प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km08 मे पृ. ४
  • धन-सम्पत्ति तपाईंको हुन सक्छ!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • धन-सम्पत्ति तपाईंको हुन सक्छ!
  • हाम्रो राज्य सेवकाई—२००८
  • मिल्दोजुल्दो सामग्री
  • अग्रगामी सेवकाईका आशिष्‌हरू
    हाम्रो राज्य सेवकाई—२००३
  • अग्रगामी सेवकाईका आशिष्‌हरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • के अहिले तपाईंको लागि अग्रगामीको ढोका खुला भएको छ?
    हाम्रो राज्य सेवकाई—१९९९
  • प्रचार गर्ने समय अहिल्यै हो!
    हाम्रो राज्य सेवकाई—२००५
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००८
km08 मे पृ. ४

धन-सम्पत्ति तपाईंको हुन सक्छ!

१. नियमित अग्रगामी सेवा गर्ने विचार किन गर्ने?

१ के तपाईं आफ्नो जीवन आनन्दित र फलिफाप भएको चाहनुहुन्छ? अरूलाई मदत गर्न पाउँदा के तपाईंलाई खुसी अनि सन्तुष्टि लाग्छ? के तपाईं यहोवाको अझ धेरै सेवा गर्न चाहनुहुन्छ? यदि तपाईं यी प्रश्‍नहरूको सकारात्मक जवाफ दिनुहुन्छ भने, नियमित अग्रगामी सेवा गर्ने विचार गर्न सक्नुहुन्छ। हो, पारिवारिक दायित्व, धर्मशास्त्रीय जिम्मेवारीहरू, स्वास्थ्य अनि शारीरिक सीमिततालाई पनि विचार गर्नैपर्ने हुन्छ।

२. नियमित अग्रगामीहरूले प्राप्त गर्ने केही आध्यात्मिक धन-सम्पत्तिबारे बताउनुहोस्‌।

२ परमेश्‍वरद्वारा प्रेरित लेखोटहरूमा सुलेमानले धन-सम्पत्तिलाई यहोवाले दिने आशिष्‌मा समावेश गरे। (हितो. १०:२२) अहिले यहोवाले दिने प्रमुख आशिष्‌ आध्यात्मिक धन-सम्पत्ति हो। नियमित अग्रगामीहरूले यस्तो आध्यात्मिक धन-सम्पत्ति प्रशस्तै पाउँछन्‌। जस्तै: व्यक्‍तिगत कामबाट समय जोगाएर “समयको सदुपयोग गर्दै” अरूलाई दिंदा पाइने अपार आनन्द तिनीहरू अनुभव गर्छन्‌। (कल. ४:५, NRV; प्रेरि. २०:३५) प्रेम प्रकट गर्न तिनीहरूले गरेको प्रयासलाई यहोवाले याद अनि कदर गर्नुभएको छ। ‘स्वर्गमा थुपारिएको’ यस्तो “धन-सम्पत्ति”-को मूल्य कहिल्यै घट्‌दैन। (मत्ती ६:२०; हिब्रू ६:१०) यसबाहेक, अग्रगामीहरूले “आँखा निर्मल” राख्ने अनि आधारभूत आवश्‍यकता यहोवाले पूरा गर्नुहुन्छ भन्‍ने भरोसा गर्ने भएकोले यहोवासितको यिनीहरूको सम्बन्ध पनि बलियो हुन्छ।—मत्ती ६:२२, २५, ३२; हिब्रू १३:५, ६.

३. आध्यात्मिक धन-सम्पत्ति कमाउँदा के हुन्छ र भौतिक धन-सम्पत्ति कमाउने होडमा लाग्दा के हुन्छ?

३ भौतिक धन-सम्पत्ति कमाउने होडले मानिसलाई अक्सर “धेरै मूर्ख र हानिकारक अभिलाषाहरूमा” फसाउँछ। (१ तिमो. ६:९, १०; याकू. ५:१-३) तर यहोवाले दिने आशिष्‌ यस्तो छैन। सेवाको काममा प्रशस्त समय बिताउँदा नियमित अग्रगामीहरूले आध्यात्मिक सन्तुलन कायम गर्न र उत्तम कुरामा सम्पूर्ण ध्यान लगाउन सक्छन्‌। (फिलि. १:१०, NRV) एक जना भाइले नियमित अग्रगामी सेवा गर्न धेरै समय खाने इन्जिनियरको काम छोडे। तिनी भन्छन्‌: “काममा साह्रै धपेडी हुन्थ्यो। तर अग्रगामी सेवा गर्दा भने त्यस्तो भएको छैन। अहिले मैले मानिसहरूलाई मदत गर्न र उनीहरूलाई बाइबल सत्य सिकाउन सकेको छु। बाइबल सत्य स्वीकार्न मानिसहरूलाई मदत गर्न पाउँदा धेरै सन्तुष्टि पाएको छु र रमाइलो लागेको छ।”

४. अरूको लागि आशिष्‌ साबित हुँदा नियमित अग्रगामीहरूले पनि कसरी आशिष्‌ पाइरहेका हुन्छन्‌?

४ अरूको लागि आशिष्‌: अहिले सबैले “डरलाग्दो समय” भोगिरहनुपरेको छ। (२ तिमो. ३:१) जताततै मानिसहरू साँचो आशा नपाएर हायलकायल भएका छन्‌। तर निराश अनुहारहरू सुसमाचार सुनेर उज्यालो हुन थालेको देख्दा राज्य उद्‌घोषकहरू रमाउँछन्‌। जीवन जोगाउने यस कार्यमा वर्षेनी ८०० भन्दा धेरै घण्टा बिताउने नियमित अग्रगामीहरू त झन्‌ कति रमाउलान्‌!—१ तिमो ४:१६.

५, ६. के गर्नुभयो भने तपाईं नियमति अग्रगामी सेवा गर्न सक्नुहुन्छ?

५ नियमित अग्रगामी सेवा गर्ने विषयमा के तपाईंले निकै सोचविचार गरिरहनुभएको छ? छ भने तपाईंले त्यत्ति जरुरी नभएका गतिविधिबाट समय जोगाएर “समयको पूरा सदुपयोग” गर्नुपर्ने हुन सक्छ। (एफि. ५:१५, १६, NRV) थुप्रैले त्यसै गरेका छन्‌ र जीवनशैलीमा पनि छाँटकाँट गरेका छन्‌। यसरी तिनीहरूले जागिर खान धेरै समय खर्च गर्न नपरेकोले परमेश्‍वरको राज्यसम्बन्धी गतिविधिमा धेरै समय दिन सकेका छन्‌। तपाईं पनि यस्तै छाँटकाँट गरेर नियमित अग्रगामी सेवा सुरु गर्न सक्नुहुन्छ कि?

६ व्यावहारिक तालिका बनाउन यहोवासित बुद्धि माग्नुहोस्‌। (याकू. १:५) अनि यसो गर्दा कस्तो आशिष्‌ पाउने आशा गर्न सक्नुहुन्छ? प्रशस्त मात्रामा आध्यात्मिक धन-सम्पत्ति पाउने! यसबाहेक यहोवाले तपाईंको भौतिक आवश्‍यकता पनि पूरा गर्नुहुनेछ। (मत्ती ६:३३) त्यसकारण, यस सम्बन्धमा यहोवालाई जाँच्नेहरूले “अटाउने ठाउँ पनि नहुने सम्मका आशिष्‌” पाउनेछन्‌।—मला. ३:१०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने