निश्चय नै फर्केर जानुहोस्
१ सुसमाचारका सेवक भएको हुनाले, चेला बनाउन भनि हामीले आज्ञा पाएका छौं। (मत्ती २८:१९, २०) पुनः भेटमा जानु हाम्रो चेला–बनाउने कार्यको एउटा आवश्यक अङ्ग हो। जीवनहरु मुछिएका छन् भनि हामीले मूल्याङ्कन गर्छौं, यसकारण प्रारम्भमा देखाएका चासोलाई खेतीगर्न हामी भएभरको प्रत्यन गर्न चाहन्छौं।
२ हामीले साहित्य टक्राएका कुनै पनि व्यक्तिविशेष पुनः भेटको योग्य छन् भनि हामीले मनमा राख्नुपर्छ। साहित्य टक्य्राउँनु, हुनः त, पुनः भेटको लागि एकमात्र आधार हुनु हुँदैन। धेरै जनाले साहित्य अस्वीकार गर्छन् तर बाइबलको समाचार छलफलगर्न इच्छुक हुन्छन्। अतः चासो थाहा लागेमा, कुनै पनि रीतिले हामी त्यहाँ फर्केर जानुपर्छ र त्यो चासोको खेतीगर्ने प्रत्यन गर्नुपर्छ।
३ टक्राएका साहित्य पिच्छे लाग्नुहोस्: पुनः भेटभन्दा पनि टक्राएका साहित्यको गणना धेरै भएका हुनाले, उन्नतिका लागि धेरै संभावना रहन्छ। एक जना अग्रगामीले घरपट्टीलाई पुस्तक त टक्य्राए तर चासो भने थोरै देखेछन्। एक अपराह्ण अरु भेटहरु सिद्धाएपछि, त्यो भाइले उक्त व्यक्तिलाई भेट्न जान भनि निर्णय गरेछन्। फलस्वरुप एउटा बाइबल अध्ययन थालियो।
४ एक जना भाइले एउटा व्यक्तिसँग दुइवटा पत्रिका टक्राएछन्, तर यो विचारगर्दै कि वास्तवमा तिनलाई चासै छैन, तिनीवारे विर्सेछन्। केही दिनपश्चात, बप्तिस्मा लिन पाउँ भनि त्यो व्यक्तिले स्थानीय मण्डलीलाई पत्र लेखेछन्। एकजना मिसनरी बहिनीलाई सोधियो कि तिनले ७४ जनालाई प्रकाशकबन्न मदत दिनसक्नुमा सबैभन्दा उतकृष्ट तथ्य के चाहिं होला जस्तो तिनीलाई लाग्यो। तिनले भनिन्: “हामीले पत्रिका टक्राउने काम धेरै गऱ्यौं, र पत्रिका स्वीकारगर्ने व्यक्तिहरु सँग जबसम्म मैले बाइबल अध्ययन थाल्न सकिन तबसम्म तिनीहरु कहाँ पुनः भेटको लागि गइ रहन्थे।”
५ कहिले काहीं ता प्रारम्भिक भेटमा हामीले घरपट्टीसँग पर्चा छोड्न मात्र सकेका हुन्छौं। प्रायः, पुनः भेटमा जाँदा बाइबल अध्ययनगर्ने काइदावारे असरदायक प्रदर्शन दिनको निमित्त पर्चालाई चलाउन सकिन्छ। अर्का प्रकाशकसँग जाँदा, एक जना सर्किट ओभरसियरले एउटी स्त्रीसँग एउटा पर्चा छोड्नुभएछ। हुनः त त्यो अति संक्षिप्त भेट थियो, तरैपनि उहाँले त्यो बहिनीलाई त्यहाँ फर्केर जानु है भनि प्रोत्साहन दिनुभएछ। त्यो बहिनी पुनः भेटको निमित्त गइन् र लगत्तै बाइबल अध्ययन थालिन्।
६ जब चासो देखाइन्छ: प्रारम्भिक भेटमा जब कुनै घरपट्टीले साहित्य लिंदैनन्, यसवाट तिनमा चासो छैन भनि सधैं नै अर्थाउन उचित हुँदैन। एउटा जवान दम्पतीकहाँ पुनः भेटमा जाँदा एउटा प्रकाशकले पाएछन् कि तिनीहरु कहाँ हाम्रा केही साहित्य रहेछन् र पहिले पनि अध्ययनगर्ने गरेका रहेछन्। आफ्नो अध्ययन जारी राख्न तिनीहरु तयारी मनले राजी भए। एउटी विशेष अग्रगामीले सधैं पत्रिका नस्वीकारने एउटी स्त्रीमा अप्रत्यक्ष चासो थाहा लगाउँनुभएछ। त्यो अग्रगामीले पत्रिकाहरु छेऊ लगाइन्, तब मात्र त्यो स्त्री कुनै एउटा पुस्तिकावाट एकदुइ अनुच्छेदहरु पढ्न इच्छुक भइन्। अरु केही पटक फर्केर गएपछि, तिनी सप्ताहमा दुइपटक बाइबल अध्ययनगर्ने भइन्।
७ यहोवाकहाँ आफूलाई समर्पितगर्ने प्रत्येककोमा चेला–बनाउँने काममा सहभागी हुन तिनीहरुको पनि जिम्मेवारी छ भन्ने भावना हुनुपर्छ। जसै चासो देखाउँनेहरु कहाँ हामी नियमित रुपले फर्केर जानेछौं, आफ्ने निमित्त अनि ‘हामीलाई सुन्नेहरु’ को निमित्त धनिक आशिष्हरु ल्याउँने फसलको कटनी हामीले गर्नेछौं।—१ तिमो० ४:१६.