध्यात्मिक प्रगति गर्छ। त्यसकारण नियमित रूपमा अध्ययन हुन थालेपछि तयारी गर्ने तरिका सिकाउन विद्यार्थीसँगै बसेर पाठ तयारी गर्नुहोस्‌। अधिकांश विद्यार्थीहरूसित सँगै बसेर पूरै अध्याय वा पाठ तयारी गर्नु मदतकारी हुनेछ।

२ चिह्न लगाउने र नोट लेख्ने: छापिएको प्रश्‍नको ठीक जवाफ पत्ता लगाउने तरिका बताउनुहोस्‌। मुख्य शब्दहरू वा वाक्यहरूमा मात्रै चिह्न लगाएको अध्ययन गर्ने तपाईंको प्रकाशन विद्यार्थीलाई देखाउनुहोस्‌। विषयवस्तु छलफल गर्दै जाँदा आफ्नो प्रतिमा जवाफ सम्झिन मदत गर्ने आवश्‍यक बुँदामा मात्रै चिह्न लगाएर उसले तपाईंको उदाहरण पछ्याउन चाहन सक्छ। (लूका ६:४०) त्यसपछि उसलाई आफ्नै शब्दमा जवाफ दिन लगाउनुहोस्‌। यसो गर्दा छलफल गरिंदै गरेको विषयवस्तु उसले कत्तिको राम्ररी बुझ्यो, सो तपाईंले थाह पाउनुहुनेछ।

३ उद्धरण नगरिएका शास्त्रपदहरू होसियारीसाथ जाँच्नु अध्ययनको लागि तयारी गर्दा विद्यार्थीले छुटाउन नहुने एउटा महत्त्वपूर्ण पक्ष हो। (प्रेरि. १७:११) सबै उद्धृत शास्त्रपदहरूले अनुच्छेदमा दिइएको बुँदालाई समर्थन गर्छ भन्‍ने कुरा बुझ्न उसलाई मदत गर्नुहोस्‌। अध्ययन गर्ने प्रकाशनको छेउमा ससानो नोट लेख्ने तरिका उसलाई देखाउनुहोस्‌। उसले सिकिरहेको कुराको आधार बाइबल हो भनेर उसलाई बुझाउनुहोस्‌। अध्ययनको दौडान आफ्नो टिप्पणीमा उद्धृत शास्त्रपदहरू प्रशस्त मात्रामा चलाउन उसलाई प्रोत्साहन दिनुहोस्‌।

४ सरसरती हेर्ने र पुनरावृत्ति गर्ने: विद्यार्थीले अध्ययन गर्नुपर्ने विषयवस्तुको विस्तृत तयारी सुरु गर्नुभन्दा अगाडि विषय सरसरती हेर्नु उसको लागि निकै मदतकारी हुनेछ। संक्षिप्तमा अध्यायको मुख्य शीर्षक, उपशीर्षक तथा चित्रहरू हेरेर विषयवस्तु सरसरती हेर्न सकिन्छ भनी बुझाउनुहोस्‌। तयारी गरी सिध्याउनुअघि पाठमा दिइएका मुख्य बुँदाहरू पुनरावलोकन गर्न समय निकाल्नु बेस हुन्छ भनी बताउनुहोस्‌। यसको लागि यदि पुनरावृत्ति पेटी दिइएको छ भने त्यो चलाउन सकिन्छ। यसरी दोहऱ्‍याइ-तेहऱ्‍याइ सम्झाउँदा सम्झनुपर्ने कुराहरू उसले मनमा राखिराख्न सक्नेछ।

५ आफ्नो अध्ययनको लागि राम्रोसँग तयारी गर्न विद्यार्थीलाई प्रशिक्षण दिंदा उसले मण्डलीका सभाहरूमा अर्थपूर्ण टिप्पणीहरू दिन मदत पाउनेछ। यसले उसलाई व्यक्‍तिगत बाइबल अध्ययन सिद्धिसकेपछि पनि पछिसम्म लाभ पुऱ्‍याउने अध्ययन गर्ने बानी विकास गर्न मदत दिनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने