प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km06 डिसेम्बर पृ. १२
  • के तपाईंको व्यक्‍तिगत इलाका छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंको व्यक्‍तिगत इलाका छ?
  • हाम्रो राज्य सेवकाई—२००६
  • मिल्दोजुल्दो सामग्री
  • तपाईं व्यक्‍तिगत इलाका लिएर प्रचार गर्न चाहनुहुन्छ कि?
    हाम्रो राज्य सेवा—२०१३
  • सुसमाचार प्रचार गर्ने तरिकाहरू
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवकाई—२०००
  • मानिसहरू घरमा नभेटिंदा
    हाम्रो राज्य सेवकाई—२००७
हाम्रो राज्य सेवकाई—२००६
km06 डिसेम्बर पृ. १२

के तपाईंको व्यक्‍तिगत इलाका छ?

१. व्यक्‍तिगत इलाका भनेको के हो?

१ व्यक्‍तिगत इलाका भनेको तपाईंकै जिम्मामा दिइएको इलाका हो। अक्सर आफूलाई सुविधा पर्ने ठाउँलाई व्यक्‍तिगत इलाकाको रूपमा लिइने भएकोले आफू एक्लै वा अर्को प्रकाशकसित तुरुन्तै पुगेर प्रचार गर्न सकिन्छ। हुन त, परिस्थितिले दिएसम्म मण्डलीको प्रबन्धअनुसार समूहसितै प्रचार गर्न जानु राम्रो हो। तर यदि मण्डलीले प्रचार गर्नुपर्ने इलाका ठूलो छ भने अरू बेला आफ्नै इलाकामा गएर सबैलाई राम्ररी प्रचार गर्न सकिन्छ।—प्रेरि. १०:४२.

२. व्यक्‍तिगत इलाका लिनुका केही फाइदा के-के हुन्‌?

२ फाइदा: कसै-कसैले आफ्नो अफिस नजिकै पर्ने ठाउँलाई व्यक्‍तिगत इलाकाको रूपमा लिएर खाजा खाने समयमा वा काम सकिने बित्तिकै प्रचार गरेर थप लाभ उठाएका छन्‌। अरूले भने मण्डली पुस्तक अध्ययनमा जानुअघि सपरिवार मिलेर घरछेउको इलाकामा एक घण्टा जति प्रचार गर्ने गरेका छन्‌। यसो गर्दा पुनःभेट र बाइबल अध्ययन नजिकै हुन्छ अनि समय, शक्‍ति र खर्चको बचत पनि हुन्छ। थोरै समयमा धेरै गर्न सकिने हुँदा व्यक्‍तिगत इलाका हुने कसै-कसैलाई बेलाबेलामा सहायक अग्रगामी सेवा गर्न वा नियमित अग्रगामीकै रूपमा सेवा गर्न समेत सजिलो हुन सक्छ। साथै, व्यक्‍तिगत इलाकामा प्रचार गरेर घरधनीसित राम्ररी परिचित हुँदा तिनीहरूको भरोसा जित्न सकिन्छ अनि हाम्रो प्रस्तुति तिनीहरूको परिस्थिति सुहाउँदो बनाउन सकिन्छ। यसो गर्दा हाम्रो सेवकाई अझ प्रभावकारी हुन्छ।

३. व्यक्‍तिगत इलाका लिएकी एउटी अग्रगामीले कस्तो अनुभव गरिन्‌?

३ व्यक्‍तिगत इलाका लिन क्षेत्रीय निरीक्षकको प्रोत्साहन पाएकी अग्रगामी यसो भन्छिन्‌: “मैले उहाँको सल्लाह मानेर व्यक्‍तिगत इलाका लिएँ। अनि चाँडै नै आफ्नो इलाकाका घरधनीहरूलाई चिन्‍नुका साथै साथी बनाउन सकें। उनीहरूलाई अनुकूल पर्ने समयमा भेट्‌न जान मैले आफ्नो तालिका छाँटकाँट गरे। यसो गर्दा मेरो हरेक महिना पुनःभेटको संख्या ३५ बाट बढेर ८० भन्दा बढी पुग्यो। अनि सात जनासित गृह बाइबल अध्ययन पनि गर्न पाएँ।”

४. तपाईंले कसरी व्यक्‍तिगत इलाका लिएर त्यहाँ प्रचार गर्न सक्नुहुन्छ?

४ कसरी लिने: तपाईं व्यक्‍तिगत इलाका लिन चाहनुहुन्छ भने इलाका सेवकलाई (टेरिटोरी सर्भेन्ट) भन्‍नुहोस्‌। आफूसित सेवकाईमा जान अर्को प्रकाशकलाई बोलाउन नहिचकिचाउनुहोस्‌ अनि घरमा नभेटिएकाहरूको राम्रो रेकर्ड राख्नुहोस्‌। तपाईंले चार महिनामा व्यक्‍तिगत इलाका सिध्याउने प्रयास गर्नुपर्छ। यसो गर्न गाह्रो छ भने मण्डली पुस्तक अध्ययन निरीक्षक वा अरू कसैसित मदत माग्न सक्नुहुन्छ। चार महिनापछि, पूरै इलाकामा प्रचार गरिसक्नुभयो भने त्यो इलाका फिर्ता गर्न वा सिद्धिएको छैन भने अझै काम गर्नको लागि तपाईंले थप समय माग्न सक्नुहुन्छ। तर अनिश्‍चित कालसम्म एउटै इलाका राखिराख्न भने हुँदैन। त्यो फिर्ता गर्नुहोस्‌ अनि अरू कसैले त्यो इलाकामा प्रचार गर्नेछन्‌। तपाईंको मण्डलीसित इलाका थोरै छ र व्यक्‍तिगत इलाका लिन सम्भव छैन भने तपाईंको पुस्तक अध्ययन निरीक्षकसित इलाकाको सानो भाग माग्न सक्नुहुन्छ।

५. प्रचार गर्ने आज्ञा पूरा गर्न के चाहिन्छ?

५ “सारा संसारमा” प्रचार गर भन्‍ने आज्ञा पूरा गर्नु कुनै सानोतिनो काम होइन। (मत्ती २४:१४) यसको लागि राम्रो तालमेल मिलाउनुपर्छ। समूहसित मिलेर प्रचार गर्नुका साथै व्यक्‍तिगत इलाकामा पनि जाँदा सकेसम्म धेरै मानिसलाई सुसमाचार सुनाउन सकिन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने