प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km05 १/०५ पृ. १
  • “विश्‍वासको वचनमा पुष्ट भएर”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “विश्‍वासको वचनमा पुष्ट भएर”
  • हाम्रो राज्य सेवकाई—२००५
  • मिल्दोजुल्दो सामग्री
  • “हरेक सुकर्ममा पूर्णरूपले सुसज्जित”
    हाम्रो राज्य सेवकाई—१९९८
  • सभाहरूले जवान मानिसहरूलाई फाइदा पुऱ्‍याउँछन्‌
    हाम्रो राज्य सेवकाई—२०००
  • के तपाईंले सन्तुलित आध्यात्मिक आहार खाइरहनुभएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • “उहाँले दुर्बलहरूलाई बल दिनुहुन्छ”
    हाम्रो राज्य सेवकाई—२००७
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००५
km05 १/०५ पृ. १

“विश्‍वासको वचनमा पुष्ट भएर”

१ ईश्‍वरभक्‍तिको जीवन बिताउन खूबै मेहनत गर्नुपर्छ। (१ तिमो. ४:७-१०) आफ्नो बलबुतामा मात्रै भर पऱ्‍यौं भने त हामी छिटै थकित हुनेछौं र यस्तो मार्गमा हिड्‌ने प्रयास गर्दा-गर्दा थाकेर ढल्नेछौं। (यशै. ४०:२९-३१) यहोवाबाट बल प्राप्त गर्न सक्ने एउटा तरिका “विश्‍वासको वचनमा पुष्ट भएर” हो।—१ तिमो. ४:६, NRV.

२ प्रशस्त आध्यात्मिक भोजन: आफ्नो वचन तथा “विश्‍वासी र बुद्धिमान दास[मार्फत]” यहोवाले प्रशस्त आध्यात्मिक भोजन पस्कनुहुन्छ। (मत्ती २४:४५) यसबाट लाभ उठाउन के हामीले आफ्नोतर्फबाट गर्नुपर्ने काम गरिरहेका छौं? के हामी दिनहुँ बाइबल पढ्‌छौं? व्यक्‍तिगत अध्ययन र मनन गर्न के हामीले निश्‍चित समय छुट्याएका छौं? (भज. १:२, ३) यस्तो स्वास्थ्यवर्धक आध्यात्मिक खुराकले हामीलाई बल दिन्छ र शैतानको संसारका शिथिल पार्ने असरहरूबाट जोगाउँछ। (१ यूह. ५:१९) स्वास्थ्यवर्धक कुराहरूले आफ्नो मन भऱ्‍यौं र त्यसलाई आफ्नो जीवनमा लागू गऱ्‍यौं भने यहोवा हामीसित हुनुहुनेछ।—फिलि. ४:८, ९.

३ मण्डलीका सभाहरू मार्फत पनि यहोवाले हामीलाई बलियो बनाउनुहुन्छ। (हिब्रू १०:२४, २५) यी भेलाहरूमा पाइने आध्यात्मिक निर्देशन तथा स्वास्थ्यवर्धक संगतिले हामीलाई परीक्षाहरूको बावजुद दृढ रहन बलियो बनाउँछ। (१ पत्रु. ५:९, १०) एक जना मसीही युवतीले यसो भनिन्‌: “दिनभरि स्कूलमा बिताइसकेपछि म लखतरान हुन्छु। तर सभाहरू मरुद्यानजस्तै हुन्‌ जहाँ म भोलिपल्ट स्कूल जान फेरि नयाँ स्फूर्ति पाउँछु।” सभाहरूमा उपस्थित हुन प्रयास गर्दा हामीले अवश्‍यै आशिष्‌ पाउँछौं!

४ सत्य घोषणा गर्ने: अरूलाई प्रचार गर्नु येशूको लागि भोजनसरह थियो। यसले उहाँलाई बल दियो। (यूह. ४:३२-३४) त्यस्तै गरी, परमेश्‍वरले गर्नुभएका अद्‌भुत प्रतिज्ञाहरूबारे अरूलाई बताउँदा हामी पुनः बलियो भएको महसुस गर्छौं। सेवकाईमा व्यस्त रहँदा पनि हाम्रो हृदय र मन परमेश्‍वरको राज्य अनि चाँडै प्राप्त हुने आशिष्‌हरूमा केन्द्रित रहन्छ। त्यसले हामीलाई साँच्चै स्फूर्ति दिन्छ।—मत्ती ११:२८-३०.

५ यहोवाले आज आफ्ना जनहरूलाई पस्केर दिइरहनुभएको प्रशस्त आध्यात्मिक पोषण पाएर हृष्टपुष्ट हुन पाउनु हाम्रो लागि साह्रै ठूलो आशिष्‌को कुरा हो! हर्षविभोर भई हामी निरन्तर उहाँको प्रशंसा गरिरहन सकौं।—यशै. ६५:१३, १४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने