नो ब्लड—मेडिसिन मिट्स द च्यालेन्ज भन्ने भिडिओबाट लाभ उठाउनुहोस्
रक्तविहीन उपचारको क्षेत्रमा उपलब्ध विकल्पहरूबारे तपाईंलाई कत्तिको जानकारी छ? रक्तक्षेपणका केही विकल्पहरू के-के हुन् र ती विकल्पहरूले कसरी काम गर्छन्, के तपाईंलाई थाह छ? यो भिडिओ हेर्नुहोस् र निम्न प्रश्नहरू सोधेर आफ्नो ज्ञान जाँच्नुहोस्।—सूचना: यस भिडिओमा शल्यक्रिया गरेका छोटो-छोटो दृश्यहरू पनि समावेश गरिएको कारण आफ्ना साना छोराछोरीहरूलाई यो भिडिओ हेर्न दिने कि नदिने भन्ने सन्दर्भमा आमाबाबुहरूले विवेक चलाउनुपर्छ।
(१) यहोवाका साक्षीहरूले रक्तक्षेपण इन्कार गर्नुको मुख्य कारण के हो र बाइबलमा त्यो सिद्धान्त कहाँ पाइन्छ? (२) स्वास्थ्योपचारको सन्दर्भमा हामी के चाहन्छौं? (३) बिरामीहरूको कस्तो मौलिक अधिकार हुन्छ? (४) रक्तक्षेपण इन्कार गर्नु किन विचारणीय तथा गहन जिम्मेवारी हो? (५) धेरै रगत बगेमा डाक्टरहरूले तुरुन्त चाल्न सक्ने दुईवटा कदम के-के हुन्? (६) रक्तक्षेपण गर्दा कस्ता स्वास्थ्य समस्याहरू आइपर्न सक्छन्? (७) शल्यक्रियाको दौडान धेरै रगत बग्न नदिन शल्य-चिकित्सकहरूसित कस्ता साधनहरू उपलब्ध छन्? (८) रक्तक्षेपणका विकल्पबारे तपाईं कस्तो जानकारी चाहनुहुन्छ? (९) के गम्भीर तथा जटिल शल्यक्रियाहरू पनि रक्तक्षेपणविना गर्न सकिन्छ? (१०) यहोवाका साक्षीहरूका लागि के गर्न इच्छुक चिकित्सकहरूको संख्या बढ्दो छ र सबै बिरामीहरूको लागि अन्ततः कस्तो स्तर बन्न सक्छ?
भिडिओमा देखाइएका कुनै पनि उपचार स्वीकार्ने कि नस्वीकार्ने भन्ने कुरा व्यक्तिविशेषले आफ्नो अन्तस्करण अनुरूप निर्णय गर्ने कुरा हो।—सन् २००४ जून १५ को प्रहरीधरहरा, पृष्ठ २२-२४, २९-३१ र सन् २००० अक्टोबर १५ को प्रहरीधरहरा, पृष्ठ ३०-३१ हेर्नुहोस्।