पत्रिकाहरूबारे के भन्ने
ब्यूँझनुहोस्! जन. ८
“आफ्ना छोराछोरीलाई जरो आउँदा साधारणतया तपाईं डराउनुहुन्छ किनभने डेंग, इबोला भाइरस, टाइफाइड अथवा पहेंलो जरो जस्ता प्राणघातक जरोहरू व्याप्त छन्। तथापि आफ्नो बच्चालाई जरो आएपिच्छे के तपाईं डराउनुपर्छ? [पत्रिका खोल्नुहोस् र पृष्ठ १९ देखाउनुहोस्।] ब्यूँझनुहोस्!-को यस अंकले यस प्रश्नको जाँच गर्नुका साथै वास्तवमा कस्तो अवस्थामा यसको उपचार गर्नुपर्ने हुन्छ भनेर बताउँछ।”
प्रहरीधरहरा जन. १५
“आजकल खोक्रो प्रतिज्ञाहरू एकदमै सामान्य भएको कारण थुप्रै मानिसहरूलाई अरू कसैमाथि विश्वास गर्न गाह्रो लाग्छ। के तपाईंलाई हामीले भरोसा गर्न सक्ने कोही छ जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्। त्यसपछि यहोशू २३:१४ पढ्नुहोस्।] यस पत्रिकाले बाइबलमा उल्लिखित परमेश्वरका प्रतिज्ञाहरूमा हामी कसरी विश्वस्तता बढाउन सक्छौं भनी देखाउँछ।”
ब्यूँझनुहोस्! जन. ८
“के तपाईंलाई यहाँ वर्णन गरिएजस्तो अवस्थामा मानिसजातिले कहिल्यै आनन्द उपभोग गर्न पाउनेछन् जस्तो लाग्छ? [यशैया १४:७ पढ्नुहोस्। त्यसपछि जवाफ दिने मौका दिनुहोस्।] परमेश्वरका प्रतिज्ञाहरू पूरा हुने समयको प्रतीक्षा गर्दागर्दै पनि लाभ उठाउन सक्ने व्यावहारिक जानकारी यस पत्रिकामा दिइएको छ।” “तपाईं कसरी खराब इच्छाहरूको प्रतिरोध गर्न सक्नुहुन्छ?” भन्ने लेख देखाउनुहोस्।
प्रहरीधरहरा फेब्रु. १
“हामीमध्ये प्रायजसोले आफ्नो शारीरिक स्वास्थ्यको राम्रो हेरचाह गर्ने कोसिस गर्छौं। तथापि, हालै गरिएका अध्ययनहरूले देखाएअनुसार हाम्रो आध्यात्मिकताले पनि हाम्रो स्वास्थ्यलाई असर गरेको हुन्छ। के तपाईंलाई यो सम्भव छ जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्। त्यसपछि मत्ती ५:३ पढ्नुहोस्।] प्रहरीधरहरा-को यस अंकले हामी आफ्नो आध्यात्मिक आवश्यकता कसरी पूरा गर्न सक्छौं भनी छलफल गर्छ।”