प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km05 ११/०५ p. १
  • अवलोकन गरौं—चासो देखाऔं

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अवलोकन गरौं—चासो देखाऔं
  • हाम्रो राज्य सेवकाई—२००५
  • मिल्दोजुल्दो सामग्री
  • घरधनीलाई बुझी प्रस्तुति ढालौं र चासो देखाऔं
    हाम्रो राज्य सेवकाई—२००५
  • प्रचारकार्यमा अझै उन्‍नति गर्ने—व्यक्‍तिगत चासो देखाउनुहोस्‌
    हाम्रो राज्य सेवा—२०१४
  • घरधनीलाई सोच्न लगाउनुहोस्‌
    हाम्रो राज्य सेवा—२०११
  • मानिसहरूलाई “निद्राबाट ब्यूँझन” मदत गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००५
km05 ११/०५ p. १

अवलोकन गरौं—चासो देखाऔं

१ अरूको आवश्‍यकता बुझेर मदत गर्ने बेजोड नमुना त यहोवा र येशू नै हुनुहुन्छ। (२ इति. १६:९; मर्कू. ६:३४) प्रचारमा भेट्‌ने मानिसहरूको चासो र फिक्रीहरू बुझ्दा हामी आफ्नो प्रस्तुती ढाल्न सक्छौं।

२ राम्ररी अवलोकन गर्नुहोस्‌: येशू राम्ररी अवलोकन गर्नुहुन्थ्यो। (मर्कू. १२:४१-४३; लूका १९:१-६) घर-घरको प्रचारमा जाँदा धार्मिक चित्र तथा प्रतिमाहरू, गाडीमा राखिएका धार्मिक चिह्नहरू र आँगनमा भएका खेलौनाहरू हेरेर प्रभावकारी साक्षी दिने अवसर बनाउन सक्छौं।

३ व्यक्‍तिको अनुहारको भाव र व्यवहारले उनको सोचाइ पत्ता लगाउन सकिन्छ। (हितो. १५:१३) प्यारो व्यक्‍तिको मृत्यु र अन्य दुःखहरूले गर्दा कतै उनी सान्त्वनाको भोका पो छन्‌ कि? उपयुक्‍त कुनै पद पढ्‌दा उनको मन छुन सक्छ। (हितो. १६:२४) घरधनी हतार-हतार घरबाट निक्लँदै पो छन्‌ कि? रोइरहेको बच्चा काखमा लिई फकाइरहेकी पो छिन्‌ कि? यसो हो भने कुरा नगर्नु नै बेस हुन सक्छ। आवश्‍यकता बुझेर “सहानुभूति” देखाउँदा हामी राम्रो छाप छोड्‌छौं। यसरी विचारशील भयौं भने अर्को पटक हाम्रो कुरा सुन्‍न घरधनी इच्छुक हुन सक्छन्‌।— पत्रु. ३:८.

४ सन्देश ढाल्नुहोस्‌: प्रेरित पावलले एथेन्स सहरमा “नजानिएका देवताका निम्ति” खडा गरिएको एउटा वेदी देखे। अनि सोहीअनुसार आफ्नो सन्देश ढाल्दै पावलले यसो भने: “जसको भक्‍ति तपाईंहरू नजानीकन गर्नुहुन्छ उहाँकै विषयमा म तपाईंहरूलाई बताउँछु।” पावलले कौशल हुँदै कुराकानी गर्दा कसै-कसैले राज्यसन्देश सुने र कोहीले त विश्‍वासलाई समेत अँगाले।—प्रेरि. १७:२३, ३४.

५ त्यस्तै गरी, अवलोकन गर्दा व्यक्‍तिको चासो पत्ता लगाउन सक्छौं र त्यसैअनुसार प्रस्तुति पनि ढाल्न सक्छौं। घरधनीले मनको कुरा पोखाउने प्रश्‍न गर्नुहोस्‌। चासो जगाउने शास्त्रपदहरू पढ्‌नुहोस्‌। (हितो. २०:५) अवलोकन गर्दा अनि साँचो चासो देखाउँदा कौशलतासाथ सुसमाचार सुनाउन सक्छौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने