प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km05 ८/०५ पृ. ५
  • नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रम

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रम
  • हाम्रो राज्य सेवकाई—२००५
  • मिल्दोजुल्दो सामग्री
  • बप्तिस्मापछि पनि “नयाँ व्यक्‍तित्व” धारण गरिरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • क्षेत्रीय सम्मेलनको पुनरावृत्ति
    हाम्रो राज्य सेवकाई—२००५
  • नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रम
    हाम्रो राज्य सेवकाई—२००४
  • नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रम
    हाम्रो राज्य सेवकाई—१९९५
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००५
km05 ८/०५ पृ. ५

नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रम

यो भ्रष्ट पुरानो संसारको आखिरी दिनमा हामीले आफ्नो आध्यात्मिक लुगा वा मसीही चिनारी नगुमाउनु अत्यन्तै महत्त्वपूर्ण छ। (प्रका. १६:१५) त्यसकारण, “नयाँ स्वभाव धारण गर्नुहोस्‌” भन्‍ने सुहाउँदो विषयमै सन्‌ २००६ सेवा वर्षको क्षेत्रीय सम्मेलन कार्यक्रम हुँदैछ।—कल. ३:१०, NRV.

पहिलो दिन: नयाँ स्वभाव धारण गर्दा जीवनको हरेक पक्षमा हामी कसरी लाभान्वित हुन्छौं, त्यो “नयाँ स्वभावको विभिन्‍न पक्ष प्रकट गर्ने” शीर्षकको पहिलो गोष्ठीमा प्रष्ट पारिनेछ। तर नयाँ स्वभाव कसरी खेती गर्ने? “ठीकसँग मनन गर्न अथक प्रयास गर्नुहोस्‌” र “नयाँ स्वभावलाई आकार दिने शिक्षा” शीर्षकका पहिलो दिनको अन्तिम दुई भाषणमा यसबारे प्रष्ट पारिनेछ।

दोस्रो दिन: नयाँ स्वभावले हाम्रो जिब्रोको प्रयोगमा कस्तो असर पार्नेछ, “बुद्धिमान्‌को बोली सिक्नुहोस्‌” शीर्षकको दोस्रो गोष्ठीमा विचार गरिनेछ। शैतानका युक्‍तिहरूदेखि किन सतर्क रहिरहनुपर्छ, त्यो “के तपाईं शैतानलाई जित्दै हुनुहुन्छ?” शीर्षकको जन भाषणले स्पष्ट पार्नेछ। सम्मेलनको अन्तिम दुई भाषण “आफूलाई दुनियाँबाट निष्कलङ्‌क राख्नुहोस्‌” र “हाम्रो भित्री मनुष्यत्वलाई दिनदिनै नयाँ बनाउने” शीर्षकमा हुनेछन्‌। यी भाषणहरूले हामीलाई परमेश्‍वरको धार्मिक मार्गसित मेल नखाने मनोवृत्ति तथा आचरण त्याग्न अनि निरन्तर यहोवाको उपासना गरिरहन मदत गर्नेछ।

नयाँ स्वभाव धारण गर्न र यसलाई सुरक्षित राख्न हामीले पाउने यो प्रोत्साहनजनक कार्यक्रमलाई उत्सुकतासाथ पर्खौं!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने