प्रचारकार्यमा अझै उन्नति गर्ने—व्यक्तिगत चासो देखाउनुहोस्
यसो गर्नु किन महत्त्वपूर्ण छ? येशू प्रत्येक व्यक्तिलाई मायालु चासो देखाउनुहुन्थ्यो। एक पटकको कुरा हो, उहाँले एक जना बहिरो व्यक्तिलाई भीडको अगाडि अप्ठ्यारो लागेको कुरा याद गर्नुभयो। त्यसैले उहाँले तिनलाई भीडबाट टाढा लगेर निको पार्नुभयो। (मर्कू. ७:३१-३५) साथै उहाँले आफ्ना चेलाहरूको सीमितता बुझ्नुभयो अनि तिनीहरूमाथि चाहिनेभन्दा धेरै जानकारी थोपर्नु भएन। (यूह. १६:१२) स्वर्गमा हुनुभए तापनि येशू मानिसहरूलाई व्यक्तिगत चासो देखाउनुहुन्छ। (२ तिमो. ४:१७) ख्रीष्टका चेलाहरू भएकाले हामी उहाँको अनुकरण गर्न चाहन्छौं। (१ पत्रु. २:२१; १ यूह. ३:१६, १८) साथै, प्रत्येक घरधनीको परिस्थिति, चासो र चिन्ताको विषय फरक-फरक हुन्छ। यो कुरालाई ध्यानमा राख्दै मानिसहरूलाई व्यक्तिगत चासो देखाउँदा हामी प्रचारको काममा अझै प्रभावकारी हुन्छौं। घरधनीले हामी केवल सन्देश दिन वा पत्रपत्रिका छोड्न आएको होइन, बरु तिनमा व्यक्तिगत चासो राख्छौं भन्ने कुरा महसुस गरे भने तिनले हाम्रो कुरा सुन्ने सम्भावना बढी हुन्छ।
यो महिना यसो गरे कसो होला?
घरधनीले भनेको कुरालाई ध्यानमा राख्दै आफ्नो प्रस्तुतिमा कसरी छाँटकाँट गर्न सकिन्छ भनेर प्रचारमा भाग लिंदा वा पारिवारिक उपासनामा अभ्यास गर्नुहोस्।
क्षेत्र सेवाको लागि हुने सभाहरूमा सञ्चालकले व्यक्तिगत चासो देखाउने तरिकाहरूबारे छलफल गर्न अथवा प्रदर्शन देखाउन सक्छन्।