प्रश्न पेटी
◼ हामीले वितरण गर्ने साहित्यहरूमा आफ्नो ई-मेल ठेगाना टाँस्नु के उपयुक्त छ?
केही प्रकाशकले पत्रिका वा पर्चाहरूमा रबर स्टाम्प लगाएर वा लेबल टाँसेर आफ्नो ई-मेल ठेगाना दिएका छन्। साहित्य लिने व्यक्तिले अरू कुरा बुझ्नु परेमा ई-मेल गरोस् भन्ने राम्रै मनसायले हाम्रा भाइबहिनीले यसरी ठेगाना दिएका हुन्। तर इन्टरनेटमार्फत् जानकारी दिनका लागि हाम्रो संगठनले आफ्नो आधिकारिक वेबसाइटको ठेगाना पत्रिका अनि पर्चाहरूको अन्तिम पृष्ठमा दिइसकेको छ। त्यसैले अरूलाई साहित्य दिंदा आफ्नो ई-मेल ठेगाना नटाँस्नु उपयुक्त हुन्छ।
यदि प्रकाशकले चाहन्छ भने छुट्टै कागजमा आफ्नो ठेगाना लेखेर घरधनीलाई, अझ खासगरि पुनःभेट गर्दा दिन सक्छन्। तर हामीले विचार गर्नुपर्ने कुरा के छ भने, यसरी जिज्ञासु व्यक्तिलाई आफ्नो ठेगाना दिएर सम्पर्क गर्ने वा नगर्ने जिम्मा उनकै काँधमा छोड्नुभन्दा आफैले भेट्ने कोसिस गर्नु सबैभन्दा राम्रो हो। घरधनीलाई सीधै भेटेर कुराकानी गर्दा उनले हाम्रो निष्कपट चासो छर्लङ्ग देख्न सक्छन्।