प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km05 ५/०५ p. ५
  • पारिवारिक तालिका—दैनिक पद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पारिवारिक तालिका—दैनिक पद
  • हाम्रो राज्य सेवकाई—२००५
  • मिल्दोजुल्दो सामग्री
  • दैनिक आध्यात्मिक आहारा—कुनै पनि मसीही परिवारको लागि अत्यावश्‍यक
    हाम्रो राज्य सेवकाई—१९९२
  • परिवारको लागि व्यावहारिक तालिका बनाउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००५
  • यहोवाको वचनलाई हरेक दिन विचार गर्नुहोस्‌!
    हाम्रो राज्य सेवकाई—२०००
  • के तपाईँ दिनहुँ धर्मशास्त्र जाँच्ने पढेर लाभ उठाउँदै हुनुहुन्छ?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००५
km05 ५/०५ p. ५

पारिवारिक तालिका—दैनिक पद

१ आफ्ना छोराछोरीका लागि पोसिलो खाना तयार पार्न मायालु आमाबाबुले हरेक दिन निकै मेहनत गर्छन्‌। उनीहरूलाई परमेश्‍वरको वचनबाट आध्यात्मिक भोजन दिनु झनै महत्त्वपूर्ण छ। (मत्ती ४:४) स्वास्थ्यवर्धक आध्यात्मिक भोजनप्रतिको रुचि बढाउन र “मुक्‍तिको निम्ति बढ्‌दै” जान आफ्ना छोराछोरीलाई तपाईंले मदत गर्न सक्ने एउटा तरिका पारिवारिक रूपमा दैनिक पद तथा टिप्पणी छलफल गर्न हरेक दिन समय निकालेर हो। (१ पत्रु. २:२) पारिवारिक तालिकाको कुन समयमा तपाईं यसलाई समावेश गर्न सक्नुहुन्छ?

२ खाना खाने समयमा: दैनिक पद छलफल गरेर दिनको सुरुवात गर्दा तपाईंको परिवारले दिनभरि यहोवालाई आफ्नो मनमा राख्ने मदत पाउन सक्छन्‌। (भज. १६:८) एउटी आमाले आफ्नो छोराले बिहानको खाजा खाने बेला दैनिक पद पढेर टिप्पणी छलफल गर्ने र तिनी स्कूल जानुभन्दा अघि प्रार्थना गर्ने गरिन्‌। यसले त्यस छोरालाई राष्ट्रियतासित सम्बन्धित विवादको सामना गर्दा सम्झौता नगर्ने अडान लिन, अनैतिक प्रलोभनहरूको प्रतिरोध गर्न र विद्यार्थी तथा शिक्षकशिक्षिका सबैलाई साहसपूर्वक साक्षी दिन सुदृढ बनायो। स्कूलभरिमा आफू मात्र साक्षी भए तापनि तिनले कहिल्यै एक्लो महसुस गरेनन्‌।

३ बिहान दैनिक पद छलफल गर्न सक्नुहुन्‍न भने पछि हुनसक्छ, साँझ खाना खाने बेला तपाईं पारिवारिक रूपमा यसो गर्न सक्नुहुन्छ। कसै-कसैले क्षेत्र सेवकाईमा बटुलेका अनुभवहरू र व्यक्‍तिगत बाइबल पढाइ गर्दा आफूलाई मनपरेका कुराहरू पनि यतिखेर बताउँछन्‌। धेरैले साँझ खाना खाने बेला गरिने यस्तो छलफललाई पारिवारिक रूपमा एकसाथ बिताएको खुसीको क्षणको रूपमा सम्झिन्छन्‌।

४ राती: कुनै-कुनै परिवारलाई चाहिं राती सुत्नुभन्दा अघि दैनिक पद छलफल गर्नु सबैभन्दा उपयुक्‍त लाग्छ। यतिखेर सँगै प्रार्थना गर्ने मौका पनि मिल्न सक्छ। आमाबाबुले दिनहुँ यहोवाबारे कुरा गरेको तथा उहाँलाई प्रार्थना गरेको सुन्दा छोराछोरीलाई उहाँ वास्तविक व्यक्‍ति लाग्छ।

५ दिनहुँ धर्मशास्त्र जाँच्ने पुस्तिकाको सदुपयोग गरेर आफ्ना छोराछोरीको मनमा सच्चाइ हालिदिन तपाईंले गर्नुहुने प्रयासमा यहोवाले आशिष्‌ दिऊन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने