पत्रिकाबारे के भन्ने?
प्रहरीधरहरा मार्च १
“धेरै मानिसहरू आफ्नो पारिवारिक जीवनदेखि खुसी छैनन्। वैवाहिक जीवन सफल बनाउने मदत कहाँबाट पाउन सकिएला? [जवाफ दिने मौका दिनुहोस् र एफिसी ५:३३ पढ्नुहोस्। प्रहरीधरहरा-को पृष्ठ ९ मा भएको लेख देखाउनुहोस्।] यस पत्रिकामा भएका लेखहरूले परिवारमा पतिको भूमिका, पत्नीको भूमिका र सुखी परिवारिक जीवन बिताउन के गर्नुपर्छ भन्नेबारे व्यावहारिक सुझाव दिएको छ।”
ब्यूँझनुहोस्! जन. – मार्च
“जे भइरहेको छ, त्यो सब दैवकै खेल हो भनेर मानिसहरू भन्छन्। आपत् पर्दा मानिसहरू भन्छन् ‘दैव जे गर्छन् भलै गर्छन्।’ तपाईंलाई पनि यस्तै लाग्छ कि? [जवाफ दिने मौका दिनुहोस्। त्यसपछि याकूब १:१३ पढ्नुहोस्।] दुःखकष्टको कारण के हो र दुःखकष्ट हटाउन परमेश्वर के गर्दै हुनुहुन्छ भन्नेबारे बाइबलले सिकाउने कुरा यस पत्रिकामा पाउनुहुनेछ।”
प्रहरीधरहरा अप्रि. १
“हामी सबैलाई आफ्नो स्वास्थ्य, परिवार अनि जागिरको चिन्ता लाग्छ। तर यस्ता चिन्ता हटाउने भरपर्दो अनि व्यावहारिक सल्लाह कहाँ पाउन सकिन्छ जस्तो तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] बाइबलमा के लेखिएको छ, सुन्नुहोस् है। [२ तिमोथी ३:१६ पढ्नुहोस्।] बाइबलले हामीलाई दिन सक्ने विभिन्न व्यावहारिक मदतबारे यस पत्रिकामा लेखिएको छ।”
ब्यूँझनुहोस्! अप्रि. – जून
“[यशैया ३:२४ पढ्नुहोस् र सोध्नुहोस्।] भर्खरै पढेको कुरा साँच्चै पूरा होला जस्तो तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] विज्ञानले कस्तो प्रगति गर्दैछ र बाइबलको प्रतिज्ञा कसरी पूरा हुन्छ भन्नेबारे यस पत्रिकामा व्याख्या गरिएको छ।”