घरधनीलाई बुझी प्रस्तुति ढालौं र चासो देखाऔं
१ आफ्ना श्रोताहरूको पृष्ठभूमि र विचारधारा बुझी सोहीअनुसार प्रस्तुति ढाल्न प्रेरित पावल माहिर थिए। तिनले हाम्रो लागि पनि उत्तम नमुना बसाले। (१ कोरि. ९:१९-२३) हामीले पनि यस्तै कोसिस गर्नुपर्छ। अलि विचार पुऱ्यायौं भने इलाकाका मानिसहरूको आवश्यकता अनुसारै हाम्रो राज्य सेवकाई-का प्रस्तुतिहरू ढाल्न सक्छौं। ढोकामा पुग्दा घरधनीको चासो झल्कने कुनै कुरा देख्यौं भने सोहीअनुसार हामी प्रस्तुति ढाल्छौं। तर घरधनीलाई बुझेर प्रस्तुति ढाल्ने अर्को तरिका पनि छ।
२ घरधनीको भनाइअनुसार प्रस्तुति ढालौं: सुसमाचार सुनाउँदा हामी घरीघरी प्रश्न गर्छौं र घरधनीको प्रतिक्रिया बुझ्न खोज्छौं। घरधनीले दिने जवाफप्रति तपाईं कस्तो प्रतिक्रिया देखाउनुहुन्छ? समर्थन जनाए जस्तो मुन्टो मात्र हल्लाई तयारी प्रस्तुति फर्रर भन्नुहुन्छ कि? के तपाईंले दिने जवाफ घरधनीको भनाइमा केन्द्रित छ? घरधनीको कुरा राम्ररी सुन्यौं भने तिनको विचारधारा बुझ्ने थप कौशलतापूर्ण प्रश्न सोध्ने मौका मिल्छ। (हितो. २०:५) अनि घरधनीलाई चाहिने कुरामै राज्य सन्देश ढाल्न सक्छौं।
३ मुख्य कुरा, तयार गरेको प्रस्तुति मात्र होइन तर अरू विषयमा पनि कुरा गर्न हामी तयार हुनुपर्छ। हामीले कुनै समाचारबाट कुरा सुरु गऱ्यौं तर घरधनीले आफूलाई पिरोलेको व्यक्तिगत वा स्थानीय समस्या बताए। अब घरधनीलाई सहयोग गर्ने निष्कपट चासोले गर्दा तिनलाई पिरोल्ने विषयमै बाइबल छलफल केन्द्रित गर्न हामी उत्प्रेरित हुन्छौं।—फिलि. २:४.
४ प्रस्तुति छाँटकाँट गर्ने: घरधनीले कुनै गाह्रो प्रश्न उठाउँदा अर्को पटक छलफल गर्नु बेस हुन सक्छ। किनकि हामीले त्यस विषयमा अनुसन्धान गर्ने समय पाउनेछौं। तिनले सोधेको विषयवस्तु भएको प्रकाशन पनि दिन सकिन्छ। यसले अरूलाई यहोवाबारे सिक्न मदत गर्ने हाम्रो निष्कपट चासो झल्काउँछ।—२ कोरि. २:१७.