पत्रिकाहरूबारे के भन्ने
प्रहरीधरहरा जून १५
“हामीमध्ये अधिकांशले आफ्नो जीवनको धेरैजसो समय काम गर्नमै बिताउँछौं। कतिले यसलाई आशिष्को रूपमा लिन्छन् त कतिले श्रापको रूपमा। तपाईंलाई चाहिं कस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्। त्यसपछि उपदेशक २:२४ पढ्नुहोस्।] कामप्रति सन्तुलित दृष्टिकोण राख्न बाइबलले हामीलाई कसरी मदत गर्न सक्छ भनेर यस पत्रिकाले बताउँछ। कामले गर्दा हुने तनाव कसरी सामना गर्ने भन्ने कुरा पनि यसमा छलफल गरिएको छ।”
ब्यूँझनुहोस्! जून ८
“आधुनिक चलचित्रहरूमा देखाइने पतित नैतिक स्तरहरूबारे आज धेरै मानिसहरू चिन्तित छन्। कुन कुराले हामीलाई सही छनौट गर्न मदत दिन सक्छ जस्तो तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस् र त्यसपछि भजन ९७:१० मा पाइने सिद्धान्त उल्लेख गर्नुहोस्।] यस पत्रिकाले चलचित्र निर्माण प्रक्रियाबारे बताउनुका साथै बुद्धिमानीसाथ मनोरञ्चन छनौट गर्न हामीलाई मदत गर्ने केही सुझावहरू पनि दिन्छ।”
प्रहरीधरहरा जुला. १
“हेर्दा एकदम सफल जस्तो देखिने तर आफ्नो जीवनमा केही अपुग महसुस गर्ने मानिसहरूबारे हामी सबैलाई थाह छ। उनीहरूले कुन कुरा खोजिरहेका छन् जस्तो तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्। त्यसपछि मत्ती ५:३ पढ्नुहोस्।] यस पत्रिकामा आन्तरिक शान्ति प्राप्त गर्ने एउटा महत्त्वपूर्ण कुञ्जीबारे छलफल गरिएको छ र त्यो हो हाम्रो आध्यात्मिक आवश्यकता पूरा गर्ने।”
ब्यूँझनुहोस्! जुला. ८
“के तपाईंलाई सबै जना यी शब्दहरू अनुरूप चलेका भए हाम्रो समाज अझ राम्रो हुन्थ्यो जस्तो लाग्छ? [एफिसी ४:२७, २८ पढ्नुहोस्। त्यसपछि जवाफ दिने मौका दिनुहोस्।] पसलबाट खुसुक्क सामान चोरिंदा हामी सबैले चुकाउने चर्को मोलबारे यस पत्रिकामा छलफल गरिएको छ। यसले पसलबाट खुसुक्क सामान चोरी हुने तथा अरू सम्पूर्ण अपराध चाँडै विगतको कुरा हुनेछ भनेर पनि बताउँछ।”