प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km07 सेप्टेम्बर p. ८
  • येशूको उदाहरण अनुकरण गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येशूको उदाहरण अनुकरण गर्नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—२००७
  • मिल्दोजुल्दो सामग्री
  • उपासनाको लागि हामी किन एक ठाउँमा भेला हुनुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • नम्रहरूलाई परमेश्‍वरको मार्गमा हिंड्‌न प्रशिक्षण दिनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००६
  • ख्रीष्टियान सभालाई उत्थानदायी बनाउन तपाईंले योगदान दिइरहनुभएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • सभाहरूले जवान मानिसहरूलाई फाइदा पुऱ्‍याउँछन्‌
    हाम्रो राज्य सेवकाई—२०००
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००७
km07 सेप्टेम्बर p. ८

येशूको उदाहरण अनुकरण गर्नुहोस्‌

१. येशूले कस्तो उदाहरण बसाल्नुभयो?

१ चेला बनाउने काममा भाग लिंदा हामीले कस्तो उदाहरण बसालिरहेका छौं, त्यो याद गरिरहेका मानिसहरूलाई त्यसले ठूलो असर गर्न सक्छ भनेर हामीले कहिल्यै बिर्सनु हुँदैन। येशूले व्यवहार अनि बोली दुवै तवरले सिकाउनुभयो। उहाँलाई नियालेर हेरिरहेका मानिसहरूले उहाँको जोस, मानिसहरूप्रतिको माया, पिताको नाउँ पवित्र पार्ने उहाँको तीव्र इच्छा अनि आफ्नो पिताको इच्छा पूरा गर्ने अठोट देख्न सक्थे।—१ पत्रु. २:२१.

२. हामीसित प्रचारमा जाने भाइबहिनीलाई हाम्रो उदाहरणले कुन-कुन तरिकामा असर गर्न सक्छ?

२ घर-घरमा प्रचार गर्दा: येशूको उदाहरणले जस्तै हाम्रो उदाहरणले पनि हामीसित प्रचारमा जाने भाइबहिनीलाई असर गर्छ। घर-घरमा प्रचार गर्दा हाम्रो जोस देख्ने नयाँ अनि कम अनुभवी प्रकाशकहरूले आफ्नो प्रचारकार्यको गुणस्तर कसरी बढाउने भनेर सोच्नेछन्‌। त्यसैगरि, हाम्रो आनन्द अनि हामीले घरधनीप्रति देखाएको चासो देख्दा उनीहरूले पनि प्रचारमा जाँदा त्यस्तै गुण देखाउनु आवश्‍यक रहेछ भनेर सम्झनेछन्‌। हामीले सधैं बाइबल चलाएर घरधनीसित कुरा गरेको देख्दा, लगनशील भएर पुनःभेट अनि बाइबल अध्ययन सञ्चालन गरेको देख्दा, नयाँ अनि कम अनुभवी प्रकाशकहरू पनि त्यसै गर्न उत्साहित हुनेछन्‌।

३. हाम्रो उदाहरणले बाइबल विद्यार्थीहरूलाई कसरी अनि के सिकाउन सक्छ?

३ बाइबल अध्ययन सञ्चालन गर्दा: विशेषगरि हाम्रा बाइबल विद्यार्थीहरूले हाम्रो आनीबानी विचार गरिरहेका हुन्छन्‌। जस्तै: अध्ययनका लागि तयारी गर्नु, बाइबल पद पल्टाएर हेर्नु अनि मुख्य बुँदाहरू पत्ता लगाउनु महत्त्वपूर्ण छ भनेर हामीले आफ्ना विद्यार्थीहरूलाई बताएका छौं भने, हामी आफैले तयारी गर्ने गरेका छौं कि छैनौं, तिनीहरूले याद गरिरहेका हुन्छन्‌। (रोमी २:२१) यदि हामीले सधैं तोकिएको समयमै पुगेर अध्ययन गर्ने बानी बसालेका छौं भने, हाम्रा विद्यार्थीहरूले अध्ययन गर्ने समय अरू काममा त्यति लगाउने छैनन्‌। यसबाहेक प्रचारकार्य पूरा गर्न हामीले देखाएको आत्मत्याग अनि हाम्रो बलियो विश्‍वासलाई पनि तिनीहरूले पक्कै याद गरिरहेका हुनेछन्‌। हुन पनि, येशूको उदाहरणको अनुकरण गर्ने भाइबहिनीका बाइबल विद्यार्थीहरू अक्सर जोसिला, फलदायी प्रचारक नै बन्छन्‌।

४. मसीही सभाहरूमा उपस्थित हुँदा हाम्रो उदाहरणले अरूलाई के सिकाउँछ?

४ मण्डलीका सभाहरूमा उपस्थित हुँदा: मसीही मण्डलीका सबै सदस्यले सभाहरूमा आफ्नो असल उदाहरणद्वारा अरूलाई सिकाउनुपर्छ। भर्खर सभामा आउन थालेका जिज्ञासु व्यक्‍तिहरूलाई हाम्रो राम्रो उदाहरणले धेरै असर गर्छ। तिनीहरूले हाम्रो न्यानो भातृप्रेम, मसीही एकता अनि भद्र पहिरन र कोरिबाटी याद गर्नेछन्‌। (भज. १३३:१) हामी नछुटाईकन मण्डलीका सभाहरूमा उपस्थित भएका छौं, टिप्पणी गरेर आफ्नो विश्‍वासको घोषणा गरेका छौं भने, त्यो पनि तिनीहरूले याद गर्नेछन्‌। त्यस्तै एक जना नवआगन्तुकले हाम्रो मसीही सभामा एउटी सानी केटीले वक्‍ताले भन्‍नेबित्तिकै आफ्नो बाइबल खोलेर फटाफट पद पल्टाएको अनि वक्‍तासँगसँगै ध्यान दिएर पढेको याद गरे। यी सानी केटीको राम्रो उदाहरण देखेर ती नवआगन्तुकले आफूसित बाइबल अध्ययन गरिदिन अनुरोध गरे।

५. हाम्रो उदाहरणको महत्त्व हामीले किन कहिल्यै बिर्सनु हुँदैन?

५ एकअर्काको असल उदाहरणको अनुकरण गर्नू भनेर बाइबल प्रोत्साहन दिन्छ। (फिलि. ३:१७; हिब्रू १३:७) त्यसैले, येशूले बसालेको उदाहरण हामीले राम्ररी अनुकरण गरिरहेका छौं भने अरूले त्यो याद गर्नेछन्‌ र त्यसले तिनीहरूमाथि सकारात्मक असर पार्नेछ भनेर कहिल्यै नबिर्सौं। यो कुरालाई मनमा राख्दै हामी १ तिमोथी ४:१६ ले भनेझैं ‘आफ्नो विषयमा र आफ्नो शिक्षाको विषयमा होशियार रहौं।’

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने