प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km06 जून p. १
  • प्रशंसा गरेर—चासो देखाऔं

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रशंसा गरेर—चासो देखाऔं
  • हाम्रो राज्य सेवकाई—२००६
  • मिल्दोजुल्दो सामग्री
  • “ठीक बेलामा भनिएको कुरा झन्‌ कति असल!”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • प्रशंसाले स्फूर्ति दिन्छ
    हाम्रो राज्य सेवकाई—२००३
  • “उत्थान गर्ने असल वचन” बोल्नुहोस्‌
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • प्रचारमा सँगै जाँदा एउटाले अर्कोलाई दह्रिलो पार्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००८
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००६
km06 जून p. १

प्रशंसा गरेर—चासो देखाऔं

१ साँचो मनले प्रशंसा गर्दा मानिसहरूको जोस-जाँगर बढ्‌छ, उनीहरू कदम चाल्न उत्प्रेरित हुन्छन्‌ र खुसी हुन्छन्‌। सेवकाईमा साँचो मनले प्रशंसाका दुई शब्द मात्र व्यक्‍त गर्दा पनि मानिसहरू कुरा सुन्‍न इच्छुक भएको, थुप्रै प्रकाशकहरूले अनुभव गरेका छन्‌। मानिसहरूलाई सुसमाचार सुनाउन हामी कसरी उनीहरूको प्रशंसा गर्न सक्छौं?

२ याद गरौं: महिमित येशू ख्रीष्टले एसिया माइनरका सातवटा मण्डलीले गरेका असल कामहरू याद गर्नुभयो। (प्रका. २:२, ३, १३, १९; ३:८) त्यसै गरी, सेवकाईमा भेटिने मानिसहरूप्रति हामीले साँचो चासो राख्ने भएकोले उनीहरूको प्रशंसा गर्न सकिने कुराहरू याद गर्न उत्प्रेरित हुन्छौं। उदाहरणका लागि, चिटिक्क परेको बगैंचा देख्दा, आमा वा बुबाले बच्चालाई माया गरेको देख्दा वा घरधनीले मित्रैलो ढंगमा अभिवादन गर्दा प्रशंसा गर्न सक्छौं। के तपाईं यस्ता कुराहरू याद गरेर प्रशंसा गरिहाल्ने गर्नुहुन्छ?

३ राम्ररी सुनौं: प्रचार गर्दा उपयुक्‍त प्रश्‍न सोधेर मानिसहरूलाई आफ्नो कुरा व्यक्‍त गर्न दिनुहोस्‌। उनीहरूको कुरा राम्ररी सुनेर आदर देखाउनुहोस्‌। (रोमी १२:१०) ध्यान दिएर सुन्दा तपाईंले पक्कै पनि प्रशंसा गर्न सकिने केही कुरा पाउनुहुनेछ र त्यसपछि दुवै पक्ष सहमत हुने विषयमा कुराकानीलाई अघि बढाउन सक्नुहुन्छ।

४ विवेक चलाऔं: घरधनीले बाइबलसित नमिल्ने केही कुरा गऱ्‍यो भने नि? उनको कुरामा विवाद गरिरहनुको सट्टा उनले आफ्नो धारणा व्यक्‍त गरेकोमा धन्यवाद भन्दै, यस्तै केही भन्‍न सक्नुहुन्छ, “यस विषयमा तपाईंलाई निकै चासो रहेछ भनी तपाईंको कुराबाट स्पष्ट हुन्छ।” (कल. ४:६) घरधनी तर्कवितर्क गर्ने खालको छ भने पनि हामीले त्यस विषयमा उनले देखाएको साँचो चासोको प्रशंसा गर्न सक्छौं। यस्तो नरम मिजास देखाउँदा सुसमाचारका कट्टर विरोधी जस्तो देखिने मानिस पनि नरम बन्‍न सक्छन्‌।—हितो. २५:१५.

५ तर हाम्रो प्रशंसा साँच्चै प्रोत्साहनजनक हुनको लागि त्यो मनैबाट आएको हुनुपर्छ। त्यस्तो प्रोत्साहनजनक बोलीवचनले यहोवाको आदर गर्छ। साथै राज्य सन्देशप्रति अरूलाई आकर्षित पनि गर्न सक्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने