पत्रिकाहरूबारे के भन्ने
प्रहरीधरहरा अप्रि. १
“आफ्नो एकमात्र पुत्रको सिद्ध मानव जीवनलाई छुटकाराको बलिदान चढाउनुभएर परमेश्वरले अपार प्रेम व्यक्त गर्नुभयो। [यूहन्ना ३:१६ पढ्नुहोस्।] छुटकाराको बलिदानले कसरी छुटकारा दिन्छ? [पृष्ठ १८ को लेख देखाउनुहोस्।] परमेश्वरको अपार प्रेमले गर्दा हामी छुटकारा पाउँछौं। हामीले छुटकारा पाउने चार तरिकाबारे यस लेखमा छलफल गरिएको छ।”
ब्यूँझनुहोस्! अप्रि. – जून
“आज मानिसहरूले नानाथरीका ईश्वरहरू पुज्छन्। तर, येशूले स्वर्गमा हुनुहुने आफ्नो पिताबारे प्रार्थनामा के भन्नुभयो, यहाँ हेर्नुहोस् त। [यूहन्ना १७:३ पढ्नुहोस्।] साँचो परमेश्वर एक जना मात्र हुनुहुन्छ भने, अन्य ईश्वर चाहिं को हुन्, के हुन्? [जवाफ पर्खनुहोस्।] यस विषयमा बाइबलले के भन्छ, यो लेखले बताउँछ। पृष्ठ १४-१५ को लेख देखाउनुहोस्।”
प्रहरीधरहरा मे १
“आज संसारभरि लाखौं मानिस गरिबीको चपेटामा परेका छन्। तिनीहरूलाई मदत दिन के गर्न सकिएला? [जवाफ पर्खनुहोस्। त्यसपछि १ पत्रुस २:२१ पढ्नुहोस्।] गरिबहरूप्रति दया देखाउने सन्दर्भमा येशूको उदाहरण कसरी पछ्याउन सक्छौं, यस पत्रिकामा बताइएको छ।”
ब्यूँझनुहोस्! अप्रि. – जून
“आजकाल स्कूलहरूमा नैतिकता पटक्कै पाइँदैन। यस कुरालाई सम्झँदा, जवानहरूलाई नैतिक स्वच्छता कायम राख्न कुन कुराले मदत देला? [जवाफ पर्खनुहोस् र त्यसपछि हितोपदेश २२:३ पढ्नुहोस्। पृष्ठ १६ को लेख देखाउनुहोस्।] स्कूलमा हाम्रो छोराछोरीलाई नैतिक स्वच्छता कायम राख्न मदत दिने केही व्यावहारिक सल्लाहहरू यस लेखमा दिइएका छन्।”