प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km03 जुलाई p. ८
  • पत्रिकाहरूबारे के भन्‍ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रिकाहरूबारे के भन्‍ने
  • हाम्रो राज्य सेवकाई—२००३
  • मिल्दोजुल्दो सामग्री
  • पत्रिकाबारे के भन्‍ने?
    हाम्रो राज्य सेवकाई—२००७
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००५
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००४
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००६
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००३
km03 जुलाई p. ८

पत्रिकाहरूबारे के भन्‍ने

ब्यूँझनुहोस्‌! जुलाई ८

“आजकल, कीराहरूले सार्ने रोग हाम्रो स्वास्थ्यको लागि एउटा प्रमुख खतरा बनेको छ। यस्तो रोगबाट बच्न हामीले चाल्न सक्ने कदमहरू छन्‌ भन्‍ने कुरा के तपाईंलाई थाह थियो? [जवाफ दिने मौका दिनुहोस्‌।] यस पत्रिकाले ती कदमहरूका साथसाथै परमेश्‍वरले प्रतिज्ञा गर्नु भएअनुसार कोही पनि बिरामी नहुने समयबारे छलफल गर्छ।” यशैया ३३:२४ पढेर टुंग्याउनुहोस्‌।

प्रहरीधरहरा जुलाई १५

“मानिसहरूले आफूलाई समाजदेखि अलग्याएर एक्लै बस्ने चलन बढिरहेको थुप्रैले याद गरेका छन्‌। के तपाईंलाई यसो गर्नु ठीक होला जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] संगतिको महत्त्वबारे यो बुद्धिमानी भनाइ हेर्नुहोस्‌ त। [उपदेशक ४:९, १० पढ्‌नुहोस्‌।] यस पत्रिकाले हामीहरू सबैलाई किन अरूहरू चाहिन्छ र आफूलाई अरूबाट अलग्याउने समस्या कसरी समाधान गर्न सकिन्छ भन्‍ने विषयमा छलफल गर्छ।”

ब्यूँझनुहोस्‌! जुलाई ८

“आज मानिसहरूले सामना गरिरहेको सबैभन्दा ठूला समस्याहरूमध्ये एउटा अरूसित मिलेर बस्न नसक्नु हो। हाम्रो बोल्ने तरिकाले महत्त्वपूर्ण भूमिका खेल्छ, के तपाईंलाई त्यस्तो लाग्दैन? [जवाफ दिने मौका दिनुहोस्‌। पृष्ठ २६ मा भएको चित्र देखाउनुहोस्‌ र यस लेखको शीर्षक पढ्‌नुहोस्‌।] ब्यूँझनुहोस्‌!-को यस लेखले केही व्यावहारिक सुझावहरू दिन्छ।” एफिसी ४:२९ पढेर टुंग्याउनुहोस्‌।

प्रहरीधरहरा अगस्त १

“एउटा रिपोर्टअनुसार, संसारको कुल जनसंख्याको आधाभन्दा बढी मानिसहरूले प्रतिदिन २ अमेरिकी डलरभन्दा कममा आफ्नो गुजारा चलाउँछन्‌ भन्‍ने कुरा के तपाईंलाई थाह थियो? के तपाईंलाईं यसको समाधान गर्न केही गर्न सकिन्छ जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] प्रहरीधरहरा-को यस अंकले बाइबलमा भविष्यवाणी गरिएझैं गरिबीको दीर्घकालीन समाधानबारे बताउँछ।”—भजन ७२:१२, १३, १६ पढ्‌नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने