प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km00 अगस्त पृ. २
  • प्रश्‍न पेटी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रश्‍न पेटी
  • हाम्रो राज्य सेवकाई—२०००
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईंको व्यक्‍तिगत इलाका छ?
    हाम्रो राज्य सेवकाई—२००६
  • तपाईं व्यक्‍तिगत इलाका लिएर प्रचार गर्न चाहनुहुन्छ कि?
    हाम्रो राज्य सेवा—२०१३
  • व्यापारिक इलाकामा कसरी प्रचार गर्ने
    हाम्रो राज्य सेवकाई—२००४
  • तपाईंका आवश्‍यकताहरू पूरा गर्नको लागि मानचित्रहरू
    ब्यूँझनुहोस्‌!—१९९५
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२०००
km00 अगस्त पृ. २

प्रश्‍न पेटी

▪ के मण्डलीको सम्पूर्ण इलाकाको नक्सा राज्यभवनमा देखिने गरी झुन्ड्याउनुपर्छ?

अवश्‍य, सम्पूर्ण इलाकाको नक्सा फ्रेममा राखी राज्यभवनको भित्तामा देखिने गरी झुन्ड्याउनुपर्छ। नक्सालाई सूचना पाटीमा टाँस्नु हुँदैन। मण्डलीलाई जिम्मा दिइएको सम्पूर्ण इलाका र प्रत्येक इलाकाको सीमाना र त्यसको संख्या स्पष्टसँग देखाइएको हुनुपर्छ। एउटै राज्य भवन प्रयोग गरिरहेका सबै मण्डलीहरूको इलाकाको सीमाना स्पष्टसँग किटान गरिएको हुनुपर्छ। यसले नयाँ प्रकाशकहरू तथा नव जिज्ञासुहरूलाई तिनीहरू कुन मण्डलीको इलाकामा बसोबास गर्छन्‌ भन्‍ने कुरा जान्‍न मदत गर्नेछ। नक्सामा मण्डली पुस्तक अध्ययन हुने स्थानलाई पनि देखाइएको छ भने, आफूलाई खटाइएको मण्डली पुस्तक अध्ययनको स्थान पत्ता लगाउन सबैलाई सजिलो हुनेछ। नक्साका जानकारीहरू नवीनतम हुनुपर्छ।

यसरी नक्सा प्रदर्शन गर्नाले सबै प्रकाशकहरूलाई सम्भव भएसम्म व्यक्‍तिगत रूपमा छुट्टै इलाकाको जिम्मा लिनु राम्रो हुन्छ भन्‍ने कुराको सम्झना दिलाइरहन्छ। आफ्नो घर नजिकैको इलाका छान्‍न चाहनेहरूलाई यो मदतकारी साबित हुनेछ। कुनै बेला यसले समयको बचत पनि गर्न सक्छ। सञ्चालकले क्षेत्र सेवामा जानुभन्दा अगाडि गर्ने भेलामा सबै प्रकाशकहरूलाई खटाइएको इलाका तुरुन्तै देखाउनसक्छन्‌।

नक्साले जिम्मा पाएको इलाकामा राज्यको सुसमाचार सुनाउने काम मण्डलीले संगठित रूपमा गरेको छ भन्‍ने कुराको पनि प्रमाण दिन्छ।—लूका ९:६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने