प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km07 मार्च p. १
  • “मेरो सम्झनामा यो गर्नेगर”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “मेरो सम्झनामा यो गर्नेगर”
  • हाम्रो राज्य सेवकाई—२००७
  • मिल्दोजुल्दो सामग्री
  • “यो गर्नेगर”—अप्रिल ५ मा येशूको मृत्युको स्मरणार्थ
    हाम्रो राज्य सेवा—२०१२
  • स्मरणार्थ मनाउन हामीले गर्ने प्रयासमा यहोवा आशिष्‌ दिनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • छुडौतीको बलिदानबाट लाभ उठाउन अरूलाई मदत दिनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००६
  • हामी स्मरणार्थ उत्सवमा किन उपस्थित हुन्छौँ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००७
km07 मार्च p. १

“मेरो सम्झनामा यो गर्नेगर”

अप्रिल २ तारिख येशूको मृत्युको सम्झना गरिनेछ

१. सन्‌ २००७ को अप्रिल २ तारिख किन महत्त्वपूर्ण दिन हो?

१ सन्‌ २००७ अप्रिल २ तारिख संसारभरि लाखौं मानिसहरू येशूले दिएको बलिदानलाई सम्झन भेला हुनेछन्‌। शासन गर्ने अधिकार स्वर्गमा हुनुहुने पिता यहोवाको मात्र हो भनेर अडान लिएकोले येशू मारिनुभयो। शैतानले मानिसहरू स्वार्थको कारण मात्र यहोवाको सेवा गर्छन्‌ भन्‍ने झूटो आरोप लगाएको थियो। तर येशूको मृत्युले गर्दा शैतानको आरोप गलत साबित भयो। (अय्यू. २:१-५) येशूले आफ्नो सिद्ध जीवन ‘धेरैको निम्ति दिनुभएर’ हाम्रो प्राणको फिरौती तिर्नुभयो भनेर पनि प्रभुको साँझको भोजले सम्झना गराउँछ। (मत्ती २०:२८) त्यसकारण, येशूले चेलाहरूलाई यो आज्ञा दिनुभयो: “मेरो सम्झनामा यो गर्नेगर।” (लूका २२:१९) के तपाईं परमेश्‍वरले दिएको यस्तो अनमोल उपहारको लागि धन्यवादी हुनुहुन्छ? हुनुहुन्छ भने, प्रेमको यस्तो महान्‌ अवसर अर्थात्‌ येशूको मृत्युको सम्झना गर्न अहिलेदेखि नै तयार हुनुहोस्‌?—यूह. ३:१६.

२. स्मरणार्थ उत्सवको लागि हामी कसरी आफ्नो मन तयार पार्न सक्छौं?

२ मन तयार पार्नुहस्‌: येशूको मानव जीवनको आखिरी दिनहरूमा भएका घटनालाई सम्झेर हामी स्मरणार्थ उत्सवको लागि आफ्नो मन तयार पार्न सक्छौं। (एज्रा ७:१०) यसको लागि दिनहुँ धर्मशास्त्र जाँच्ने—२००७ र २००७ को क्यालेण्डर-मा दिइएको विशेष तालिकाअनुसार बाइबल पढ्‌नु बेस हुन्छ। उक्‍त तालिकामा येशूको मृत्यु हुनुअघि र मृत्यु भएपछिका घटनालाई अहिले हामीले प्रयोग गर्ने क्यालेण्डरअनुसार मिलाएर राखिएको छ। बाइबलमा उल्लिखित दिन तथा मिति, यहूदी पात्रोअनुसार छ र उक्‍त पात्रोअनुसार घाम अस्ताएपछि दिन सुरु हुन्छ र अर्को दिन घाम डुबेपछि उक्‍त दिन सिद्धिन्छ। यो भिन्‍नतालाई ध्यानमा राख्दै स्मरणार्थ उत्सवको दौडान पढिने बाइबल पढाइको तालिका मिलाइएको छ। दैनिक पद र क्यालेण्डरमा दिइएको तालिकाअनुसार बाइबल पढ्‌दा र परमेश्‍वरले हामीलाई कत्ति माया गर्नुभएको रहेछ, प्रार्थना गर्दै मनन गर्दा स्मरणार्थ उत्सवबाट पूरापूर फाइदा उठाउन सक्नेछौं।

३. चासो दिएका अनि निष्क्रिय प्रकाशक सबैले स्मरणार्थ उत्सवबाट फाइदा उठाएको चाहन्छौं भने हामीले के गर्नुपर्छ?

