नोभेम्बर महिनामा अवेक! पत्रिकाको विशेषांक प्रस्तुत गर्ने!
१ बाइबलको महत्त्वबारे थुप्रैले साँच्चै बुझ्न चाहेका छन्। तिनीहरू अक्सर यस्तो प्रश्न सोध्ने गर्छन्: यदि मान्छेले लेखेको हो भने, यसलाई कसरी परमेश्वरको वचन भन्न सकिन्छ? बाइबलले मेरा पाइलालाई डोऱ्याउनेछन् भनेर म कसरी भरोसा गरूँ? बाइबल अध्ययन गरें भने मलाई के फाइदा हुन्छ? बाइबलको कुनचाहिं अनुवाद पढूँ? नोभेम्बर महिनाको अवेक! पत्रिकाको विशेषांकमा यीलगायत अन्य प्रश्नहरूको जवाफ दिइनेछ, जसको शीर्षक छ: “तपाईं बाइबललाई भरोसा गर्न सक्नुहुन्छ।” यो विशेषांक अंग्रेजी, तामिल अनि मल्यालम भाषाहरूमा उपलब्ध हुनेछ। तर अन्य भाषाको ब्यूँझनुहोस्! पत्रिका प्रस्तुत गर्दै हुनुहुन्छ भने, अक्टोबर–डिसेम्बर अंकको “असल आमाबाबु बन्ने सात कदम” लेखहरूतर्फ ध्यानाकर्षण गर्नुहोस्।
२ हामी यस विशेषांक अथवा अक्टोबर—डिसेम्बर अंकको ब्यूँझनुहोस्! पत्रिका व्यापक रूपमा वितरण गर्न चाहन्छौं। नोभेम्बर महिनाभरि सम्भव भए हरेक शनिबार मण्डलीसित मिलेर घर-घरको प्रचार कार्यमा भाग लिनुहोस्। नातेदार, छिमेकी, सहकर्मी, शिक्षक तथा पुनःभेटहरूलाई यी पत्रिका दिनुहोस्। बजार जाँदा वा यात्रा गर्दा केही पत्रिका बोक्नुहोस्। प्राचीनहरूले यस विशेषांक अपुग नहोस् भनेर प्रशस्तै मगाएका छन्।
३ बाइबल अध्ययन सुरु गर्नुहोस्: पत्रिका दिएपछि वार्तालाप टुंग्याउनुअघि बाइबल अध्ययनको लागि तपाईंले जग बसाल्न सक्नुहुन्छ। जस्तै: नोभेम्बर महिनाको विशेषांक दिएपछि यस्तै केही भन्न सक्नुहुन्छ: “‘परमेश्वरले किन पृथ्वी बनाउनुभयो’ भन्ने प्रश्नको जवाफ अर्को पटक बाइबलबाट देखाउन चाहन्छु।” त्यसपछि अर्को भेटमा बाइबलले सिकाउँछ पुस्तकको पृष्ठ ४-५ देखाउनुहोस् अथवा अध्याय ३ को अनुच्छेद १-३ छलफल गर्नुहोस्। अथवा घरधनीलाई यसो मात्र भने पुग्छ: “धेरैलाई बाइबलमा पढेको कुरा बुझ्न गाह्रो लाग्दो रहेछ। तपाईंले बाइबलको कुरा कसरी अझ राम्ररी बुझ्न सक्नुहुन्छ, अर्को पटक देखाउन चाहन्छु।” पुनःभेटमा बाइबलले सिकाउँछ पुस्तक दिनुहोस् र अध्ययन गर्ने तरिका देखाउनुहोस्। अक्टोबर–डिसेम्बर अंकको ब्यूँझनुहोस्! पत्रिका दिनुभएको हो भने यसो भन्न सक्नुहुन्छ: “बाइबल सिद्धान्तले पारिवारिक जीवन कसरी सुखमयी बनाउन सक्छ, अर्को पटक म बताउन चाहन्छु।” पुनःभेटमा घरधनीलाई बाइबलले सिकाउँछ पुस्तकको अध्याय १४ देखाउनुहोस् र सँगै अनुच्छेद १ र २ छलफल गर्नुहोस्।
४ बाइबलमा मात्र “पवित्र लेखोटहरू” छन् जसले हामीलाई ‘मुक्तिको निम्ति बुद्धिमान् तुल्याउन सक्छ।’ (२ तिमो. ३:१५) त्यसैकारण, हामी ब्यूँझनुहोस्! पत्रिकाका यी अंकहरू जोडतोडले वितरण गरौं र मानिसहरूलाई बाइबलमाथि भरोसा गर्न मदत गरौं।