परिवारको लागि व्यावहारिक तालिका बनाउनुहोस्
१ डाँडाको उपदेशमा येशूले आफ्ना श्रोताहरूलाई यस्तो आग्रह गर्नुभयो: “पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर।” (मत्ती ६:३३) आध्यात्मिक क्रियाकलापलाई प्राथमिकता दिन पारिवारिक गतिविधिको योजना बनाउने एउटा व्यावहारिक तरिका लिखित तालिका बनाउनु हो। यसै परिशिष्टको पृष्ठ ६ मा दिइएको खाली तालिका चलाउँदै आफ्नो परिवारको लागि साप्ताहिक तालिका बनाउन केही मिनेट समय निकाल्नुहोस्। पारिवारिक योजनाको रूपमा कसै-कसैलाई यो खाली तालिका काटेर आफ्नो तालिकामा टाँस्न मनपर्न सक्छ भने, कतिपयलाई त्यसै खाली तालिकामा आफूले गर्ने कामकुराहरू लेख्न मन लाग्न सक्छ।
२ आफ्नो तालिका बनाउनुहुँदा तल दिइएको नमुना तालिका मदतकारी हुन सक्छ। यस तालिकामा केवल चारवटा आधारभूत गतिविधि समेटिएको पाउनुहुनेछ: (१) मण्डलीका सभाहरूमा उपस्थिति, (२) पारिवारिक क्षेत्र सेवा, (३) पारिवारिक अध्ययन र (४) दैनिक पदको छलफल। आफ्नो तालिकामा यी कुराहरू समेट्नुभयो भने, त्यसले तपाईंलाई “जे उत्तम छ सो . . . खुट्ट्याउन” अर्थात् पक्का गर्न मदत दिन सक्छ। (फिलि. १:१०, NRV) यी चारवटा क्षेत्रबारे थप सल्लाह-सुझाव पृष्ठ ४-५ मा दिइएको छ।
३ आफ्नो पारिवारिक तालिकामा यी चारवटा गतिविधि मात्र समेट्नुपर्छ भन्ने छैन। कुनै-कुनै सभाको लागि पारिवारिक रूपमा तयारी गर्नुहुन्छ भने, त्यसबारे आफ्नो तालिकामा उल्लेख गर्नुहोस्। दैनिक पदको छलफलपछि अथवा अरू बेला बाइबलको केही अंश सँगै पढ्नुहुन्छ भने, त्यसबारे तालिकामा सङ्केत गर्नुहोस्। परिवार मिलेर रमाइलो गर्ने गर्नुभएको छ भने, त्यसलाई पनि आफ्नो तालिकामा समावेश गर्न चाहनुहुन्छ होला।
४ परिवारका सबै सदस्यहरूको आवश्यकता तथा परिस्थिति अनुकूल पारिवारिक तालिका बनाउनुहोस्। आफूले बनाएको तालिका कत्तिको प्रभावकारी हुँदैछ, त्यसबारे समय-समयमा विचार गर्नुहोस् र आवश्यकताअनुसार छाँटकाँट गर्नुहोस्।
[Schedule Box on page ३]
नमुना पारिवारिक तालिका
आइत.सोम.मंग.बुध.बिही.शुक्र.शनि.
दैनिक पददैनिक पददैनिक पददैनिक पददैनिक पददैनिक पददैनिक पद
बिहान
पारिवारिक क्षेत्र सेवा (पत्रिका दिन)
जनभाषण र प्रहरीधरहरा अध्ययन
अपराह्न
साँझ
पारिवारिक अध्ययन
मण्डली पुस्तक अध्ययन
ईश्वरतान्त्रिक सेवकाई स्कूल र सेवा सभा