प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km08 फेब्रुअरी p. १
  • स्मरणार्थ उत्सवका बेला ध्यान दिनुपर्ने कुराहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • स्मरणार्थ उत्सवका बेला ध्यान दिनुपर्ने कुराहरू
  • हाम्रो राज्य सेवकाई—२००८
  • मिल्दोजुल्दो सामग्री
  • स्मरणार्थका सम्झौटाहरू
    हाम्रो राज्य सेवकाई—२००४
  • स्मरणार्थ उत्सवका बेला ध्यान दिनुपर्ने कुराहरू
    हाम्रो राज्य सेवकाई—२००७
  • स्मरणार्थका सम्झौटाहरू
    हाम्रो राज्य सेवकाई—२००५
  • स्मरणार्थका सम्झौटाहरू
    हाम्रो राज्य सेवकाई—२००६
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००८
km08 फेब्रुअरी p. १

स्मरणार्थ उत्सवका बेला ध्यान दिनुपर्ने कुराहरू

स्मरणार्थ उत्सवका लागि तयारी गर्दा प्राचीनहरूले निम्न कुराहरूमा ध्यान दिनुपर्छ:

◼ रोटी र दाखमद्य सूर्य अस्ताएपछि मात्र पास गर्न मिल्ने भएकोले उक्‍त कुरालाई ध्यानमा राख्नुपर्छ।

◼ उत्सवमा प्रयोग गर्न मिल्ने प्रकारको रोटी र दाखमद्यको प्रबन्ध मिलाउनुपर्छ।—फेब्रुअरी १५, २००३ को प्रहरीधरहरा, पृष्ठ १४-१५ हेर्नुहोस्‌।

◼ प्लेटहरू, दाखमद्य राख्ने कप वा गिलासहरू, ठिक्कको टेबल र टेबलपोस पनि सभा हुने भवनमा पहिल्यै मिलाएर राख्नुपर्छ।

◼ राज्यभवन होस्‌ या अरू कुनै सभा गर्ने स्थान, पहिल्यै सरसफाइ गर्नुपर्छ।

◼ रोटी र दाखमद्य पास गर्ने भाइहरूका साथै आवश्‍यक परिचारकहरू पहिल्यै छान्‍नुपर्छ। उनीहरूको जिम्मेवारी, रोटी र दाखमद्य पास गर्ने उचित तरिका, भद्र पहिरन तथा कोरीबाटीबारे पहिल्यै निर्देशन दिनुपर्छ।

◼ अशक्‍तताको कारण उपस्थित हुन नसक्ने अभिषिक्‍त जनकहाँ रोटी र दाखमद्य पुऱ्‍याउने प्रबन्ध मिलाउनुपर्छ।

◼ एकभन्दा बढी मण्डलीले एउटै राज्यभवनमा उत्सव मनाउने तालिका बनाएका छन्‌ भने, मण्डलीहरूबीच राम्रो समझदारी हुनुपर्छ। भवनको मूलढोका, मूलढोका नजिकैको खुल्ला ठाउँ, छेउछाउको सार्वजनिक बाटो अनि सवारीसाधन पार्क गर्ने ठाउँमा अनावश्‍यक भीड हुनु हुँदैन।

◼ यदि सभाको लागि अर्कै स्थान प्रयोग गर्ने हो भने त्यहाँ उपस्थित हुने सबै श्रोताहरूले राम्ररी सुन्‍न सक्ने ध्वनि प्रणाली छ कि छैन पक्का गर्नुपर्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने