प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km12 अक्टोबर p. १
  • साँझको प्रचारकार्यमा भाग लिन सक्नुहुन्छ कि?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • साँझको प्रचारकार्यमा भाग लिन सक्नुहुन्छ कि?
  • हाम्रो राज्य सेवा—२०१२
  • मिल्दोजुल्दो सामग्री
  • आफ्नो तालिका मिलाउन सक्नुहुन्छ कि?
    हाम्रो राज्य सेवकाई—२००६
  • के तपाईंले सन्ध्याकालीन साक्षी दिने प्रयास गर्नुभएको छ?
    हाम्रो राज्य सेवकाई—१९९६
  • घर-घरको साक्षीकार्य
    हाम्रो राज्य सेवकाई—२००६
  • प्रचारकार्यमा आफ्नो समयको पूर्ण सदुपयोग गर्नुहोस्‌
    हाम्रो राज्य सेवा—२०१५
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१२
km12 अक्टोबर p. १

साँझको प्रचारकार्यमा भाग लिन सक्नुहुन्छ कि?

१. एउटा किताबअनुसार प्रेषित पावल कुन समयमा घरघरमा प्रचार गर्थे?

१ बाइबल समयको दिनचर्या (अङ्‌ग्रेजी) नामक किताबअनुसार प्रेषित पावल साधारणतया “दिउँसो ४ बजेदेखि रात नपरुन्जेल” घरघरमा प्रचार गर्थे। यो नै पावलको निश्‍चित तालिका हो कि होइन, हामीलाई थाह छैन। तर हामीलाई यति थाह छ, पावल ‘सुसमाचारको खातिर सब थोक गर्न’ इच्छुक थिए। (१ कोरि. ९:१९-२३) धेरैभन्दा धेरै मानिसलाई घरैमा भेटिने समयमा घरघरको प्रचार गर्न पावलले आफ्नो कामकुरा मिलाउनुपरेको हुन सक्छ।

२. प्रचार गर्न साँझको समय किन उपयुक्‍त छ?

२ थुप्रै ठाउँका प्रकाशकहरू हप्ताभरि नै बिहानपख घरघरमा प्रचार गर्छन्‌। तर तपाईंको इलाकामा के अझै पनि बिहानको समय नै घरघरको प्रचार गर्ने सबैभन्दा उपयुक्‍त समय हो? आफ्नो इलाकाबारे एक अग्रगामी सेवक यसो भन्छन्‌, “दिउँसो मानिसहरूलाई घरैमा भेट्टाउन एकदमै मुस्किल छ। तर साँझपख भने धेरैजसो घरैमा हुन्छन्‌।” विशेषगरि पुरुषहरूलाई घरैमा भेटेर सुसमाचार सुनाउन सकिने सबैभन्दा राम्रो समय साँझ हो। साँझपख घरधनी अक्सर फुर्सतमै हुन्छन्‌ अनि कुराकानी गर्न पनि इच्छुक हुन्छन्‌। साँझपख क्षेत्र सेवाको सभा राख्नु फाइदाजनक छ भने एल्डरहरूले त्यसको प्रबन्ध मिलाउनुपर्छ।

३. साँझको प्रचारकार्यमा भाग लिंदा हामी कसरी समझशक्‍ति चलाउन सक्छौं?

३ समझशक्‍ति चलाउनुहोस्‌: साँझको प्रचारकार्यमा भाग लिंदा समझशक्‍ति चलाउनु महत्त्वपूर्ण छ। जस्तै: घरधनी खाना पकाउनमा व्यस्त छन्‌ कि? यस्तो प्रकारको अप्ठ्‌यारो समयमा पुग्नुभयो भने अर्को समयमा भेट्‌ने प्रबन्ध मिलाउनु राम्रो हुन्छ। ढोका ढकढक्याएपछि घरधनीले देख्ने ठाउँमा उभिनुहोस्‌; तुरुन्तै आफ्नो परिचय दिनुहोस्‌ र आफू आउनुको कारण बताउनुहोस्‌। दुई-दुई जना गरी वा सामूहिक रूपमा प्रचार गर्नु बुद्धिमानी हुन्छ। सामूहिक रूपमा प्रचार गर्दा दुई जनाले प्रचार गर्छन्‌ र बाँकी भाइबहिनीले नजिकैका घरहरूमा प्रचार गर्न सक्छन्‌। मानिसहरू सुत्ने तरखर गरिराखेको समयमा प्रचार नगर्नुहोस्‌। (२ कोरि. ६:३) यदि रात परेपछि कुनै इलाका प्रचार गर्न सुरक्षित छैन भने त्यस्तो इलाकामा साँझपख प्रचार गर्नुहोस्‌।—हितो. २२:३.

४. साँझको प्रचारकार्यमा भाग लिंदा के-कस्ता आशिष्‌ पाइन्छ?

४ आशिष्‌हरू: साँझको प्रचारकार्यमा धेरैलाई साक्षी दिने मौका मिल्ने भएकोले हाम्रो प्रचारकार्य अझै रमाइलो हुन्छ। हामीले जति धेरै मानिसलाई साक्षी दिन सक्यौं, ‘उद्धार पाउन र सत्यको सही ज्ञान लिन’ मदत गर्ने मौका पनि त्यति नै धेरै पाउँछौं। (१ तिमो. २:३, ४) साँझको प्रचारकार्यमा भाग लिन के तपाईं आफ्नो कामकुरा छाँटकाँट गर्न सक्नुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने