प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km05 १/०५ p. ८
  • पत्रिकाहरूबारे के भन्‍ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रिकाहरूबारे के भन्‍ने
  • हाम्रो राज्य सेवकाई—२००५
  • मिल्दोजुल्दो सामग्री
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००६
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००७
  • पत्रिकाबारे के भन्‍ने?
    हाम्रो राज्य सेवकाई—२००८
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००४
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००५
km05 १/०५ p. ८

पत्रिकाहरूबारे के भन्‍ने

प्रहरीधरहरा जन. १५

“हामी सबैजना आफ्नो र आफ्ना छोराछोरीको लागि सर्वोत्तम जीवन चाहन्छौं तर धेरैलाई यस्तो जीवन प्राप्त गर्न सकिंदैन जस्तो लाग्छ। के तपाईंलाई हामी आफ्नो भविष्यलाई नियन्त्रण गर्न सक्छौं जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] हामी शक्‍तिहीन छैनौं तर अहिले हामीले गर्ने छनौटहरूमा हाम्रो भविष्य निर्भर हुन्छ भनेर यस पत्रिकाले बाइबलबाट बताउँछ।” व्यवस्था ३०:१९ पढ्‌नुहोस्‌।

ब्यूँझनुहोस्‌! जन. ८

“सामाजिक कार्यकर्ता तथा अन्य निकायहरूको अथक प्रयासको बावजुद एड्‌स-बारे गलत धारणाहरू व्याप्त छन्‌। [“एड्‌स-बारे गलत धारणाहरू” भन्‍ने पेटी देखाउनुहोस्‌ र जवाफ दिने मौका दिनुहोस्‌।] यस अंकमा यस्ता गलत धारणाहरू लगायत हामी कसरी यसबाट पीडित व्यक्‍तिहरूलाई सान्त्वना दिन सक्छौं भन्‍ने कुरा छलफल गरिएको छ। यसमा परमेश्‍वरले हाम्रो लागि राखिदिनुभएको आशाबारे पनि बताइएको छ।” यशैया ३३:२४ पढ्‌नुहोस्‌।

प्रहरीधरहरा फेब्रु. १

“आज धेरै मानिसहरू थिचोमिचो र हिंसाको सिकार हुनु साह्रै दुःखलाग्दो कुरा हो नि, होइन र? [भर्खरै घटेको कुनै स्थानीय घटना उल्लेख गर्नुहोस्‌ र जवाफ दिने मौका दिनुहोस्‌।] यस पत्रिकामा परमेश्‍वरले मानिसको जीवनलाई कस्तो ठान्‍नुहुन्छ भन्‍ने विषयमा छलफल गरिएको छ। आज व्याप्त दुःखकष्टबाट उहाँले हामीलाई कसरी मुक्‍त गर्नुहुनेछ भन्‍ने कुरा पनि यसमा बताइएको छ।” भजन ७२:१२-१४ पढ्‌नुहोस्‌।

ब्यूँझनुहोस्‌! फेब्रु. ८

“प्रविधिको क्षेत्रमा भएका उन्‍नतिहरूले मित्रतासम्बन्धी मानिसको आधारभूत आवश्‍यकतालाई परिवर्तन गर्न सकेका छैनन्‌। तर सामाजिक परिवर्तनहरूले गर्दा हिजोआज घनिष्ठ मित्रता विकास गर्नै चुनौतीपूर्ण भएको कुरा के तपाईंले याद गर्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि हितोपदेश १८:२४ पढ्‌नुहोस्‌।] यस पत्रिकामा हामी कसरी साँचो साथी बनाउन तथा त्यसलाई कायम राख्न सक्छौं भन्‍ने कुरा छलफल गरिएको छ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने