अक्टोबरमा ब्यूँझनुहोस्!-को विशेष अंक आउँदैछ
१ चराको चिरबिर आवाज अथवा सूर्यास्तको मनोरम दृश्य मन नपर्ने मानिस को होला! तर यी सबै कुरा स्वर्गमा बस्नुहुने मायालु परमेश्वरको सृष्टि हो भनी थुप्रै मानिसहरू मानिलिंदैनन्। यद्यपि हामीले यहोवाको सृष्टिको गवाही दिने विशेष सुअवसर पाउनेछौं। कसरी? ब्यूँझनुहोस्!-को विशेष अंक वितरण गरेर। (यशै. ४०:२८; ४३:१०) अक्टोबरदेखि डिसेम्बर अंकको ब्यूँझनुहोस्!-का सबै लेखहरू “सृष्टिकर्ता छ?” भन्ने विषयमै केन्द्रित हुनेछ।
२ इलाकामा: सम्भव भएसम्म प्रत्येक शनिबार मण्डलीसितै घर-घरको सेवकाईमा जाने प्रबन्ध मिलाउनुहोस्। साथै हप्ताको अरू दिन पनि यो विशेष अंक प्रस्तुत गर्न सक्नुहुन्छ। शिक्षक-शिक्षिका र शिक्षा क्षेत्रमा काम गर्ने अरू मानिसलाई यो अंक मन पर्न सक्छ। त्यसकारण, तपाईंको इलाकाका यस्ता व्यक्तिहरूलाई भेट्न विशेष प्रबन्ध मिलाउन सकिन्छ।
३ चासो देखाएको खण्डमा अर्को भेटमा जवाफ दिने गरी एउटा प्रश्न उठाउनुहोस्। उदाहरणका लागि, मायालु सृष्टिकर्ताले किन यतिबिघ्न दुःखकष्ट रहिरहन दिनुभएको भनेर प्रश्न गर्न सक्नुहुन्छ। त्यसपछि, पुनःभेटमा बाइबलले सिकाउँछ किताबको अध्याय १ वा अध्याय ११ बाट छलफल गर्न सक्नुहुन्छ। अथवा पृथ्वीको लागि सृष्टिकर्ताको उद्देश्यबारे प्रश्न गर्न सक्नुहुन्छ र पुनःभेटमा अध्याय ३ बाट छलफल गर्नुहोस्।
४ स्कूलमा: तपाईं स्कूलमा पढ्दै हुनुहुन्छ भने आफ्ना सर-मिस र स्कूलका साथीहरूलाई ब्यूँझनुहोस्!-को यो विशेष अंक उपहारको रूपमा दिए कसो होला? आफ्नो डेस्कमा ब्यूँझनुहोस्!-को प्रति अरूले देख्ने गरी राख्दा मात्र पनि हाम्रो विश्वासबारे छलफल गर्ने मौका पाउन सक्छौं। कक्षामा सृष्टिसम्बन्धी छलफल हुँदा त्यसको पक्षमा बोल्न वा त्यससम्बन्धी निबन्ध लेख्न यस अंकमा दिइएका जानकारीहरू चलाउन सक्नुहुनेछ। तपाईंको मदतको लागि यस अंकको “युवाहरू सोध्छन्”-को विषय छ, “म क्रमविकासमा विश्वास गर्दिनँ भनेर कसरी भन्ने?”
५ यहोवाले सृष्टि गर्नुभएका कुराहरूको लागि उहाँ आदर र महिमाको योग्य हुनुहुन्छ। (प्रका. ४:११) हामी सृष्टिकर्ताको आदर गर्न सक्छौं र जोडतोडका साथ अक्टोबरदेखि डिसेम्बरको ब्यूँझनुहोस्! अंक वितरण गरेर अरूलाई पनि उहाँको आदर गर्न मदत दिन सक्छौं।