प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km05 १/०५ पृ. ७
  • प्रश्‍न पेटी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रश्‍न पेटी
  • हाम्रो राज्य सेवकाई—२००५
  • मिल्दोजुल्दो सामग्री
  • प्राकृतिक प्रकोपपछि हामी कसरी मदत गर्न सक्छौँ?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • सहयोगी हात कसरी अघि सार्ने?
    हाम्रो राज्य सेवकाई—२००५
  • शाखा कार्यालयमा कस्तो काम गरिन्छ?
    आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?
  • स्थानीय र विश्‍वव्यापी तवरमा राज्यसम्बन्धी गतिविधिलाई सहयोग गर्नुहोस्‌
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००५
km05 १/०५ पृ. ७

प्रश्‍न पेटी

◼ अन्य मुलुकका खाँचोमा परेका भाइहरूको लाभको लागि अनुदान दिने सबैभन्दा उत्तम तरिका के हो?

कहिलेकाहीं हामी अर्कै मुलुकका भाइहरूको विषयमा सुन्छौं जसलाई सतावट, प्राकृतिक प्रकोप वा अन्य कठिन परिस्थितिहरूको कारण भौतिक कुराको खाँचो परिरहेको हुन्छ। कुनै खास व्यक्‍तिविशेष, मण्डली अथवा एउटा निश्‍चित भवन निर्माण परियोजनालाई मदत गर्न रकम प्रयोग गरियोस्‌ भनेर आग्रह गर्दै कोही-कोही भाइहरू यस्ता मुलुकका शाखा कार्यालयहरूलाई सीधै रकम पठाउन उत्प्रेरित भएका छन्‌।—२ कोरि. ८:१-४.

सँगी विश्‍वासीहरूप्रतिको यस्तो मायालु चासो सराहनीय भए तापनि अक्सर अनुदान दिने व्यक्‍तिले सोचेको आवश्‍यकताभन्दा अरू नै बढी महत्त्वपूर्ण आवश्‍यकताहरू हुन्छन्‌। कुनै-कुनै अवस्थामा त अनुदान दिने व्यक्‍तिले मदत गर्न चाहेको आवश्‍यकता पूरा गरिसकिएको हुन्छ। निस्सन्देह, विश्‍वव्यापी कार्य, राज्यभवन कोष अथवा प्राकृतिक प्रकोप राहत कार्यका लागि शाखा कार्यालयलाई अनुदानहरू पठाउँदा ती अनुदान दिइएका रकमहरू अनुदान दिने व्यक्‍तिले भनेअनुसारै प्रयोग गरिनेछन्‌ भन्‍ने कुरामा हामी ढुक्क हुन सक्छौं।

अचानक परिआउने आवश्‍यकताहरू थाह पाउने बित्तिकै कदम चाल्न सबै शाखाका भाइहरूलाई विस्तृत प्रशिक्षण दिइएको छ। यस विषयमा शाखा कार्यालयले सधैं परिचालक निकायलाई खबर गरिरहन्छ। थप सहयोगको खाँचो परेमा मदतको लागि परिचालक निकायले नजिकका शाखाहरूलाई गुहार्न सक्छ अथवा मुख्यालयबाट सीधै कोषहरू पठाइन सक्छ।—२ कोरि. ८:१४, १५.

त्यसकारण विश्‍वव्यापी कार्य, अन्य मुलुकहरूमा भइरहेको निर्माण परियोजना अथवा प्राकृतिक प्रकोप राहत कार्यका लागि पठाइने सबै अनुदानहरू कि त मण्डलीमार्फत नभए सीधै तपाईं बस्ने ठाउँको शाखा कार्यालयलाई पठाउनुपर्छ। यस प्रकार, परिचालक निकायले स्थापना गरेका संगठनात्मक प्रबन्धहरू मार्फत “विश्‍वासी र बुद्धिमान दास[ले]” शिष्ट रूपले विश्‍वव्यापी भ्रातृत्वका आवश्‍यकताहरू शिष्ट रूपले पूरा गर्छ।—मत्ती २४:४५-४७; १ कोरि. १४:३३, ४०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने