के तपाईं हातेपर्ची चलाउनुहुँदैछ?
एक दिन ११ वर्षीय ठिटोले, नरकबारे जनभाषण दिइँदैछ भनेर लेखिएको हातेपर्ची फेला पारे। उनले पछि यसरी बताए, “यो विषय मलाई असाध्यै घत पऱ्यो किनकि म कुनै न कुनै उटपट्याङ काम गरिरहने भएकोले मरेपछि दनदन बलिरहेको नरकमा जानुपर्नेछ भनेर चिन्ता लाग्थ्यो।” उनले उक्त जनभाषण सुनेपछि बाइबल अध्ययन थाले र भाषण सुनेको लगभग एक वर्षपछि बप्तिस्मा लिए। यसरी, कार्ल क्लाइनको मसीही जीवन सुरु भयो। उनले पछि गएर धेरै वर्षसम्म यहोवाका साक्षीहरूको परिचालक निकायको सदस्य भई सेवा गरे। यो सब हातेपर्चीले गर्दा भएको हो।
आज पनि हातेपर्ची साक्षी कार्यको लागि प्रभावकारी सामग्री हो। थुप्रै प्रकाशकहरूले हातेपर्चीलाई मानिसहरूसित वार्तालाप थाल्ने सजिलो माध्यमको रूपमा लिन्छन्। आमाबाबुले आफ्ना छोराछोरीलाई हातेपर्ची घरधनीलाई दिन लगाएर तिनीहरूलाई सेवकाईमा सहभागी गराउन सक्छन्। पत्रमार्फत साक्षी कार्य गर्ने प्रकाशकहरूले हातेपर्ची पनि पत्रसँगै पठाएर हाम्रा सभाहरूबारे जानकारी दिन सक्छन्। साँच्चै, बाइबल विद्यार्थी र अन्य इच्छुक व्यक्तिहरूलाई हाम्रा सभाहरूमा निमन्त्रणा दिने सजिलो तरिका हातेपर्ची चलाउनु हो।
के तपाईं आफ्नो सेवकाईमा हातेपर्चीको सदुपयोग गर्नुहुँदैछ?