३ अरूलाई स्मरणार्थ उत्सवको निम्तो दिनुहोस्‌: यस महत्त्वपूर्ण उत्सवको निम्तो दिने विशेष अभियानबारे फेब्रुअरी महिनाको हाम्रो राज्य सेवकाई-को परिशिष्टमा जानकारी दिइएको थियो। के तपाईंले यस अभियानमा पूरापूर भाग लिने योजना बनाइसक्नुभयो? स्मरणार्थ उत्सवमा निम्ताउन चाहनुभएकाहरूको नाउँ टिपेर उनीहरूलाई निम्तो दिइसक्नुभयो? निम्तालुका साथै चासो दिने नयाँ व्यक्‍तिहरूलाई स्वागत गर्न स्मरणार्थ उत्सवको साँझ अरू बेलाभन्दा अलि छिट्टै सभामा उपस्थित हुने योजना बनाउनुहोस्‌। तपाईं उनीहरूसँगै बस्न र उनीहरूसित बाइबल र गीति पुस्तिका छ कि छैन पक्का गर्न चाहनुहुन्छ होला। उनीहरूलाई भाइबहिनीहरूसित चिनापर्ची गराउनुहोस्‌। कार्यक्रमपछि उनीहरूले सोध्ने प्रश्‍नहरूको जवाफ दिन तयार हुनुहोस्‌। अप्रिल १५ तारिखमा दिइने विशेष जनभाषणको निम्तो दिनुहोस्‌। मण्डलीका निष्क्रिय प्रकाशकहरूलाई स्मरणार्थ र विशेष भाषणको निम्तो दिन विशेष गरी प्राचीनहरू सजग हुनुपर्छ।

४. स्मरणार्थ उत्सवमा उपस्थित भएकाहरूलाई आध्यात्मिक उन्‍नति गर्न कसरी मदत दिन सक्छौं?

४ चासो दिएका नयाँ व्यक्‍तिहरू र निष्क्रिय प्रकाशकहरूलाई उन्‍नति गर्न मदत गर्नुहोस्‌: स्मरणार्थ उत्सवमा भाषण दिने वक्‍ताले निश्‍शुल्क गृह बाइबल अध्ययनबारे बताउनेछन्‌। तिनले चासो दिने नयाँ व्यक्‍तिहरूलाई यहोवाबारे सिकिरहन प्रोत्साहन पनि दिनेछन्‌। त्यसैले आफूले निम्ताएकाहरूलाई यहोवाबारे अझ धेरै सिक्न मदत दिने प्रस्ताव राख्न नबिर्सनुहोस्‌। हाल उनीहरूले बाइबल अध्ययन गरिरहेका छैनन्‌ भने स्मरणार्थपछि तुरुन्तै भेट्‌न जानुहोस्‌ र निश्‍शुल्क बाइबल अध्ययन कसरी गरिन्छ, देखाउनुहोस्‌। आध्यात्मिक उन्‍नति गर्न उनीहरू मण्डलीका सभाहरूमा उपस्थित हुनु पनि उत्तिकै जरुरी छ। (हिब्रू १०:२४, २५) त्यसैले उनीहरूलाई सभामा नियमित रूपले उपस्थित हुन पनि प्रोत्साहन दिनुहोस्‌। स्मरणार्थमा उपस्थित भएका निष्क्रिय प्रकाशकहरूलाई भेट्‌ने र भाषणमा भनिएका कुराहरूमाथि विचार गर्न मदत दिने प्रबन्ध प्राचीनहरूले मिलाउनुपर्छ। यसो गर्दा निष्क्रिय प्रकाशकहरूले फेरि सक्रिय हुने प्रोत्साहन पाउन सक्छन्‌।

५. स्मरणार्थ उत्सव मनाउँदा हामीलाई के फाइदा हुन्छ?

५ स्मरणार्थ उत्सव यहोवा र येशूले हाम्रो निम्ति गर्नुभएका असल प्रबन्धहरूबारे मनन गर्ने मौका हो। यसरी मनन गर्दा उहाँहरूप्रतिको हाम्रो माया अझ बढ्‌नुका साथै हामी आफूलाई सुधार्ने प्रोत्साहन पनि पाउँछौं। (२ कोरि. ५:१४, १५; १ यूह. ४:११) ‘प्रभुको मृत्युको प्रचार गर्ने’ यस महत्त्वपूर्ण अवसरमा आफूलाई अनि चासो दिने व्यक्‍तिहरूलाई तयार गर्ने समय अहिल्यै हो।—१ कोरि. ११:२६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने