प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 अक्टोबर p. १
  • घरधनीलाई सोच्न लगाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घरधनीलाई सोच्न लगाउनुहोस्‌
  • हाम्रो राज्य सेवा—२०११
  • मिल्दोजुल्दो सामग्री
  • पुनः भेटमा जानु हुँदा रीʹजनइङ्‌ पुस्तकलाई उपयोग गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९२
  • सरल तथा प्रभावकारी पुनःभेटहरू
    हाम्रो राज्य सेवकाई—१९९४
  • प्रचारकार्यमा सुनौलो नियम पालन गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • जीवन बचाउने सेवकाईमा सफलतापूर्वक भाग लिने
    हाम्रो राज्य सेवकाई—१९९३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०११
km11 अक्टोबर p. १

घरधनीलाई सोच्न लगाउनुहोस्‌

१. प्रचारकार्यमा कुन तरिका सबैभन्दा प्रभावकारी हुन सक्छ?

१ प्रचारकार्यमा कुन तरिका सबैभन्दा प्रभावकारी हुन सक्छ? आफ्नै कुरामा जिद्दी गर्ने वा घरधनीलाई सोच्न लगाएर सही निष्कर्षमा पुग्न मदत दिने। प्रेषित पावलले थिस्सलोनिका सहरका यहूदीहरूसित तर्क गर्दै कुरा गरे अनि “तिनको कुरा सुनेर केही मानिसहरू येशूको अनुयायी बने।” (प्रेषि. १७:​२-४) मानिसहरूसित तर्क गर्नुमा के समावेश छ?

२. सुसमाचार बाँड्‌ने सन्दर्भमा हामी कसरी पावलको उदाहरण अनुकरण गर्न सक्छौं?

२ भावना अनि पृष्ठभूमि विचार गर्नुहोस्‌: तर्क गर्दै कुराकानी गर्न इलाकाका मानिसहरूको भावना बुझ्नु आ⁠वश्‍यक छ। अरियोपागसका गैर-ख्रीष्टियन ग्रीकहरूसित कुरा गर्दा पावलले उनीहरूलाई थाह भएका अनि उनीहरूले विश्‍वास गरेका कुराहरू उल्लेख गर्दै आफ्नो भाषण सुरु गरे। (प्रेषि. १७:​२२-३१) त्यसकारण आफ्नो प्रस्तुति तयार गर्दा इलाकाका मानिसहरूले सामान्यतया के-कस्ता कुराहरूमा आस्था अनि पूर्वाग्रह राख्छन्‌, विचार गर्नुहोस्‌। (१ कोरि. ९:​१९-२२) घरधनीले आपत्ति जनाएमा दुवै पक्ष सहमत हुन सक्ने बुँदा पहिल्याउने प्रयास गर्नुहोस्‌ अनि त्यसैलाई आधार बनाएर कुराकानी अघि बढाउनुहोस्‌।

३. कौशलतासाथ प्रश्‍नहरू प्रयोग गर्दै हामी कसरी अरूसँग प्रभावकारी तरिकामा तर्क गर्न सक्छौं?

३ कौशलतासाथ प्रश्‍नको प्रयोग गर्नुहोस्‌: कुनै यात्रु अहिले कहाँ छन्‌ भन्‍ने कुरा नै थाह छैन भने के हामी त्यस व्यक्‍तिलाई गन्तव्यसम्म पुग्न मदत गर्न सक्छौं र? त्यसैगरि घरधनीको विचारधारा कस्तो छ, त्यो नै थाह छैन भने हामी तिनलाई सही निष्कर्षमा पुग्न मदत दिन सक्दैनौं। श्रोताहरूसित तर्क गर्नुअघि येशूले अक्सर तिनीहरूको विचार बुझ्न प्रश्‍नहरू सोध्नुहुन्थ्यो। उदाहरणका लागि, एक जना व्यक्‍तिले येशूलाई “के गरें भने म अनन्त जीवनको हकदार हुनेछु?” भनेर प्रश्‍न गर्दा जवाफ दिनुअघि उहाँले पहिला त्यस व्यक्‍तिको विचार बुझ्ने कोसिस गर्नुभयो। (लूका १०:​२५-२८) एक पटक, पत्रुसले गलत जवाफ दिंदा येशूले तिनको सोचाइ सच्याउन कौशलतासाथ प्रश्‍नहरूको प्रयोग गर्नुभयो। (मत्ती १७:​२४-२६) त्यसकारण घरधनीले कुनै प्रश्‍न गर्दा वा गलत विचारधारा व्यक्‍त गर्दा हामी पनि प्रश्‍नहरू प्रयोग गरेर छलफल गरिएको विषयमा तिनलाई सोच्न लगाउन सक्छौं।

४. हामीले किन घरधनीलाई सोच्न लगाउने प्रयास गर्नुपर्छ?

४ घरधनीलाई सोच्न लगाएर हामीले महान्‌ शिक्षक येशू अनि प्रथम शताब्दीका सिपालु सन्देशवाहकहरूको अनुकरण गरिरहेका हुन्छौं। हामी घरधनीलाई आदर देखाउँदै कुरा गर्छौं। (१ पत्रु. ३:१५) यसरी कुरा गर्दा घरधनीलाई हामीसित फेरि भेट्‌ने इच्छा जाग्न सक्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने