यहोवाको करुणाको लागि धन्यवाद दिनुहोस्
मार्च २४ मा ख्रीष्टको मृत्युको उत्सव मनाइनेछ
१. यहोवाले हामीलाई कसरी करुणा देखाउनुभएको छ?
१ भजनहारले यस्तो उद्गार गरे: “मानिसहरूले परमप्रभुको करुणाको निम्ति र मानिसका सन्तानहरूप्रति उहाँका आश्चर्यकामका निम्ति उहाँको प्रशंसा गरून्!” (भज. १०७:८) परमेश्वरको करुणा उहाँले आफ्ना जनहरूप्रति राख्ने कोमल भावना मात्र होइन। प्रेरणाद्वारा लेखिएको प्रशंसाको यस अभिव्यक्तिमा यो कुरा प्रस्ट पारिएको छ: “तपाईंको कृपाले [“करुणाले,” NW] मलाई थाम्यो, हे, परमप्रभु।” (भज. ९४:१८) हाम्रो लागि आफ्नो एक मात्र पुत्र दिएर यहोवाले कस्तो असाधारण करुणा देखाउनुभयो!—१ यूह. ४:९, १०.
२. हामी कसरी यहोवाप्रति आफ्नो कृतज्ञता देखाउन सक्छौं?
२ ख्रीष्टको मृत्युको स्मरणार्थ नजिकिंदै जाँदा, “करुणामय परमेश्वर[लाई]” हामी कसरी धन्यवाद दिन सक्छौं? (भज. ५९:१७) येशूले पृथ्वीमा बिताउनुभएको उहाँका अन्तिम दिनहरूबारे मनन गर्न हामी प्रत्येकले समय निकाल्न चाहनेछौं। (भज. १४३:५) दिनहुँ धर्मशास्त्र जाँच्ने—२००५ मा स्मरणार्थको लागि दिइएको विशेष बाइबल पढाइको तालिका पछ्याउनु पनि लाभकारी हुनेछ अनि सम्भव छ भने महान पुरुष पुस्तकको अध्याय ११२-११६ का साथै बाइबल आधारित अरू प्रकाशनहरू पढ्नुहोस् र अनुसन्धान गर्नुहोस्। तपाईंले पढ्नुहुने अंशहरूमा मनन गर्नुहोस् र तिनमा मग्न हुनुहोस्। (१ तिमो. ४:१५) प्रार्थनापूर्वक परमेश्वरको वचन अध्ययन गर्दा यसले हाम्रो हृदयलाई पोषण प्रदान गर्ने मात्र नभई यहोवाप्रति हाम्रो प्रेम पनि प्रकट गर्छ।—मत्ती २२:३७.
३, ४. (क) लाइबेरियाका हाम्रा भाइहरूको मनोभाव हामी कसरी अनुकरण गर्न सक्छौं? (ख) स्मरणार्थमा तपाईंले क-कसलाई निम्ता गर्ने योजना बनाउनुभएको छ?
३ परमेश्वरलाई धन्यवाद दिन अरूलाई उत्प्रेरित गर्नुहोस्: गत वर्ष विश्वभर १,६७,६०,६०७ जना मानिसहरू स्मरणार्थमा उपस्थित भए। केही वर्षअघि लाइबेरियाको एउटा गाउँका भाइहरूले त्यस ठाउँमा प्रभुको साँझको भोज मनाउने आफ्नो योजनाबारे जानकारी दिंदै त्यस गाउँका प्रमुखलाई एउटा चिठी लेखे। प्रमुखले त्यस अवसरका लागि भाइहरूलाई स्थानीय फुटबल मैदान प्रयोग गर्ने अनुमति दिनुका साथै मानिसहरूलाई त्यहाँ उपस्थित हुन निमन्त्रणा दिंदै त्यस इलाकाभरि स्मरणार्थबारे घोषणा गर्न लगाए। त्यस गाउँमा जम्मा पाँच जना मात्रै प्रकाशक भए तापनि स्मरणार्थमा भने ६३६ जना उपस्थित भए!
४ त्यसै गरी, हामी पनि जतिसक्दो धेरै मानिसहरूलाई हामीसितै स्मरणार्थ उत्सव मनाउन मदत गर्न चाहन्छौं। आफूले निम्ता गर्न चाहेका व्यक्तिहरूको सूची बनाउनुभए कसो होला? हाम्रा पत्रिकाहरूको अन्तिम पृष्ठमा दिइएका चित्रहरूले स्मरणार्थमा आउनको लागि निम्तो दिन्छ। स्मरणार्थ निमन्त्रणा पर्चीहरू पनि चलाउन सकिन्छ। स्मरणार्थ मनाइने समय तथा ठाउँ पर्चीमा टाइप गर्नुहोस् वा सफा अक्षरमा लेख्नुहोस् अनि तपाईंले निम्तो दिनुहुने हरेक व्यक्तिलाई एक-एक प्रति दिनुहोस्। मार्च २४ नजिकिंदै जाँदा हरेक व्यक्तिलाई फेरि सम्झाउन र सबै चाँजोपाँचो मिलाउन फेरि एक पटक भेट्नुहोस्।
५. उपस्थित हुनको लागि हामी बाइबल विद्यार्थीहरूलाई कसरी प्रोत्साहन दिन सक्छौं?
५ सभाहरूमा आउन नथालेका बाइबल विद्यार्थीहरू यस अवसरमा उपस्थित हुन र यसबाट पूर्णतया लाभ उठाउन सकून् भनेर हामी तिनीहरूलाई कसरी मदत गर्न सक्छौं? यस उत्सवप्रति मूल्याङ्कन जगाउन हरेक हप्ताको अध्ययनको दौडान केही मिनेट बिताउनुहोस्। मार्च १५, २००४ को प्रहरीधरहरा, पृष्ठ ३-७ र रीजनिङ पुस्तक, पृष्ठ २६६-२६९ मा अत्यन्त राम्रा विषयवस्तुहरू पाउन सकिन्छ।
६. स्मरणार्थमा आगन्तुकहरूलाई स्वागत गर्नु किन महत्त्वपूर्ण छ?
६ आगन्तुकहरूलाई स्वागत गर्नुहोस्: स्मरणार्थमा आगन्तुकहरूसित कुराकानी गर्नुहोस् र तिनीहरूलाई स्वागत गर्नुहोस्। (रोमी १२:१३) तपाईंले निम्तो दिनुभएकाहरूसित बस्ने प्रबन्ध मिलाउनुहोस् अनि तिनीहरूसित बाइबल र गीतको पुस्तिका छ कि छैन पक्का गर्नुहोस्। यस अवसरमा उपस्थित भएका निष्क्रिय भाइबहिनीहरूलाई न्यायो स्वागत गर्न हामी विशेष अग्रसर हुनेछौं। हाम्रो मायालु चासोले तिनीहरूलाई मण्डलीसित फेरि नियमित तवरमा संगत गर्न मदत दिन सक्छ। (लूका १५:३-७) हामीसितै मिलेर यहोवाको “गजबको करुणा[को]” लागि उहाँलाई धन्यवाद दिने काममा अरूलाई पनि प्रोत्साहन दिन यस अति पवित्र अवसरमा यथाशक्य गरौं।—भज. ३१:२१.